सुचीदर्ता गर्ने सम्बन्धी सूचना
Detailed Job description / requirements:
सुचीदर्ता गर्ने सम्बन्धी सूचना
(REF.: WVIN/PTYSM/EOI/2023/02)
प्रथम पटक प्रकाशितमिति : २०८०/५/२५ (11 September 2023) गते
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट PTYSM र वल्र्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) संगको साझेदारीमा यस जाजरकोट जिल्लामा समावेशी गुणस्तरीय शिक्षा, बाल संरक्षण तथा बाल स्पोन्सरसिप कार्यक्रमहरु सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२३/२०२४ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट (PTYSM) ले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुची दर्ताको लाथि आवेदन सहित उल्लेखित कागजात मिति २०८०/६/२५ (१२ अक्टुवर २०२३) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ साथै संस्थाको ptysm.procurement@gmail.com इमेल मार्फत पनि उल्लेखित कागजातहरु पेश गर्न सकिने छ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरु
- स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल गर्ने कार्य
- एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम, बाल बिकास केन्द्र सहजकर्तालाइ तालिम, प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य शिक्षा, स्वास्थ्य, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DRRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न परामर्शदाताहरू
- परामर्श सेवाहरु –विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादककर्ता तथा अनुसन्धानकर्ता)
- स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब र फलेक्स ब्यानर) र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा ९राष्ट्रिय स्तरमा ०
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य।
- मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, PPE सेट
- फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपडा आदी सामानहरु आपूर्ति गर्ने कार्य
- तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि
- सडक नाटक समुह, भिडियो पर्दशनी ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
यो सुचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ ।वा इमेल मार्फत मागगर्न सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ ।
https://drive.google.com/drive/u/0/folders/1oMgro4vF7xEl81mhUIwb_E3iFR33O7St
Mailing Address:
Panchtara Yuwa Samrakshan Manch (PTYSM), Jajarkot
Head office: Bheri Nagarpalika-3, Mathithaple- Jajarkot,Nepal
Phone- 089-430068
Mobile No : 9849599892 ,9848145779
Email: ptysm.jajarkot@gmail.com
website: ptysm.org.np
आवश्यक कागजात पेश गर्ने इमेल ptysm.procurement@gmail.com
OR,
Submit hardcopy at PTYSM Office
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 11 Sep, 2023 |
Apply Before | 12 Oct, 2023 |
City | Jajarkot |