बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
पहिलो पटक प्रकाशित मिति: २०८२ पुस १५ गते
दोस्रो पटक प्रकाशित मितिः २०८२ माघ ४ गते
साझेदारी सहयोग केन्द्र (PACE-NEPAL) जुम्ला तथा UNDP को सहकार्यमा सञ्चालित नवीन प्रविधिमा आधारित जलवायु अनुकूलन तथा सिँचाइ तथा खाद्य प्रणाली सुधार (RERAS Project) परियोजना अन्तर्गत Implementation of Enhancing Agricultural Resilience and Strengthening Value Chains for Smallholder Farmers in Jumla कार्यक्रमका लागी जुम्ला जिल्लाका तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका मा निम्न अनुसार का क्रियाकलाप कार्यान्वयन गर्न तपशिल अनुसारका सामग्री र उपकरणहरूको खरिद गर्नुपर्ने भएकोले योग्य तथा इच्छुक फर्म, कम्पनी र संस्थाहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिएको छ
अतः योग्य तथा इच्छुक फर्म, कम्पनी र संस्थाहरूले सोझै वा डाक,कुरियर मार्फत प्राप्त हुन सक्ने गरी आफ्नो बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
दरभाउपत्रदाताले ७ (सात) कार्य दिनभित्र (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयभित्र (बिहान १०:०० देखि साँझ ४:०० सम्म) निम्न कागजात सहितको सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ ।
आवश्यक कागजातहरू:
- कम्पनीरफर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बर (PAN/VAT) प्रमाणपत्रको प्रतिलिपि
- आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
- प्रस्तावित कुल रकमको २.५५% बराबरको बैंक ग्यारेन्टी वा डिमाण्ड ड्राफ्टर
- प्राविधिक तथा वित्तीय प्रस्ताव (TOR अनुसार)
- कार्यसम्पादनको पूर्व अनुभव सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि (सम्भव भएसम्म)
- सामग्री/उपकरणको विस्तृत विवरण, ब्राण्ड, मोडेल, वारेन्टी अवधि आदि उल्लेख भएको क्याटलग/प्रस्ताव
दरभाउपत्र प्राप्त गर्ने अन्तिम मिति तथा समयः २०८२ माघ ११ गते, बिहान ४:०० बजेभित्र (कार्यालय समयभित्र) TOR/विस्तृत सर्तहरू तथा प्राविधिक स्पेसिफिकेसनः २०८२ माघ ६ गतेदेखि कार्यालय समय भित्र सिधै प्राप्त गर्न सकिनेछ । वा इमेल मार्फत माग गर्न सकिन्छ: pacenepalprocurement@gmail.com
तपशिल:
LINK: https://drive.google.com/file/d/1c-Fd1kAF4Vw6ERHWPHHsAbHfYDAb4dOY/view?usp=sharing
(नोट: विस्तृत स्पेसिफिकेसन तथा डिजाइनका लागि TOR हेर्नुहोस्)
सबै प्रस्तावहरू मूल्याङ्कन समितिको निर्णयअनुसार मूल्याङ्कन गरिनेछ । न्यूनतम मूल्य प्रस्ताव गर्ने योग्य प्रस्तावदातालाई प्राविधिक रूपमा स्वीकृत भएमा प्राथमिकता दिइनेछ ।
सम्पर्क:
साझेदारी सहयोग केन्द PACE-NEPAL, चन्दननाथ नगरपालिका–६, जुम्ला इमेल: pacenepalprocurement@gmail.com फोन: 087–520241
www.pacenepal.world यो सूचना सबै सरोकारवालाको जानकारी तथा सहभागिताका लागि प्रकाशित गरिएको छ ।
खरिद तथा मूल्याङ्कन समिति, PACE-NEPAL, जुम्ला
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 01 Jan, 2026 |
| Apply Before | 22 Jan, 2026 |
| City | Jumla |