आपूर्तिकर्ता सुचिकृत हुने सम्बन्धि सुचना ।
Details / requirements:
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, खलंगा प्यूठान
विषय: आ.व २०८२/०८३ का लागि आपूर्तिकर्ता सुचिकृत हुने सम्बन्धि सुचना ।
पहिलो पटक प्रकाशित मिति: २०८२/०४/२०
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कृयाशिल एक मुनाफारहित समाजिक संस्था हो । प्यूठान जिल्लाको पहिलो सामाजिक गैर सरकारी संस्थाका रुपमा स्थापित यो संस्था बिगत साढे तीन दशक भन्दा लामो समय देखि सामाजिक परिचालन, साना भौतिक पूर्वाधार विकास, उद्यमशिलता विकास, स्वास्थ्य तथा पोषण अवस्था सुधार, सरसफाई, वातावरण संरक्षण, एड्भोकेसी, सुशासन प्रवर्द्धन, स्थानीय क्षमता विकास लगायतका क्षेत्रमा अग्रसर रही आएको छ । संस्थाको उद्देश्य प्राप्तिका लागि यस संस्थाले विभिन्न तहका सरकारी तथा गैर सरकारी निकाय, अन्तरराष्ट्रिय विकास साझेदार संस्था, स्थानिय तह लगायत सरोकारवाला निकायहरु वीच समन्वय र सहकार्य गदै आएको छ ।
यस संस्थाको आन्तरीक स्रोत तथा बिभिन्न परियोजनाहरु तर्फ चालु आ.ब. २०८२/०८३ को लागि आवश्यक सेवा तथा सामग्री आपूर्तिकर्ताहरुको सूची तयार गर्नुपर्ने भएकोले देहाय बमोजिम सेवा तथा सामग्रीहरु पुर्ण वा आंशिक रुपमा आपूर्ति गर्न ईच्छुक योग्य फर्म तथा सप्लायर्सहरुबाट रितपुर्वक आवेदन आह्वान गरिएको छ ।
आवश्यक सेवा तथा सामग्रीहरु:
- खाना, खाजा, आवाश, तालिमहल, सभाहल लगायत होटल सेवा ।
- फोटोकपी तथा स्टेशनरी सामग्रीहरु ।
- होर्डिङ्ग बोर्ड, फ्लेक्स प्रिन्ट तथा विभिन्न प्रिन्टिङ सम्बन्धि कार्य ।
- कम्प्यूटर, प्रिन्टर, क्यामेरा, टेलिफोन लगायत ईलेक्ट्रोनिक तथा ईलेक्ट्रीकल सेवा सामग्री तथा मर्मत सेवा ।
- कृषि तथा पशुपालनजन्य व्यवसायका लागि आवश्यक औजार, वस्तु वा सामग्रीहरु ।
- उन्नतजातका बोका, बाख्रा तथा घांसका बीउहरु ।
- बीमा सम्बन्धी सेवा ।
- यातायात तथा ढुवानी सम्बन्धी सेवा ।
- सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सेवा ।
- संस्थाको अन्तिम लेखा परिक्षण ।
- सामाजिक परिक्षण ।
आवेदन पेस सम्बन्धी जानकारीहरु:
- आवेदन पेस गर्ने अन्तिम मिति: २०८२ भाद्र ४ गते बुधबार कार्यालय समय साँझ ५:०० बजे भित्र । यदि सो दिन सार्बजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनको मध्यान्ह १२:०० बजे भित्र ।
- आवेदन मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको मूख्य कार्यालय, प्यूठान जिल्ला मल्लरानी गा.पा. वडा नं. ४ खलंगा भञ्ज्याङमा सोझै वा ईमेल ठेगाना pr.mrdcc@gmail.com मार्फत पनि पेस गर्न सकिने छ ।
- प्राप्त आवेदन छानवीन गरी स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।
- म्याद नाघी आएको आवेदन माथि कुनै कारवाही गरीने छैन ।
- अन्य जानकारी आवश्यक भएमा देहायका टेलिफोन नम्बरहरुमा सम्पर्क गरी जानकारी लिन सकिने छ ।
फोन नं: ०८६–४२००१९, ४२०३१८
ईमेल ठेगाना: mallarani.pyuthan@gmail.com
नोट: मौजुदा सूचीमा सूचिकृत हुने सम्बन्धि आवेदन फाराम संस्थाको कार्यालयबाट प्रत्यक्ष वा यसै सूचनामा दिईएको लिंकबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
Link: Standing List Format
आशयपत्र साथ संलग्न गर्नुपर्ने कागजपत्रहरु:
- फर्म दर्ता तथा नवीकरणको प्रमाणपत्रको प्रतिलिपी
- स्थायी लेखा नम्बर (PAN) वा मुल्य अभिबृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 05 Aug, 2025 |
Apply Before | 20 Aug, 2025 |
City | Pyuthan |