आशय-पत्र आह्वान

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

आशय-पत्र आह्वान

(प्रथम पटक सूचना प्रकाशित मितिः २०७८ असार ३ गते)

प्लान ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा बी-ग्रुप बाँके, हुरन्डेक कालिकोट र क्याड जुम्लाले बर्दिया, कालिकोट र जुम्ला जिल्लामा “बालविवाह, चाँडो विवाहतथा जबरजस्ती विवाह न्यूनीकरण” परियोजना सञ्चालन गरिरहेका छन् । यस परियोजना अन्तर्गत सम्बन्धित जिल्लाहरुमा बालविवाह, चाँडो विवाह तथा जबरजस्ती विवाहको जोखिममा रहेका बालिकाका परिवारका सदस्य तथा महिला युवाहरुकालागि व्यवसायीक तालिममार्फत् रोजगारको सुनिश्चित्ता गर्न सक्ने इच्छुक लुम्बिनी र कर्णाली प्रदेशमा कार्यरत तालिम तथा रोजगार सेवाप्रदायक संस्था/कम्पनी/फर्महरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र तपसिलमा उल्लेखित संस्थाहरु मध्ये कुनै एक संस्थामा लाहा छाप खाम सिलबन्दी गरी आशय-पत्र पेश गर्न आह्वान गरिएको छ । 

छनौट भएको संस्था/कम्पनी/फर्मले सम्बन्धित साझेदार संस्थाहरुद्वारा तयार गरिएको बजार विश्लेषण प्रतिवेदनको आधार एवम् सरोकारवाला (सानातथा घरेलु उद्योग कार्यालय तथा विकास समिति) निकायसँग सम्न्वय गरी संभावित व्यवसाय छनौटकोलागि परियोजना टीमलाई सिफारिस गर्नु पर्नेछ । संभावित व्यवसायको बजारको अवस्था र स्रोतको आधारमाव्यवसायनिर्धारण गरिनेछ । छनौट भएका सेवाप्रदायक संस्था/कम्पनी/फर्महरुले आवश्यकता अनुरुप परियोजना सञ्चालन भएका जिल्ला र पालिकाहरुमा उपस्थित भई तालिम सञ्चालनगर्नु पर्नेछ । 

आशय-पत्रसँगसंलग्न राख्नु पर्ने कागपत्रहरुः

  • संस्था/कम्पनी/फर्म दर्ता र नविकरण गरिएको प्रमाण-पत्र
  • नेपाल सरकारबाट व्यवसायिक तालिम सञ्चालनकालागि विवरण सहितको ईजाजत प्रमाण-पत्र । 
  • मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण-पत्र
  • आ. व. २०७६/७७ को कर चुक्ता प्रमाण-पत्र
  • आ. व. २०७६/७७ को लेखा परिक्षणको (Audit report) प्रतिवेदन
  • संस्थाको तालिम प्राप्त युवाहरुलाई रोजगार सिर्जनाका लागि स्वःघोषित प्रतिवद्धता 
  • संलग्नहुने जनशक्तिको हस्ताक्षर सहितको वैयक्तिक विवरण (Bio-Data)

(क.) प्रस्ताव–पत्रको ढाँचा

रोजगार प्रदायक संस्थाको नाम, ठेगानाः

(ख.)संस्थाले हालसम्म सञ्चालन गरेकातालिमरकार्यअनुभवको विवरण:

क्र.स.

तालिमको नाम

जिल्ला

सहभागी संख्या

साझेदार

रोजगारको स्थिती







(ग.) रोजगार प्रदायक संस्थाको भौतिक सम्पतिको विवरण:

(घ.) वित्तिय प्रस्तावको ढाँचा:

क्र.स.

 विवरण

जिल्लाको नाम






इकाई

परिमाण

दर

जम्मा


Non-Residential Type Training





1






2






A

Total Training Cost





B

VAT (13%)





C

Grand Total Training Cost (Include VAT) A+B





D

Per Capita Cost (Include VAT)





आशय–पत्र पेश गर्न सकिने संस्थाहरुको विस्तृत ठेगाना तथा सम्पर्क नं.:

भेरी वातावरणीय विशिष्टता समूह (बी–गूप), बाँके

नेपालगञ्ज उ.म.न.पा. वडा नं. १८, बाँके

फोन नं.: ०८१-५५०२९५

मोवाइल न.: ९८४८०२२४९३

ईमेल ठेगानाः beegroupnepal@gmail.com

आत्म सम्मानकालागि सहकार्य (क्याड) नेपाल

चन्दननाथ न.पा. वडा नं. ६, जुम्ला

फोन नं.: ०८७-५२०६४१ 

मोवाइल नं.: ९८५८३६६२४८, ९८४८०२४८६२

ईमेल ठेगानाः nepal.cad@gmail.com

मानव अधिकार तथावातावरण विकास केन्द्र (हुरन्डेक) 

मान्मा, कालिकोट

फोन नं.: ०८७-४४०१५२, ४४०१९८

मोवाइल नं: ९८४३३१५८०३

ईमेल ठेगानाः hunrendec@gmail.com

तालीम प्राप्त युवाहरुलाई रोजगारीको व्यवस्था गर्न सक्ने सुनिश्चितता सहित प्राप्त भएका आशय-पत्रहरुलाई छनौट प्रक्रियामा उच्च प्राथमिकता दिईनेछ । 

नोटः म्याद नाघी आएका वा तोकिएको मापदण्ड पुरा नभएका आशय-पत्रलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । छनौट प्रक्रियाको सर्वाधिकार उल्लेखित संस्थाहरुमा नीहित हुनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Jun, 2021
Apply Before 26 Jun, 2021
City