बोलपत्र आह्वान
Details / requirements:
राधाकृष्ण थारु जनसेवा केन्द्र
गुलरिया न.पा.५, बर्दिया
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः २०८२ पौष २४ गते)
राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded-ASRHR Phase II Project) अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा, गुलरिया नगरपालिकामा २ वटा र गेरुवा गाउँपालिकामा १ वटा गरि जम्मा ४ वटा विद्यालयमा लैङ्गिक तथा अपाङ्गता मैत्री शौचालय भवन र बारबर्दिया नगरपालिकामा १ वटा र ठाकुरबाबा नगरपालिकामा १ वटा गरि जम्मा २ वटा स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेंवा (AFHS) भवन निर्माण गर्नुपर्ने भएकोले प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्तपुरा गर्ने फर्मले यो सूचना प्रकाशित मितिले २१ (एकाइस) दिन भित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरू:
१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखानम्बर प्रमाणपत्र प्रतिलिपी
३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी र थप जनकारी TOR मा उल्लेख गरिएको छ ।
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानीपत्र (Bank Guarantee letter) प्राविधिक प्रस्तावनाको शिलबन्दी खामभित्र संलग्न गर्नुपर्नेछ । प्राविधिक प्रस्तावनामा बैंक ग्यारेन्टी संलग्न नगरेमा सम्बन्धित बोलपत्र स्वतः अयोग्य ठहरिनेछ ।
६. प्रस्तावकले प्रस्तावनापत्र Hard copy, Courier वा Email मार्फत Folder lock (PDF Protected) गरेर पनि पेश गर्न सकिनेछ ।
७. प्रस्तावकले Email मार्फत Folder lock (PDF Protected) गरेर प्रस्तावनापत्र पठाउदा प्राविधिक प्रस्तावना (Technical Proposal) र बित्तिय प्रस्तावना (Financial Proposal) लाई छुट्टाछुट्टै Folder Lock गरि पठाउनु पर्नेछ । बोलपत्र खोल्ने समयमा फाइल खोल्नका लागि पासवर्ड माग्दै संस्थाबाट आधिकारिक इमेल पठाइनेछ । त्यसपछि सम्बन्धित निर्माण कम्पनीले सोही इमेलमा पासवर्ड उल्लेख गरी जवाफ पठाउनु पर्नेछ ।
८. प्राविधिक मूल्याङ्कनमा प्राविधिक मूल्याङ्कनको कुल भारको ५०% अङ्क प्राप्त गर्न सफल भएका बोलपत्रदाताको मात्र वित्तीय प्रस्तावना खोलिनेछ ।
९. वित्तीय प्रस्तावनाको शिलबन्दी खामभित्र मूल्य उल्लेख गरिएको BoQ र बाँकी सबै आवश्यक कागजातहरू प्राविधिक प्रस्तावनाको शिलबन्दी खामभित्र राख्नुपर्नेछ अन्यथा संस्था शिलबन्दी खाम खोल्न बाध्य हुनेछैन ।
१०. प्रस्तावना आह्वानको फारम, शर्तहरू (ToR), BOQ & Design बि.सं.२०८२।१०।१३ गते तदानुसार २७ जनवरी २०२६ सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछ ।
११. बोलपत्र पेश गर्ने अन्तिम मिति बि.सं.२०८२।१०।१४ गते तदानुसार २८ जनवरी २०२६ सम्म कार्यालय समय (बेलुकी ४ बजे) रहेको तथा प्राप्त बोलपत्र मिति बि.सं. २०८२।१०।१५ गते तदानुसार २९ जनवरी २०२६ दिनको १२:०० बजे खोलिने छ ।
१२. भवन तथा शौचालय निर्माण हुने स्थानहरू तपशिल बमोजिम रहेको छ ।
तपसिल
| क्र.स. | विद्यालय/स्वास्थ्य संस्थाको नाम | ठेगाना | निर्माण संरचना | कैफियत |
| १ | सिउनिया स्वास्थ्य चौकी | बारबर्दिया न.पा. ७, सिउनिया, बर्दिया | किशोरकिशोरी मैत्री स्वास्थ्य सेंवा भवन (प्याकेज–१) | |
| २ | बगनाहा स्वास्थ्य चौकी | ठाकुरबाबा न.पा. ४, बगनाहा, बर्दिया | किशोरकिशोरी मैत्री स्वास्थ्य सेंवा भवन (प्याकेज–१) | |
| ३ | नेपाल राष्ट्रिय आधारभूत विद्यालय | गुलरिया न.पा. ५, सुहेलवा, बर्दिया | लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन (प्याकेज–२) | |
| ४ | नेपाल राष्ट्रिय आधारभूत विद्यालय | गेरुवागा.पा. ३, गणेशपुर, बर्दिया | लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन (प्याकेज–२) | |
| ५ | नवज्योती आधारभूत विद्यालय | बारबर्दिया न.पा. ६, शक्तिनगर, बर्दिया | लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन (प्याकेज–२) | |
| ६ | भानोदय आधारभूत विद्यालय | गुलरिया न.पा. ४, बेचैपुर, बर्दिया | लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन (प्याकेज–२) |
नोट:
- बोलपत्रको विस्तृत TOR, BOQ and Design यहाँबाट डाउनलोड गर्न सकिन्छ । बोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले नै जानकारी गराईने छ ।
- प्रस्तावना पेश गर्न गर्न इच्छुक निर्माण कम्पनीले Package 1, Package 2 वा दुवै प्याकेजको लागि प्रस्तावना पेश गर्न सक्नेछ । दुवै प्याकेजमा काम गर्न इच्छुक फर्मले प्राविधिक प्रस्तावनाको १ वटा शिलबन्दि खाम र बित्तिय प्रस्तावनाको छुट्टाछुट्टै शिलबन्दी खाम पेश गर्नुपर्नेछ ।
- दुवै प्याकेजका लागी प्रस्तावना पेश गर्न इच्छुक निर्माण कम्पनीले बैंक ग्यारेन्टि पनी प्याकेज अनुसार छुट्टाछुट्टै पेश गर्नुपर्ने छ ।
- रितपुर्वक प्राप्त स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइनेछ ।
- बोलपत्रको विस्तृत TOR पढेर मात्र शिलबन्दी दरभाउ पेश गर्न अनुरोध छ ।
- विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आंशिक स्वीकार गर्ने सम्पुर्ण अधिकार RKJS Bardiya मा निहित रहनेछ ।
Links:
- ToR-Bidding Document
- Drawing toilet-Structural design
- Drawing of toilet-Sanitary layout
- Drawing of toilet-Plan & section
- Septic tank section
- Septic tank plan
- Soak Pit-Details
- AFHS Building Design
बोलपत्र पेश गर्ने ठेगाना:
राधाकृष्ण थारु जनसेवा केन्द
गुलरिया न.पा. ५, बर्दिया
सम्पर्क नं. ९८६६२३०२२१
Email:- rkjs.bardiya@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 08 Jan, 2026 |
| Apply Before | 28 Jan, 2026 |
| City | Bardiya |