कोटेशन आव्हान गरिएको सूचना
Details / requirements:
कोटेशन आव्हान गरिएको सूचना
(दोस्रो पटक प्रकाशित मिति २०७८/०४/११)
Adaptation Fund को आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रम (WFP) को कार्यान्वयन र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको साझेदारीमा संचालित खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकुलन परियोजना (CAFS, Karnali) अन्तर्गत सोलार जडित सामुदायिक सेवा केन्द्रको लागि तपसिल बमोजिमको विद्युतिय सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले उल्लेखित सामाग्री आपूर्ती गर्न इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही दरभाउ पत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
दरभाउ पत्र सम्बन्धि शर्तहरुः
१. दरभाउ पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
- कर चुक्ताको प्रमाण पत्र (२०७६/०७७) को प्रतिलिपि- भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
- घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. ढुवानी/आपूर्तिका शर्तहरुः
- सम्पुर्ण सामाग्रीहरु खरीद आदेश पाएको मितिले ४ दिन (यथासक्य चाडो) भित्र अनिवार्य रुपमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको मुख्य अफिस मान्म सम्म सप्लाई र ढुवानी गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायर स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
- सामाग्रीहरुको विवरण तल दिइएको लिंकबाट डाउनलोड गर्न सकिने छ ।
- दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (.PDF) फाइललााई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन ।
- पिडिएफ (.PDF) भन्दा फरक एप्लिकेशन (Application) प्रयोग गरी पेश भएको दरभाउ पत्र मान्य हुने छैन ।
- म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका दरभाउपत्रहरु मान्य हुने छैन र दरभाउ पत्र रद्द गरिनेछ ।
- तोकिएको समय भन्दा पछाडी पेश भएका दरभाउ पत्र मान्य हुने छैन र दरभाउपत्र रद्द हुनेछ ।
- तोकिएको समय भन्दा अगाडी वा पछाडी पेश भएका पासवर्ड मान्य हुने छैन ।
- सामाग्रीहरुको दरभाउ उल्लेख गर्दा अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन र दरभाउ पत्र रद्द गरिनेछ ।
- दरभाउ पत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रीहरुको दररेट पेश गर्नु पर्नेछ । यदि कुनै सामग्रीको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउ पत्र रद्द गरिने छ ।
- यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ३० दिन भित्र थप अडर गर्न सक्ने छ । थप अर्डर गर्दा सप्लायरले सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
- सामाग्री उपलब्ध गराउदा दिईएको स्पेसिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्री बुझ्न मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोट वाध्य हुने छैन र स्पेसिफिकशन अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ । पुनः सप्लाई तथा ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायर स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
३. भूक्तानीः
- संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
४. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः
- दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना: hurendec.procurement@gmail.com
- दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०७८ श्रावण १३ गते दिउसो ४ बजे भित्र
- पासवर्ड पठाउनु पर्ने मिति र समय: २०७८ श्रावण १३ गते दिउसो ४:३० बजे देखी ५:३० वजे सम्म
५. माग गरीएका सामाग्रीहरु अन्यन्त जरुरी भएकाले दरभाउ पत्रमा उल्लेख गरिएका सामाग्रीहरुको दुवानी गर्ने समयलाई मध्येनजर गरी पूर्ण वा आंशिक रुपले खरीद आदेश दिने अधिकार यस कार्यालयलाई निहित हुनेछ ।
६. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोटमा निहित रहनेछ ।
७. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल
मान्मा, कालिकोट
इमेल: hurendec.procurement@gmail.com, फोन न. ०८७-४४०१५२
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 20 Jul, 2021 |
Apply Before | 28 Jul, 2021 |
City | Karnali Province |