प्रशिक्षक आबश्यकता सम्बन्धमा ।
Details / requirements:
विषय: प्रशिक्षक आबश्यकता सम्बन्धमा ।
मिति: २०८०/०८/२०
विकासका लागि युवा ऐक्यवद्धत (यार्ड) कैलाली र लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) संगको साझेदारी तथा गोदावरी नगरपालिका लगायत विभिन्न सरोकारवाला निकाय संगको समन्वयमा कैलाली जिल्लाको गोदावरी नगरपालिकामा युवा उद्यमशीलता: उद्यमीहरुको पुस्ता निर्माण परियोजना संचालन गर्न गईरहेको छ । उक्त परियोजनाले गोदावरी नगरपालिकामा बसोबास गर्ने प्लस टु, क्याम्पस पढिरहेका तथा विचैमा छोडेका युवाहरुका लागि उद्यमशिलता र स्वरोजगारका अवसरहरु निर्माण गर्ने उद्देश्य राखेको छ । उक्त उद्देश्य प्राप्त गर्नका लागि परियोजनाले लक्षित युवाहरुलाई बजार सुहाउदो ज्ञान र सीप प्रदान गरी सूचना र व्यवसाय विकासका अवसर तथा सेवाहरुमा पहुँच बढाएर युवाहरुको लागि उद्यमशीलता र स्वरोजगारका अवसरहरु अभिबृद्धि गर्न विभिन्न किसिमका प्राविधिक तालिम प्रदान गर्नुका साथै व्यवसाय विकास सहयोग गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । उक्त परियोजनाका लागि निम्न अनुसारका प्राविधिक तालिमहरु संचालन तथा सहजीकरणका लागि प्रशिक्षकहरुको आबश्यकता भएकोले सम्बन्धित विषयको प्रशिक्षणको लागि इच्छुक व्यक्ति, कम्पनी, वा फर्मले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तपशिलमा उल्लेखित कागजातहरु संलग्न गरी आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
सि नं | तालिमको विषय | तालिममा सहभागी संख्या |
१ | ३ महिने मन्टेश्वरी तालिम (३-६ महिने इन्टर्नसिप सहित) | २० जना |
२ | १ महिने शिक्षक तालिम (३-६ महिने इन्टर्नसिप सहित) | २० जना |
३ | १.५ महिने व्यावसायिक लेखा बिधि तालिम (३ महिने इन्टर्नसिप सहित) | २५ जना |
४ | सात दिने फ्लोरिकल्चर तथा नर्सरी व्यवस्थापन तालिम (३-६ महिने इन्टर्नसिप सहित) | १० जना |
५ | १५ दिने ब्राइडल (दुलही) फेन्सी चप्पल बनाउने तालिम | २० जना |
६ | ३ महिने डिजिटल मार्केटिंग तालिम (३ महिने इन्टर्नसिप सहित) | १५ जना |
७ | ३ महिने ग्राफिक डिजाइनिंग तालिम | १५ जना |
प्रशिक्षकका लागि चाहिने योग्यता तालिम र अनुभव सम्बन्धी विवरण: सम्बन्धित विषयमा मान्यता प्राप्त संस्था/विश्व विद्यालयबाट स्नातक उत्तीर्ण गरी शिक्षण/प्रशिक्षणको तालिम लिएको वा सम्बन्धित विषयमा प्रमाण पत्र/डिप्लोमा तह उत्तीर्ण गरी शिक्षण/प्रशिक्षणको तालिम लिएको र कम्तीमा ५ वर्षको कार्य अनुभव भएको वा सम्बन्धीत विषयमा सीप तह - ३ उत्तीर्ण गरी ५ वर्षको कार्य अनुभव भएको ।
पेश गर्नुपर्ने कागजातहरु
- संस्था दर्ता प्रतिलिपि, स्थायी लेखा प्रमाण पत्र प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र प्रतिलिपि । (आवेदक संस्था भएको खण्डमा मात्र)
- सम्बन्धित विषयमा प्रशिक्षण कार्य गरेको र सम्बन्धित विषयमा तालिम प्राप्त बिवरण खुलेको प्रशिक्षकको व्यक्तिगत बिवरण ।
- प्रशिक्षण शुल्क दररेट ।
- सम्बन्धित तालिमको विषयवस्तुर तालिम सहजीकरण विधी तालिका ।
- प्रशिक्षकको नेपाली नागरिकता प्रमाणपत्र र व्यक्तिगत लेखा प्रमाणपत्रको प्रतिलिपि।
द्रष्टव्य
- तोकिएको मिति र समय अवधि भित्र प्राप्त नभएका वा रीत नपुगी आएको आवेदन उपर कुनै कारवाही हुने छैन । आवेदन पत्र मिति २०८०।०८।२६ गते दिउँसो ५ बजे भित्र संस्थाको केन्द्रीय कार्यालय धनगढी वा संस्थाको इमेल ठेगाना procurement.yard@gmail.com मार्फत पेश गर्न सकिनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | Few |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 06 Dec, 2023 |
Apply Before | 12 Dec, 2023 |
City | Kailali |