आ.व.२०८३।०८४ मा सूचिकृतको लागि आह्वान गर्ने बारे सुचना

Janakalyan Saving and Credit Co operative Society Ltd

Janakalyan Saving & Credit Co-operative Society Ltd :" Established on 2053 ashad 29 under the Co-operative Act 2048, is a financial institution permitted to carry out financial transactions. The head office of which is situated in Benighat Rorang-3 Richoktar, Malekhu Dhading, Nepal. And Operate total 5 service center. It took part in the ACCESS programme conducted by Nepal Federation of Savings and Credit Cooperative Unions Ltd in technical association from Association of Asian Confederation of Credit Union and has been able to obtain the ACCESS Brand -BRONZE AND SILVER both.

Details / requirements:

आ.व.२०८३।०८४ मा सूचिकृतको लागि आह्वान गर्ने बारे सुचना !!!

प्रकाशित मितिः २०८३।०५।२५ गते

यस जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. (बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ) लाई आर्थिक वर्ष २०८३/०८४ को लागी आवश्यक पर्ने तपसिलमा उल्लेखित बस्तु तथा सेवाहरू पटक पटक वा एकै पटक उपलब्ध गराउन सम्बन्धित बस्तु तथा सेवाको कारोवार गर्न स्विकृती प्राप्त गरेका ईच्छुक रजिष्टर्ड फर्म/कम्पनी/आपूर्तिकर्ताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८३।०६।०८ गते कार्यालय समय ४:००बजे) भित्रमा प्रत्येक समुहको लागी छुट्टाछुट्टै विवरण खुलाई निवेदन सहित सूचिकृत हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही गरिने छैन ।

समुह कः छपाई तथा मसलन्द

१. स्टेशनरी तथा मसलन्द सामानहरू

२. छपाई तथा आपूर्ति सम्बन्धि कार्यहरू

३ कम्प्युटर पेपरहरू, थर्मल प्रिन्टर पेपर रोल (१ प्लाई, २ प्लाई, स्टेटमेन्ट पेपरहरू आदि) 

४. प्रिन्टर रिवन, टोनर, काटेंज लगायत रिफिलिङ्ग सम्बन्धि सेवाहरू

५. ए.सि.पि बोर्ड, एक्रेलिक बोर्ड,फ्लेक्स, साईन बोर्ड, स्किन प्रिन्ट, कम्प्युटर डिजाइन

६. टिसर्ट, टोपी, झोला, किरि∙,कप,मायाको चिनो,खादा,गलबन्दी आदि

७ अन्य विविध

समुह खः फर्निचर/फर्निसिङ्ग तथा इलेक्ट्रिफिकेशन

१. काठ तथा धातुजन्य फर्निचर सामाग्रीहरू

२. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरू

३. अन्य विविध

समुह गः कम्प्यूटर तथा कम्प्युटर सम्बन्धि उपकरणहरू

१. कम्प्युटर, ल्यापटप, प्रिन्टर, यु पि एस तथा व्याट्री, फोटोकपी मेशिन, फ्याक्स मेशिन, स्क्यानर आपूर्ति एवं वार्षिक मर्मत सम्झौता सम्बन्धी सेवाहरू

२. ईन्टरनेट, ईन्ट्रानेट,फायरवाल राउटर  

३. कम्प्युटरसँग सम्बन्धीत अन्य सामग्रीहरू

४. अन्य विविध

समुह घः कार्यालय उपकरणहरू

१ जेनेरेटर, एयर कन्डिशन, स्टेपलाइजर, नोट काउन्टिङ्ग मेसिन, फेक नौट डिटेक्टर,चेक राइटर, स्मार्ट बोर्ड, ए.टि.एम. मेसिन आपुर्ति एवं बार्षिक मर्मत सम्झौता सम्बन्धी सेवाहरू

२. CCTV System, Security Alarm, Fire Extinguisher, Metal Detector, Telephone Set आपुर्ति एवं वार्षिक मर्मत सम्झौता सम्बन्धी सेवाहरू

३ अन्य विविध

समुह ङः निर्माण,मर्मत सम्भार तथा सजावट

१. कार्यालय निर्माण, आन्तरिक सजावट/आर्किटेक्ट, इलेक्टिकल, सिभिल ईन्जीनियरिङ्ग लगायतका कार्यहरू

२. पर्दा,सोफा,कुर्सी, टेबल, काउन्टर टेबल आदि

समुह चः अन्य सामग्रीहरू

१ कार्यालय पोशाक आपूर्ति तथा सिलाई

२. सवारी साधन मर्मत तथा भाडामा दिने

३. साधारण सभा/तालिम/गोष्ठी/सेमिनारको लागि हल तथा खाना/खाजा प्याकेजमा

४.लेखापरिक्षक तथा अन्य पाहुनाहरूको लागि खाना/खाजा बिना प्याकेजमा

५ सरसफाईको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको आपुर्ति

६ अन्य विविध

अन्य थप जानकारीहरू:

  • आवेदनको साथमा फर्म दर्ता प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र तथा गत आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
  • प्रत्येक समूहको लागी छुट्टाछुट्टै सूचीदर्ता फारम भर्नुपर्नेछ। सूचीदर्ता फारमको लागी पेशगर्नुपर्ने निवेदन यस सस्थाको बेवसाईट https://janakalyan.coop.np/download बाट लिन सकिने छ।
  • यसरी सूचीकृत हुन आवेदन पेश गर्ने आवेवकहरूमध्येवाट कार्य क्षमता, कार्य अनुभव तथा दक्षतालाई आधारमानी ग्राह्य ठहरेका फर्म/कम्पनी/आपूर्तिकर्ताहरुलाई मात्र सूचीकृत गरिनेछ । 
  • यसरी सूचीकृत भएका फर्म/कम्पनीहरूले उपलब्ध गराएको बस्तु तथा सेवाहरू तोकिएको गुणस्तर एवं मापवण्ड बमोजिमको नभएमा वा कार्य सम्पादन शैली सम्तोषजनक नरहेमा उक्त फर्म/कम्पनीहरूलाई विना सूचना बस्तु तथा सेवा उपलब्ध गराउने सूचीबाट हटाउन समेत सकिनेछ ।
  • सूचीकरण गर्ने वा नगर्ने अधिकार संस्थामा नै निहित रहनेछ ।
  • सम्पर्क माध्यम: बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ तथा ईमेल आईडी: janakalyan.purchase@gmail.com / janakalyan.ceo@gmail.com मा पठाउन सकिनेछ । सम्पर्क नं.: ०१०४०००४९ ।०१०४०००५०, ९८४१९१३१५०। ९७६११४३८१० । ९८५१२००७५१ 

पुनश्च : निवेदनको साथमा संलग्न प्रमाण पत्रहरू:

  • नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
  • संस्था वा फर्म दर्ताको प्रमाण पत्र र आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र र गत आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
  • फर्म नवीकरण निस्साको प्रमाणपत्रको प्रतिलिपि
  • फर्मको प्रोफाईल र संचालक एवं कर्मचारीको बिबरण

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Sep, 2026
Apply Before 24 Sep, 2026
City Dhading