बोलपत्र आह्वान

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति: २०८१/१०/३० गते बुधवार

उपरोक्त सम्बन्धमा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बर्दिया जिल्लाको ठाकुरबाबा, बारबर्दिया, राजापुर, गुलरिया, मधुवन नगरपालिका र गेरुवा तथा बढैयाताल गाँउपालिकामा सञ्चालित प्रत्याभुत संचार परियोजना (Sponsorship communication project) अन्तर्गत तपसिल बमोजिमका सामग्रीहरु आपुर्ती गर्नु पर्ने भएकोले संस्थाको खरिद समितिको निर्णय बमोजिम तल उल्लेखित शर्तपुरा गर्ने फर्म तथा कम्पनीले यो सुचना प्रकाशित मितिले १४ (चौध) दिन भित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । साथै प्रस्ताव आह्वानको नमुना फारम/विवरण कार्यालयबाट सोझै तथा इमेल मार्फत उपलब्ध गराईने छ ।

तपसिल

१. स्टेशनरी सामग्री

पेश गर्नुपर्ने आवश्यक कागजात:

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी  

३ . स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी

४. प्रस्ताव पेश गर्न इच्छुक फर्म/कम्पनिले प्रस्ताव नमुना फारम तल उल्लेखित इमेल मार्फत वा संस्थाबाट सोझै प्राप्त गर्न सक्नु हुनेछ ।    

५. प्रस्तावकले स्टेशनरी सामग्रीहरुको Sample छुट्टै खामबन्दि गरि पेश गर्नुपर्ने छ ।  

६. प्रस्तावकले Sample Hard copy प्रस्ताव पत्र पेश गर्नु पर्नेछ । इमेल मार्फत प्राप्त प्रस्ताव पत्र मान्य हुने छैन । 

७. प्रस्ताव आह्वानको नमुना फारम मिति २०८१।११।१२ गते कार्यालय समय भित्र उपलब्ध हुनेछ । 

८. प्रस्ताव आह्वानको नमुना फारम मिति २०८१।११।१३ गते दिउसो १२:०० बजे भित्र भित्र पेश गर्नुपर्ने छ ।

९. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगी देवी टोल । 

सम्पर्क नम्बरं.–०८४–४२०२७४, ९८४८०३१८२८

इमेल: simanta.rkjs@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Feb, 2025
Apply Before 25 Feb, 2025
City Bardiya