आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Integrated Rural Development Society (IRDS) Mahottari
एकिकृत ग्रामिण विकास समाज, महोत्तरी
प्रथम पटक प्रकाशन मितिः २०८३/०६/०२ गते
यस संस्थाले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा HATEMALO-for Child Wellbeing and Integrated Development Project परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०८३/८४ कोलागि निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement-LTA) गर्न खोजेको हुँदा योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ असोज १९ गते (०५ अक्टोबर २०२६) सम्म कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरु
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामाग्री आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन, भित्ते लेखन कार्यहरु
- कृषि औजार, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधि, बाख्रा, बंगुर, कुखुरा सप्लाई सम्बन्धी कार्यहरु
- कम्प्यूटर, ल्यापटप, प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धी
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान) भाडामा लिने सम्बन्धी कार्य
- फर्निचर (काष्ठ तथा स्टिलका दराज, टेबल, कुर्सी) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदि) सामानहरु आपूर्ति गर्ने कार्य
- हार्डवेयर (कर्कटपाता, सिमेन्ट, रड, रङ रोगन, शौचालयका सामाग्री, सिंचाईका सामाग्रीहरु जस्तै मोटर, दमकल) आपूर्ति सम्बन्धी कार्य
- तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवा प्रदान गर्ने
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने र तालिम हल सेवा, क्याटरिङ सेवा
- स्कुल पोशाक अन्य कपडाहरु, जुत्ता, चप्पल, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
- घरायसी सामाग्री, किराना, सौंन्दर्य सामाग्री, भाँडा वर्तन, पानी जार आपूर्ति आदि
- प्राथमिक उपचार, औषधि तथा मेडिकल, सर्जिकल औजार सामाग्रीहरु
- चापाकल (ह्याण्ड पम्प) निर्माण, खानेपानी तथा पाइपलाइन बिस्तारका लागि सामाग्री तथा फिटिङका सामाग्री आपूर्ति गर्ने
- उद्यमशिलता तथा सीपमूलक तालिम (हाउस वायरिङ, मोवाइल मर्मत, सिलाई बुनाई, बुटिक, साइकल, मोटरसाइकल मर्मत, च्याउ खेति तालिम, साबुन, अगरबत्ती, बनाउने तालिम प्रदान गर्ने सेवा प्रदायक
- ठेला, रिक्सा तथा आइरन सम्बन्धी कार्यहरु र सिलाई मेसीन आपूर्ति, मर्मत
- जीवन तथा निर्जीवन बिमा सेवा
- स्वयंसेवक तथा तथ्यांक संकलक
- परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), हवाई टिकट सेवा
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- सडक नाटक समूह
- टेन्ट तथा साउण्ड सिस्टम
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र ९ब्गतजयचष्शभम मभबभिच०
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. संस्था नविकरण घरेलु तथा वाणिज्य विभाग वा सम्बन्धित विभागमा भएको
६. यदि भएमा पछिल्लो दुई बर्षसम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम माथिको LINK मा रहेको साथै कार्यालयमा सम्पर्क राखी समेत पाउन सकिनेछ ।
LINKS:
Supplier Registration Form-General
सम्पर्क ठेगानाः
एकिकृत ग्रामिण विकास समाज
बर्दिबास १, महोत्तरी
इमेलः procurement.irds@gmail.com
फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 18 Sep, 2026 |
| Apply Before | 05 Oct, 2026 |
| City | Mahottari |