कार्यक्रम संयोजक

SODEC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति: २०७८/०९/२५

समाज विकास जनचेतना केन्द्र (सोडेक) नेपाल २०६१/०३/२१ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता भई स्थापना काल देखि नै सामाजिक विकासका कार्यक्रमहरु (आय आर्जन, गुणस्रीय शिक्षा, कृषि तथा पशु उत्पादन, सहकारी मार्फत बजारीकरण) संचालन गर्दे आईरहेको छ । हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा र सोडेक नेपाल रौतहटको आयोजनामा संचालन भईरहेको पशु वस्तुको मूल्य श्रृँखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना SLVC-II अन्र्तगत कार्यक्रम संयोजक पद संख्या: १ (एक) कर्मचारी आवश्यकता परेको हुनाले तपसिलमा उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले १० दिन भित्र दरखास्त आवहान गरिएको छ । 

१. पद:  कार्यक्रम संयोजक

पद संख्या: १ (एक) 

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि/भेटेरीनरी, समाजशास्त्र, ग्रामिण विकास विषय वा सो सरह विषयमा स्नातक तह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रंखलामा काम गरेको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन, मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • सहकारीको चार खाता सम्वन्धी ज्ञान भएको
  • साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको  
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय,बजारीकरण तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (Micro-Soft Word, Excel, Power Point, Internet, Software) सम्बन्धि दक्षता भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • कार्यक्रम संयोजक कम्तीमा ८०% समय अवधि परियोजना क्षेत्रमा बस्नुु पर्नेछ ।

सेवा सुविधा: संसथाको नियमानुसार हुनेछ ।

दरखास्त दिने अन्तिम मिति:  २०७८/१०/०४ गते कार्यालय समय ५.०० बजे भित्र ।

परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

माथि उल्लेखित पदमा आधारभुत योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आवेदन पत्र साथै बायोडाटा मिति २०७८/०९/२५  देखि २०७८/१०/०४ गते अपरान्ह ५.०० बजे सम्म संस्थाको कार्यालयमा वा  sodecnepal2066@gmail.com मार्फत कार्यालयमा दर्ता गर्न सक्नु हुनेछ । 

प्रारम्भिक छनोटमा सफल भएका आधारभुत योग्यता पुगेका आवेदकहरुलाई थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । निर्धारित समय भन्दा पछि प्राप्त भएका र प्रक्रिया नपुगेका आवेदन स्वीकार गरिने छैन । 

दरखास्त दिने स्थान:- समाज विकास जन चेतना केन्द्र (सोडेक) नेपाल रौतहट चन्द्रनिगाहपुर न.पा.४ (देउराली

चौक भन्दा उतरपट्टी), सम्पर्क नं. ०५५–५४०७२३, ९८४५३८७४१०

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Graduate (Bachelors), JT / JTA
Posted Date 09 Jan, 2022
Apply Before 18 Jan, 2022
City Rautahat