सेवा र सामाग्रि आपूर्तिकर्ताहरुको लागि सूची दर्ता सम्बन्धी सूचना
Detailed Job description / requirements:
मितिः २०८०/०५/०७ गते
सेवा र सामाग्रि आपूर्तिकर्ताहरुको लागि सूची दर्ता सम्बन्धी सूचना
बाल कल्याण संघ टीकापुर (WACT) २०५२ सालमा स्थापित सामाजिक संस्था हो । खा“चोमा परेका समुदाय तथा व्यक्तिहरुको सशक्तिकरण प्रकृयाद्धारा उनीहरु स्वयंलाई नै आफ्ना आवश्यकताहरु पूर्ति गर्न सक्षम बनाउने मुख्य कार्य विधिद्धारा यस संस्थाले काम गर्दछ ।
यस संस्थालाई आ.व.२०२३/२०२४ का लागि निम्न तल उल्लेखित वस्तु तथा सेवा आवश्यक अनुसार एकै पटक वा पटक पटक गरि खरिद गनुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुदा, योगय सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व योगयता प्रक्रिया मा (Supplier Pre-qualification Process) सहभागि हुन इच्छुक ईजाजत प्राप्त फर्महरु बाट यो सुचना प्रकाशित भएको मिती देखि २०८०।०६।६ गते भित्र सुचिदर्ता फाराम भरी साथमा फर्म तथा कम्पनीहरुको विवरण, फर्म तथा कम्पनी दर्ता प्रमाणपत्र, फर्म तथा कम्पनीको स्थाई लेखा नम्बर (PAN/VAT), फर्म नविकरण र कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ०७९ / ०८०, नागरिकताको प्रतिलिपी र छाप र हस्ताक्षर सहितको Supplier Code of Conduct समेत संलग्न गरि बाल कल्याण संघ टिकापुरको कार्यालय टिकापुर, कैलालीमा सुची दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
आपूर्ति गर्नु पर्ने सामाग्री तथा सेवाहरु:
- कार्यालय मसलन्द र स्टेशनरी सम्बन्धी विविध सामाग्रीहरु र फोटोकपी प्रिन्ट
- सवारी साधनका पाटपुर्जा, आपुर्ति तथा मर्मत
- कुरियर सेवा
- पारवाहन सेवा तथा भाडाका सवारी साधनः हवाई टिकट, कार, जीप, बस, ट्रक ट्याक्टर आदि
- फर्निचर तथा कारपेट र फर्निसिङ्ग सामानहरुको आपुर्ति र मर्मत सम्बन्धी कामहरु ।
- भाडावर्तन तथा इलेक्ट्रिक सामागीहरु
- होटल रुम, खाना र वैठक हल तथा अन्य सेवा सम्बन्धमा ।
- स्वास्थ्य सम्बन्धी सामाग्रीहरु
- मास्क, सेनिटाईजर,डेलिभरी बेड,स्याटेरी प्याड आदी
- परामर्श शेवा
- किचन सेट, हाईजिन किट तथा सरसफाईका सामान सम्बन्धमा ।
- कम्प्यूटर, कम्प्यूटरका पाटपूर्जा ,टोनर रिफिल, कार्टेज आदि ।
- फ्लेक्स प्रिन्ट, होर्डीङ बोर्ड, वाल पेन्टीङ ।
- मिडिया (पत्रपत्रिकामा गरीने विज्ञापन, रेडियो तथा टेलिभिजनमा गरीने विज्ञापन तथा कार्यक्रम)
- ईन्धन (डिजेल, पेट्रोल तथा एलपिजि ग्यास) आपुर्ति
- लेखापरीक्षण सम्बन्धी सेवा
- पुस्तक प्रिन्ट , पोष्टर , स्टिकर छपाई
- लत्ता कपडा,झोला,जुता,चप्पल तथा खाद्यया“न सामा्रगीहरु
- रुपान्तरण जीवन उपयोगी सिप तथा आत्म रक्षा सम्बन्धी प्रशिक्षण सन्चालन
- घटना व्यवस्थापन तथा सीफारीस सम्बन्धि तालिम सन्चालन
- बलमैत्री स्थानिय शासन सम्बन्धि तालिम तथा तथ्यांक संकलन गरी प्रोफाईल निर्माण
- स्थानिय स्तरमा रहेका बाल संरक्षयाका सवाल पहिचान सम्बन्धि अनुसन्धान गर्ने
- बाल अधिकार तथा वाल संरक्षण संग सम्बन्धीत विभिन्न निती तथा निर्देशीका निमार्ण
- बाल क्लव व्यवस्थापन , बाल दुव्यवहार न्युनीकरण , नेतृत्व विकास सम्बन्धी तालिम संचालन
- फर्निचर ( काष्ठ तथा स्टिलका टेबल, कुर्सि, दराज ) , फर्निसिङ – कार्पेट, कुसन , पर्दा कपडा आदि
- खाद्म सामाग्रीहरु ( चामल, दाल , नुन, खाने तेल , चिनी, साबुन तथा अन्य सामाग्रीहरु
- अन्य विविध (कार्यालय लाई आवश्यक पर्ने किराना सम्बन्धि सामाग्रीहरु)
- विविध कामका लागी छोटो अवधिका लागी कर्मचारी (Short-term Staff)
अन्य थप जानकारी:
- सूचिकृत हुन निवेदन दिनेहरु मध्येबाट योग्य ठहरिएका फर्म तथा कम्पनीहरुलाई मात्र सूचिकृत गरिने छ ।
- सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरुबाट मात्र यस संस्थाको आवश्यकता अनुसारको सामान खरिद गर्न तथा सेवा प्राप्त गर्न शिलबन्दि कोटेशन माग गरिने छ ।
- सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरुले गुणस्तरीय सेवा समयमा उपलब्ध नगराएमा विना सूचना सूचिबाट हटाउन सकिनेछ र यस उपर कुनै दावी विरोध गर्न पाईने छैन ।
- यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको फोन नं. ०९१ ५६१३८६, मोबाईल नं. ९८४८४४०९०४/९८४९६१९८०३ मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
- सूचिकृत गर्ने नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा नै निहित रहनेछ ।
दर्ता प्रकृयाः
- इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले बाल कल्याण संघ टिकापुर, टिकापुर १,कैलाली मा, Hard Copy नै बुझाउन पर्नेछ ।
Supplier Registration Form Consultant
नोटः कागजातहरुको प्रत्येक पेजमा फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूको हस्ताक्षर र छाप अनिवार्य हुनुपर्ने छ ।
बाल कल्याण संघ टीकापुर
खरिद समिति
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 24 Aug, 2023 |
Apply Before | 23 Sep, 2023 |
City | Tikapur,Kailali |