अपाङ्गता भएका बालबालिकाहरू तथा अभिभावकहरूको आयआर्जनको लागि जिविकोपार्जन सम्बन्धि कार्यबिधि निर्माणको लागि सिलबन्दी दरभाउ आह्वान
Details / requirements:
अटिजम केयर चितवन सोसाईटी
भरतपुर, चितवन
अपाङ्गता भएका बालबालिकाहरू तथा अभिभावकहरूको आयआर्जनको लागि जिविकोपार्जन सम्बन्धि कार्यबिधि निर्माणको लागि सिलबन्दी दरभाउ आह्वान
प्रकाशन मिति: २०८१ असार १७
अटिजम केयर चितवन सोसाईटी, अटिजम भएका बालबालिकाका अभिभावकहरूको समुहद्वारा स्थापित गैर–सरकारी, गैर नाफामुलक संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल देखि नै अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको सचेतना, अधिकार र क्षमता विकासका लागि सक्रिय रुपमा काम गर्दै आएको छ ।
अटिजम केयर चितवन सोसाईटी र ह्याण्डीक्याप ईन्टरनेशनल नेपाल को साझेदारीमा सञ्चालित समावेशी शिक्षा परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकाहरू तथा अभिभावकहरूको आयआर्जनको लागि जिविकोपार्जन सम्बन्धि कार्यक्रम सञ्चालनको लागी कार्यबिधि (विस्तृत विवरणको लागि तल दिईएको तालिकामा हेर्नुहोला) निर्माण गर्नुपर्ने भएकोले सेवाप्रदायक छनौट गरीने जानकारी गराउदै दरभाउ पत्र सहित सुचना गरीएको मितिले १० दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी दरभाउ पत्र उपलब्ध गरि दिनुहुन अनुरोध गरिन्छ ।
थप जानकारीको तलको लिकं प्रयोग गर्न सकिने ।
Terms of Reference_ IGA_MM.docx
पालन गर्नुपर्ने शर्तहरू:
- दरभाउ पत्र पेश गर्दा फर्मको लेटर हेडमा अनिवार्य रुपमा पठाउनुका साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ ।
- दरभाउ पत्रलाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रक्रियामा सहभागी गराईने छैन ।
- दरभाउ पत्र मिति २०८१ असार १७ गते देखि २०८१ असार २७ गते साझ ५ बजे भित्र तल दिईएको ईमेल वा अटिजम केयर चितवन सोसाईटीको कार्यालयमा बुझाउनु पर्नेछ ।
- मिति र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन।
- संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरीनेछ ।
- कम्पनीको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनी दर्ता प्रमाण पत्र तथा नविकरण गरीएको फोटोकपि कोटेशन सँगै बुझाउनु पर्नेछ ।
- नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरिनेछ ।
Email: s.paudel@accsnp.org
Contact No: 9801948511, 056535131
पत्राचारको लागि ठेगाना:
अटिजम केयर चितवन सोसाईटी, भरतपुर – १०, चितवन
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Jul, 2024 |
Apply Before | 11 Jul, 2024 |
City | Chitwan, Bharatpur |