भवन निर्माण कार्य सम्बन्धी शिलबन्दी बोलपत्र आब्हानको सुचना
Shripurraj Community Development Center (SCDC), established in 1950 AD, is one of the pioneer non-governmental organizations working in Madhesh Province to create a just and better world for marginalized and poor communities. Starting with social mobilization and awareness raising programmes, we have empowered communities to speak for themselves, supported children and parents to build better school environments, helped societies to improve water and sanitation facilities, and worked with the poor and marginalized to improve their livelihoods. SCDC is registered under GO/ the District Administration Office Saptari No:17/2047 and is affiliate with Social Welfare Council(SWC) No.335/2047 and NGO Federation No. ER-SAP-55.
Details / requirements:
भवन निर्माण कार्य सम्बन्धी शिलबन्दी बोलपत्र आब्हानको सुचना
सुचना नं. २०८१/०८२/०५
(पहिलो पटक प्रकाशित मिति २०८२/०३/०६)
१. श्रीपुर्राज सामुदायिक विकास केन्द्र, सप्तरी गैर सरकारी तथा गैर नाफामुलक संस्था हो, द फ्रिडम फण्डको आर्थिक सहयोगमा संस्थागत विकास अन्तरर्गत यस संस्थाको कार्यालयको भवन निर्माण कार्य गर्नु पर्ने भएको, उल्लेखित कार्यको लागि इजाजत प्राप्त इचछुक फर्म/संस्था/निर्माण कम्पनीहरुको लागि देहायको शर्तहरुको अधिनमा रही तोकिएको समयभित्र रितपूर्वकको पहिलो पटक १५ दिने बोलपत्र आव्हानको सुचना प्रकाशित गएिको छ ।
बोलपत्रको विवरण
शर्तहरु:
१. शिलबन्दी बोलपत्र फारम प्रथम पटक सुचना प्रकाशित भएको मितिले १५ औं दिनभित्र कार्यलय समयमा नविकरण भएको फर्मको सही छाप, सही गरिएको र लाहा छाप भएको बोलपत्र श्रीपुर्राज सामुदायिक विकास केन्द्र (SCDC), सप्तरीको सप्पर्क कार्यालय खडक नगरपालिका–६, कल्याणपुर सप्तरीमा मिति २०८२/०२/२० गते ४:०० बजे भित्र बुझाउनु पर्नेछ । तोकिएको समयभित्र नआएको बोलपत्रलाई मान्यता दिइने छैन । स्पष्टसँग बुझिने गरी खामको बाहिरपट्टि मैटल सिल बीन भनी उल्लेख गरिएको हुनु पर्नेछ । यो बोलपत्र मिति २०८२ साल असार २१ गते अपरान्ह १.०० बजे खोलिने छ ।
२. शिलबन्दी दरभाउपत्रको प्रत्येक पानाममा सहिछाप गरि दरभाउपत्र साथ तपसिलमा उल्लेखित कार्यको लागि तपसिल बमोजिमका धरौटी रकम यस कार्यालयको नाममा रहेको रा.बा.बैक लहान शाखामा रहेको २२६०१००००१८४२००१ (धरौटी) खातामा जम्मा गरेको सक्कल भौचर वा सो वरावरको कम्तीमा ९० (नब्बे) दिन म्याद भएको बैंक जमानी पत्र –विड वण्ड) संलग्न राखी यस कार्यालयमा प्रथम पटक सुचना प्रकाशन भएको १६ औ दिनको १२:०० बजे भित्र दर्ता गर्नुपर्ने छ ।
३. प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६ औ दिनको २:०० बजे भित्र दरभाउपत्र दाता वा निजको प्रतिनिधीको रोहवरमा खोलिनेछ । दरभाउपत्र दाता वा प्रतिनिधी उपस्थिती नभएमा दरभाउपत्र खोल्न बाधा पर्ने छैन । दरभाउपत्र खरि वा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा उक्त दिनको लगतै (कार्यालय खुलेको दिन) सोहि समयभित्र दाखिला गर्न सकिनेछ ।
४. बोलपत्र पेश गर्दा प्रत्येक आइटममा अंक र अक्षर दुवैमा प्रष्ट लेखनुपर्छ । जम्मा जोड गरेको रकम लेख्नु पर्नेछ । दररेट मात्र लेखी बोलपत्र बुझाएमा उक्त बोलपत्र रद्ध गरिनेछ ।
५. रित नपुगी आएका वा म्याद गुज्री आएको वा शर्त राखि केरमेट गरिएको तथा टिपेक्स लगाएको बोलपत्रलाई मान्यता दिईने छैन ।
६. बोलपत्रलाई पुर्ण वा आंशिक रुपमा स्विकृती गर्ने वा रद्ध गर्ने अधिकार यस कार्यालयमा निहित हुने छ ।
७. बोलपत्र फारमको साथमा आपुर्ती कर्ताले निम्न कागजातहरु पेश गर्नु पर्ने छ ।
I. फर्म/निर्माण कम्पनीको दर्ता प्रमाण पत्रको प्रतिलिपी
II. आ.ब. २०८०/२०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
III. PAN/VAT मा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
For the Bill of Quantities, please click on the link below:
Link: Bill of Quantities
८. थप जानकारीको लागि कार्यालय समभित्र कार्यालयको टेलिफोन नम्बर ०३१–५४०४१२ मा सम्पर्क गर्न सकिनेछ । यो सुचना यस कार्यालयको Website: www.shripurraj.org.np मा समेत प्रकाशन गरिएको छ ।
९. यस कार्यालयले प्रतिपादन गरेको आचारसहिता तथा निति नियमहरु आपूर्ति कर्ताले पालना गर्नू पर्ने छ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 20 Jun, 2025 |
Apply Before | 04 Jul, 2025 |
City | Saptari |