बाह्य लेखा परिक्षण सम्बन्धमा
Detailed Job description / requirements:
मिति: २०७९।०३।०५
विषय: बाह्य लेखा परिक्षण सम्बन्धमा ।
समाज जागरण केन्द्र (स्याक), नेपाल वीरेन्द्रनगर, सुर्खेतको आ.व. २०७८/०७९ मा विभिन्न साझेदार संस्थाको साझेदारी एवम् आन्तरिक श्रोतबाट समेत संचालन भएका विभिन्न कार्यक्रमहरुमा भएको आर्थिक कारोवारको मान्यता प्राप्त लेखा परिक्षकबाट बाह्य लेखा परिक्षण गर्नु पर्ने भएकोले तपशिलको शर्तहरुको आधारमा योग्यता पुरा भएका व्यक्ति वा फर्महरुबाट निवेदन आवहन गरिन्छ ।
तपशिल
१. यस संस्थाबाट संचालिन आन्तरिक कार्यक्रम सहित जम्मा ९ वटा कार्यक्रम संचालनमा रहेका छन् । उक्त कार्यक्रमहरुबाट जम्मा कारोवार लगभग रु. ५ करोड रहेको छ ।
२. लेखापरिक्षण गर्ने व्यक्ति वा फर्म नेपाल सरकारको मान्यता प्राप्त गरेको हुनुपर्ने । (सिएलाई प्रथामिकता दिइने) तथा सम्बन्धित मान्यता प्राप्त संस्थामा दर्ता भएको हुनुपर्नेछ ।
३. लेखा परिक्षण गर्ने व्यक्ति वा फर्म वार्षिक रुपमा नविकरण भई नियमानुसार कर चुक्ता भएको हुनुपर्नेछ ।
४. लेखा परिक्षकले लेखा परिक्षण सम्पन्न गरि मिति २०७९।०४।१८ गतेभित्र आर्थिक तथा व्यवस्थाापन प्रतिवेदन पेश गुर्नेपर्ने छ ।
५. लेखा परिक्षणका लागि प्रस्तावित बजेट सहितको निवेदन दिनु पर्ने छ । उक्त व्यक्ति वा फर्मले आवश्यक कागजातहरु सहित मिति २०७९।०३।१२ गते दिनको ५:०० बजे सस्थामा निवेदन पेश गर्नु पर्ने छ ।
६. लेखा परिक्षण वापतको पारिश्रमिक दोहोरो सहमतिका सहमतिका आधारमा निर्धारण गरिनेछ ।
७. रित पुरा नभएका वा म्याद नाघी आएका निवेदनहरु छनौट प्रक्रियामा समाबेश हुने छैनन् ।
८. सूचना अनुसार छनौट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारी आवश्यक भएका कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
टीकाराम आचार्य
कार्यकारी निर्देशक
Job Overview
Category | Expression of Interest |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 20 Jun, 2022 |
Apply Before | 26 Jun, 2022 |
City | Birendranagar |