बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित)
मितिः २०८२।११।०८ गते
गेरूवा ग्रामीण जागरण संघ, बर्दिया र ठाकुरबाबा नगरपालिकाको साझेदारीमा सञ्चालित सफल परियोजना अन्तर्गत स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन गर्न ठाकुरबाबा नगरपालिकाको नवनिर्मित आधारभुत नगर अस्पताल नेउलापुरमा Autoclave Chamber and Waste Collection Center निर्माण गर्नुपर्ने भएकोले प्रस्तावना आह्वान गर्न ठाकुरबाबा नगरपालिकाको निर्णय अनुसार संस्थाको खरिद समितीको निर्णय बमोजिम तपसिलको शर्त पुरा गर्ने निर्माण कम्पनी वा फर्मलाई यो सूचना प्रकाशित मितिले २१ (एक्काईस) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) आवश्यक कागजात सहित शिलबन्दी दरभाउ पेश गर्न सूचित गरिन्छ । बोलपत्र पेश गर्ने फारम/विवरण इमेल मार्फत माग गर्न सकिनेछ । साथै भौतिक रुपमा उपस्थित भई फारम लिन चाहनेका लागि गेरूवा ग्रामीण जागरण संघ, बर्दियाको कार्यालय गुलरियाबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पेश गर्नुपर्ने आवश्यक कागजात:
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२. मु.अ.कर दर्ता र स्थायी लेखा नम्बरको प्रतिलिपी ।
३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
४. उपलब्ध फारममा निर्माण कार्यको सम्पूर्ण सामाग्री, दक्ष र अदक्ष कामदारको ज्याला र यातायात खर्च सहित पूर्ण विवरण तथा अक्षर र अंकमा रकम स्पष्ट भरेको प्रस्तावमा प्रोप्राइटरले सही गरेको र छाप लगाएको ।
५. सन्दर्भ सर्तहरू (TOR) मान्न तयार रहेको सो मा कम्पनीको छाप लगाएको र प्रोप्राइटरले सही गरेको ।
६. कुल प्रस्तावित रकमको ३% बराबरको बोलपत्र जमानत (Bid Security) रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क” वर्गको बैंकबाट बोलपत्र खोलिएको मिति बाट ६० दिन सम्म लागु हुनेगरि पेश गर्नु पर्नेछ ।
७. बोलपत्र स्वीकृत भएको कम्पनी स्वयंले कार्य गर्ने स्वघोषणा पत्र ।
८. प्रस्तावकले प्रस्तावनापत्र Hard copy, Courier वा Email मार्फत folder lock (PDF Protected) गरेर पनि पेश गर्न सकिनेछ ।
पुनश्चः इच्छुक बोलपत्रकर्ताले मिति २०८२।११।२८ गते दिनको १२:०० बजे भित्र गेरूवा ग्रामीण जागरण संघ, बर्दियाको कार्यालय वा ईमेल geruwabardiya77@gmail.com र thakurbabamun@gmail.com मार्फत पेश गर्नु पर्नेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 20 Feb, 2026 |
| Apply Before | 12 Mar, 2026 |
| City | Bardiya |