पोषण तथा जीविकोपार्जन अधिकृत (Nutrition & livelihood officer)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८० साल पौष २० गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ ।

महासंघले पोषण सम्बेदनशील  गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुऱ्याउने उदेश्यले केएर नेपालसँगको साझेदारी एवं स्थानीय सरकारसँगको सहकार्यमा सिरहा, सप्तरी र उदयपुर जिल्लाका पालिका लक्षित कार्यक्रम सञ्चालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहामा रही तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपशिलमा उल्लेखित ठेगानामा  ०७ माघ २०८० सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ ।  निवेदन पेश गर्दा अपेक्षा गरेको तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पद

संख्या

शैक्षिक योग्यता

आवश्यक अनुभव

पोषण तथा जीविकोपार्जन अधिकृत 

Nutrition & Livelihood officer

१ (एक)

कृषि, जनस्वास्थ्य वा सो सरहको विषयमा स्नातक  उतीर्ण

  • पोषणमा आधारित गतिविधिहरूको विश्लेषण गर्ने अनुभव भएको ।
  • साना, भूमिहिन तथा सिमान्तकृत परिवारको पोषण विविधिकरणका लागि विविधिकृत पोषण बगैचा, खाने बानी परिवर्तन सम्बन्धि ज्ञान र दक्षता भएको ।
  • साना, भूमिहिन तथा सिमान्तकृत परिवारका महिला तथा बालबालिकाको पोषण व्यवहार सुधार गर्न रिफ्लेक्टमा आधारित सत्रहरु सञ्चालनमा ज्ञान र सीप भएको ।
  • सिमान्त समुदायहरुमा कुपोषण पुरक (malnutrition supplementation)सँग सम्बन्धित गतिविधिहरू सञ्चालनको सघन ज्ञान र अनुभव भएको ।
  • स्थानीय तह (गाउँपालिका)को प्रणाली सुदृढिकरण, क्षमता विकाससँग सम्बन्धित गतिविधिहरू, नीति सहजिकरण एवं सहयोग सम्बन्धि ज्ञान र अनुभव भएको ।
  • सरोकारवालाहरूसँगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखान, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको ।
  • स्थानीय सरकारसँगको सहकार्यमा सघन रुपमा सिमान्त किसान लक्षित स्वच्छ उत्पादनसँग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको । 
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेकोअनुभव भएको ।
  • परियोजनाको टिम परिचालनमा दक्षता भएको 
  • दुईपांग्रे सवारी साधन चलाउने लाइसेन्स भएकोलाई विशेष ग्राह्यता
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०८० माघ ०७  गते  सम्म

छनौट विधिः लिखित र मौखिक 

..........................

पदपूर्ति समिति

Overview

Category Development and Project, Agriculture/Livelihood
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Bachelor’s degree in Agriculture, BSc Nutrition
Posted Date 05 Jan, 2024
Apply Before 21 Jan, 2024
City Kathmandu