ARH & GESI Officer
Detailed Job description / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०८०/६/१६ र आवेदन दिने अन्तिम मितिः २०८०/६/२२
दलित विकास समाज (DDS) सल्यान सन् २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरूको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन् २०२३ देखि USAID/CARE नेपालसँगको सहकार्यमा “युएसएड किशोर किशोरी प्रजनन् स्वस्थ्य परियोजना” सञ्चालन गरिरहेको छ ।
“USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य परियोजना” केयर नेपालको नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company सँगको संयुक्त साझेदारीमा दलित विकास समाज सल्यानद्वारा १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा स्वस्थ निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ति निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दे उनीहरूमा पुर्ण क्षमताको विकास गर्नु रहेको छ । उक्त परियोजनाका लागि निम्न पदमा आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नंबरः ३/२०८०/८१
पद र आवश्यक संख्याः ARH & GESI Officer, १ जना
योग्यता अनुभव र सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट जन स्वास्थ्य वा नर्सिङ्ग वा महिला तथा लैङ्गिक अध्ययन वा समाज शास्त्र वा विकास अध्ययन विषयमा स्नातक तह उत्तिर्ण गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, परिवार योजना तथा किशोर किशोरी प्रजनन् स्वास्थ्य क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको । अंग्रेजीमा प्रतिवेदन लेखन सिप भएको, कम्प्यूटर अफिस प्याकेज राम्रोसँग चलाउन सक्ने
विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस्:
https://drive.google.com/uc?export=download&id=1P-wMq0VyGaOiWGAnriRyRDksd5Lu6wom
आवश्यक कागजातः आवेदकको सम्पर्क ठेगाना, इमेल, सम्पर्क नम्बर र २ जना सन्दर्भ व्यक्ति (2 Reference persons)हरूको सम्पर्क नम्बर र इमेल सहितको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक र अनुभव प्रमाण पत्रको प्रतिलिपी, र निवेदन ।
आवेदन दिने ठाउँः दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान वा इमेल vacancydds@gmail.com मार्फत पनि आवेदन दिन सकिने छ ।
आवेदन दिने अन्तिम मिति र समयः २०८०/६/२२ गते (उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्ट) कार्यालय समय भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७
(प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित तथा मौखिक परिक्षामा सामेल गराइने छ । सिमान्तकृत समुदायका महिला, दलित, अपाङ्गता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई आवेदन दिनका लागि अभिप्रेरित गरिन्छ । कृपया आवेदनमा ARH & GESI Officer पदका लागि आवेदन भनेर उल्लेख गर्नुहोला)
नोटः म्याद नाघि आएका, योग्यता र अनुभव नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिने छैन साथै आवेदन स्वीकार गर्ने नगर्ने सम्पूर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहने छ । सिमान्तकृत समुदायका महिला, दलित, अपाङ्गता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई विशेष ग्राह्यता दिइने छ ।
Job Overview
Category | Social Science, Development and Project, Medical / Nursing |
Openings | 1 |
Experience | 2 Years |
Education | B.Sc. / B.N. (Bachelors in Nursing), Bachelor's degree in social science |
Posted Date | 03 Oct, 2023 |
Apply Before | 09 Oct, 2023 |
City | Salyan |