बोलपत्र आह्वान (तेस्रो पटक प्रकाशित)
Detailed Job description / requirements:
बोलपत्र आह्वान
(तेस्रो पटक प्रकाशित)
मितिः २०७९/१२/१ गते
भेरी वातावरणीय विशिष्टता समुह (BEE Group) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको बाल विवाह न्युनीकरण (Telethon: Child, Not Bride) परियोजना अन्तर्गत, बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको वडा नं. ३ बनकट्टीमा रहेको सरस्वती आधारभुत विद्यालयमा अपाङ्ग तथा लैङ्गिकमैत्री शौचालय भवन र मधुवन नगरपालिकाको वडा नं. ५, रामनगरमा रहेको आनन्द आधारभुत विद्यालयमा हातधुने स्थान (Hand Washing Station) निर्माण गर्ने योजना गरिएको र उल्लेखित कार्य गर्नका लागि इच्छुक निर्माण व्यवसायीलाई तपसिल बमोजिमको शर्तमा अधिन रही यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र (बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) बोलपत्र पेश गर्न यो सार्वजनिक सूचना आह्वान गरिएको छ ।
कामको विवरण
क्र.सं. | कामको विवरण | इकाई | परिमाण |
१. | तीनवटा प्यान भएको बालमैत्री, अपाङ्गता भएका व्यक्तिमैत्री र लैङ्गिक मैत्री शौचालयको निर्माण । संरचनाको विवरणः
| संख्या | १ वटा |
२. | बालबालिका मैत्री हात धुने स्थानको निर्माण । संरचनाको विवरणः
| १ वटा |
तपशिल
१. बोलपत्र पेश गर्न इच्छुक निर्माण व्यवसायी प्रचलित कानून बमोजिम दर्ता भएको घ वर्गको हुनु पर्नेछ ।
२. बोलपत्र संस्थाको फिल्ड कार्यालय गुलरिया बर्दियाबाट कार्यालय समयमा प्राप्त गर्न सकिने छ ।
३. बोलपत्रमा उल्लेखित कामको विवरण अनुसार सामग्री, दक्ष र अदक्ष ज्यामीको व्यवस्था गरी पूर्ण रुपमा कार्य सम्पादन गर्न इच्छुक निर्माण व्यवसायीले खरिद गरिएको बोलपत्र फाराममा दरभाउ उल्लेख गरी फर्म दर्ताको प्रमाण–पत्र, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्र, हालसालैको कर चुक्ता प्रमाण–पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ ।
४. बोलपत्र शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर अनिवार्य लेख्नुपर्ने छ र फर्मको छाप हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।
५. बोलपत्र फाराममा उल्लेखित दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
६. बोलपत्रका साथमा निर्माण व्यवसायीले विगतमा काम गरेको कार्यानुभव देखाउने प्रमाण पत्र पनि पेश गर्नु पर्नेछ ।
७. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा बोलपत्र खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
८. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम यस संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं. १४०१०१७५००३७८ मा रकम दाखिला गरेको सक्कल बैंक भौचर वा बैंक ग्यारेन्टी बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारमका साथ पेश गर्नु पर्नेछ ।
९. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
१०. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
११. फाराम बुझाउने अन्तिम मिति २०७९/१२/७ गते ५:०० बजेसम्म हुनेछ ।
१२. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेमा नीहित रहने छ ।
पेश गर्नुपर्ने आवश्यक कागजातः
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपि ।
२. आ.व.२०७८/०७९ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ।
३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपि ।
४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपि ।
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र ९द्यक्ष्म् ःयलभथ० संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं. १४०१०१७५००३७८ मा रकम दाखिला गरेको सक्कल बैंक भौचर वा बैंक ग्यारेन्टी ।
६. उल्लेखित दररेट सहितको बोलपत्र फाराम ।
नोटः प्रस्ताव आह्वानको नमुना फारम र सन्दर्भ शर्तहरु (TOR) २०७९/१२/७ गतेसम्म संस्थाको फिल्ड कार्यालय गुलरियामा कार्यालय समयभित्र उपलब्ध हुनेछ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
भेरी वातावरणीय विशिष्टता समुह (BEE Group)
केन्द्रिय कार्यालयः नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुर, बाँके
फिल्ड कार्यालयः गुलरिया नगरपालिका वडा नं. ५, जि.स.स रोड, कृषि विकास बैंकका नजिक, बर्दिया
आवश्यक सहयोगका लागि सम्पर्क नम्बरः ९८४८१०३८६२, ९८४७९३७४११
Job Overview
Category | Development and Project, Expression of Interest |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 15 Mar, 2023 |
Apply Before | 21 Mar, 2023 |
City | Nepalgunj |