आपुर्ति सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

आपुर्ति सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रथम पटक प्रकाशन मिति: २०८३/०४/०३ गते

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) रौतहटले यस जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सिकाई प्लस परियोजना रौतहट जिल्लाको माधव नारायण र गरुडा नगरपालिका साथै सर्लाही जिल्लाको  हरिपूर्वा नगरपालिका , पर्सा , चन्द्रनगर र ब्रहमपुरी गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.बं. २०२६/२७ (२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक  खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुँदा RRPK ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ साउन १७ गते (२ अगस्ट २०२६) कार्यालय समयभित्र कार्यालयमा वा इमेल (procurement.sikai@rrpk.org.np) मार्फत पेश गर्न आह्वान गर्दछौँ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

  • परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता 
  • स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक 
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो ) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरू
  • छपाई (कपी ,पोष्टर, किताब, प्रमाण पत्र र  क्यानभास ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
  • कृषि औजार, पशु सम्बन्धि औषधि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरू 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य 
  • समावेशी शिक्षण सिकाइ सामग्री आपूर्ति गर्ने कार्यहरू
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरू आपूर्ति गर्ने कार्य
  • हार्डवेयर (कर्कट पाता, सिमेन्ट, रड, रङ्ग रोगन, शौचालयका सामाग्रीहरू र सिचाईका सामाग्रीहरू जस्तैः मोटर, दमकल ) आपूर्ति सम्बन्धि कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने 
  • डसमुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने
  • स्कुल पोशाक, अन्य कपडाहरू, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, बिपत आपुर्ति गर्ने कार्य  
  • उद्यमशीलता तथा सीपमुलक सम्बन्धि  तालिम प्रदान गर्ने सेवा प्रदायक 
  • किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, शैलून सम्बन्धी समाग्रीहरू भाडा वर्तन, ग्यास सिलिन्डर  तथा किचेनमा प्रयोग हुने  समाग्री लगायत अन्य सामाग्रीह आपुर्ति गर्ने आपुर्तिकर्ताहरू 
  • खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
  • अपाङ्गता भएका व्यतिहरूका लागि सहायक सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
  • पूर्वधार सम्बन्धी निर्माणकर्ताहरू जस्तै: भवन निर्माण,शौचालय निर्माण, खाने पानी निर्माण सम्बन्धि कार्य गर्ने आपुर्तिकर्ताहरू

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि 

४. आर्थिक बर्ष. २०८२/०८३  को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि  

५. पछिल्लो बर्ष  विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । 

६.कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि 

आवश्यक सुचि दर्ताको फारम तलको Link मा रहेको साथै कार्यालयमा सम्पर्क राखी  समेत पाउन सकिनेछ ।

सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK),

चन्द्रनिगाहपूर –४ , रौतहट

फोन नं. ९८०२८८६४४०

इमेल: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 19 Jul, 2026
Apply Before 02 Aug, 2026
City Rautahat