सूचिकृत सम्बन्धमा
Details / requirements:
मिति: २०८०।०२।१८
विषय: सूचिकृत सम्बन्धमा ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेको छ । आगामी २ आर्थिक वर्ष आ.व. २०८०/०८१ र २०८१/२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्म सूचिकृत गर्नुपर्ने भएकाले यहि मिति २०८०।०२।३२ गते साँझ ५ बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता) सहित सूचिकृत गराउनुहुन आह्वान गरिन्छ । साथै एक भन्दा बढी क्षेत्रमा कार्य गर्नका लागि हरेक क्षेत्रमा छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ । यसरी सूचिकृत भएका सेवा प्रदायकहरूलाई अभिमुखिकरण गरी सूचिकृत भएका सेवा प्रदायकबाट मात्र कोटेशन तथा मूल्यसूचि माग गरिनेछ । सूचिकृत गराउन भौतिक रुपमा उपस्थित भई निवेदन पेश गर्न सकिनेछ । अनलाईन https://bit.ly/sacvender ईमेलमाफर्त पनि पेश गर्न सकिनेछ ।
तपशिल
१) फर्निचर तथा फनिसिङ्ग
२) कम्प्युटर पार्टस तथा मर्मत
३) सिलाई मेसिन तथा पार्ट
४) चारपाग्रो सवारी साधन पार्टस र मर्मत
५) सहजकर्ता तथा परामर्शदाता सेवा
६) इलेक्टीक र इलेक्टोनिकसँग सम्बन्धित सामग्री तथा मर्मत
७) गाडी रिजर्व तथा ढुवानी सेवा
८) निर्माण सम्बन्धी सेवा तथा परामर्श
९) कृषि तथा पशुपंक्षी पालनसँग सम्बन्धित औजार तथा उपकरणहरू
१०) हार्डवयर सामग्री
११) रेडियो, घडी तथा साउण्ड सिस्टम
१२) पशुपंक्षि, कृषि, बीउ, मल, दाना तथा औषधी
१३) सोलार सिस्टम सम्बन्धी सामग्री तथा सेवा
१४) झोला र कपडा
१५) कस्मेटीक तथा पार्लर सम्बधि सामाग्रीहरू
१६) मोटरसाईकल पार्टस र मर्मत
१७) छपाई
१८) विभिन्न सिपसँग सम्बन्धित तालिमहरू
१९) होटल सम्बन्धी सेवा
२०) पत्रपत्रिकामा विज्ञापन तथा सूचना प्रकासन
२१) ईट्टा, बालुवा, ढुंगा, गिट्टी तथा काठ
२२) व्यानर छपाई तथा होडिङ्ग
२३) रङ्ग रोगन
२४) स्टेशनरी सामग्री तथा मसलन्द
२५) इन्धन
२६) प्लाष्टिक जन्य सामग्री
टिकाराम आचार्य
कार्यकारी निर्देशक
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Jun, 2023 |
Apply Before | 26 Jun, 2023 |
City | Birendranagar Surkhet |