ARH and GESI Officer

Mallarani Rural Development Concern Center

Details / requirements:

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०२/११

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक रुपान्तरणका लागि कृयाशील आम सदस्यतामा आधारित एक नागरीक समाजको संस्था हो । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाका रुपमा स्थापित यस संस्थाले सुशासन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, एड्भोकेसी तथा स्थानिय क्षमता विकासलाई प्रमूख सवालका रुपमा ग्रहण गर्दै लक्षित वर्गको सशक्तिकरण र सेवामूलक कार्य मार्फत नागरिकहरूको स्वाबलम्बी जीवनको प्रवर्द्धन गर्दछ । संस्थाको लक्षित उद्देश्य प्राप्तीका लागि यस संस्थाले स्थानिय सरकार लगायत संघीय तथा प्रादेशिक तहका बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था एवं सरोकारवाला निकायहरू बीच समन्वय र सहकार्य गर्दै आएको छ । किशोर किशोरीहरूको प्रजनन स्वास्थ्यमा सुधारका लागि हाल यस संस्थाले USAID को आर्थिक सहयोग तथा CARE NEPAL को साझेदारीमा प्यूठान जिल्लाका गौमुखी, झिमरुक तथा नौबहिनी गा.पा. र प्यूठान एवं स्वर्गद्वारी न.पा.मा USAID Adolescent Reproductive Health (ARH) परियोजना सञ्चालन गरीरहेको छ ।

USAID Adolescent Reproductive Health (ARH) परियोजना CARE Nepal को नेतृत्व तथा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego तथा Nepal CRS Company को संयुक्त साझेदारीमा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्नका लागि सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यका बारेमा स्वस्थ्य निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यस कार्यक्रमका लागि तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट रितपुर्वक दरखास्त आह्वान गरिएको छ ।

बिज्ञापन नं.: ०६/०८०/८१

पद: ARH and GESI Officer

आवश्यक संख्या: १ (एक) जना (पछि थप हुन सक्ने) ।

कार्यक्षेत्र: गौमुखी गा.पा. । (कार्यक्रम लागू भएका अन्य पालिका एवं समुदाय र स्वास्थ्य संस्थाहरूमा ७० प्रतिशत फिल्ड भ्रमण गर्नुपर्नेछ ।)

मूख्य जिम्मेवारी तथा कार्य:

  • स्थानिय सरकारको योजना तथा कार्यक्रममा किशोर किशोरी प्रजनन स्वास्थ्य तथा GESI सम्बन्धी सवाललाई मूलप्रवाहिकरण गर्ने र पालिकास्तरमा सञ्चालन हुने परियोजनाका गतिविधिहरू सञ्चालनका क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
  • स्थानिय सरकार तथा अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै किशोर किशोरी प्रजनन स्वास्थ्य अवस्था सुधारका क्षेत्रमा Synergy ल्याउन पहल गर्ने ।
  • योग्यता तथा अनुभव: मान्यताप्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, नर्सिंग, महिला तथा लैंगिक अध्ययन वा समाजशास्त्र) मा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार योजना तथा प्रजनन स्वास्थ्य वा किशोर किशोरीको क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको ।

शिप तथा ज्ञान:

  • GESI, SBC तथा सामाजिक मूल्य मान्यता एवं सामाजिक अभियानको क्षेत्रमा कार्य गरेको व्यावहारीक ज्ञान ।
  • तालिम/गोष्ठी सञ्चालन तथा सहजीकरण सम्बन्धी ज्ञान ।
  • दक्ष सञ्चार तथा वाक क्षमता (Public Speaking skills) ।
  • प्रतिवेदन लेखन शिप ।
  • स्थानिय भाषामा निपुण तथा स्थानिय सामाजिक साँस्कृतिक परिवेश सम्बन्धमा जानकार भएको ।
  • समूह निर्माण तथा कार्य (Team building and team work) ।

विस्तृत कार्य विवरण डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्:

https://drive.google.com/uc?export=download&id=1vDrdIz3-IpiEvmjYZtS_14kTX2OrFvAs

दरखास्त दिने विधि:

आवेदकले तोकिएबमोजिम कागजात सहित संस्थाको कार्यालय मल्लरानी गा.पा.–४ खलंगा प्यूठानमा प्रत्यक्ष वा ईमेल ठेगाना mrdcc.vacancy@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । दलित, जनजाति तथा सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । दुईपांग्रे सवारी साधन चलाउने लाईसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार तथा बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू प्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन जानकारी गराइन्छ ।

दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरू:

(१) सन्दर्भ व्यक्तिहरूको (References) नाम, सम्पर्क नम्बर तथा ईमेल ठेगाना स्पष्ट रुपमा उल्लेख गरीएको आवेदकको व्यक्तिगत विवरण(CV) अनिवार्य ।

(२) नागरीकता, शैक्षिक योग्यता, अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि ।

(३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।

दरखास्त दिने अन्तिम मिति: २०८१/०२/ गते (May 30, 2024) कार्यालय समय साँझ ५:०० बजे सम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको मध्यान्ह १२:०० बजे सम्म ।

नोट: रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

Overview

Category Public Health, Social Science, Development and Project, Nursing
Openings 1
Position Type Full Time
Experience 2 Years
Education B.P.H. (Bachelors in Public Health), Bachelor's degree in social science, B.N. (Bachelors in Nursing)
Posted Date 24 May, 2024
Apply Before 30 May, 2024
City Pyuthan