कूक

SAHAS Nepal

Details / requirements:

आवश्यक्ता

सहयोगीहातहरुको समूह (सहास) नेपाल विभिन्न २२ वटा जिल्लाहरुमा कार्यरत राष्ट्रिय स्तरको एक गैर सरकारी सँस्था हो । यस सँस्थाको केन्द्रिय कार्यालयमा निम्न पदको लागि प्रतिवद्ध नेपाली नागरीकहरुबाट दरखास्त आव्हान गर्दछौं । 

१. पद: कूक

कार्यक्षेत्र: केन्द्रिय कार्यालय, ललितपुर

संख्या: १ 

मूख्य जिम्मेवारीहरु 

  • समयमा कार्यालय खोल्ने, बन्द गर्ने
  • मेसमा चाहिने आवश्यक सामानहरु खरिद तथा व्यवस्थापन गर्ने
  • तोकिएको समयमा कर्मचारीहरु एवम् अतिथिहरुलाई चिया/कफी, नास्ता तथा खाना तयार गरी ख्वाउने
  • मेसमा विशेष सरसफाई र स्वस्थवर्धक खानाहरुमा जोड दिई तयार गर्ने
  • साथै बाहिरबाट खाजाको माग भएमा सोहि अनुरुप व्यवस्था गर्ने
  • मेसको हिसाव किताबको रेकर्ड राखी मेस ब्यवस्थित रुपमा संचालन गर्ने
  • दैनिक रुपमा भान्छा कोठा, भांडाकुडाहरुको सरसफाई गर्ने
  • कार्यालयको दैनिक रुपमा सरसफाई गर्ने
  • आवश्यकता अनुसार कार्यालयले तोकेको अन्य कार्यहरु गर्ने

योग्यता र अनुभव

  • लेखपढ तथा साधारण हिसावकिताब राख्न जान्ने  (SLC पास भएकोलाई ग्राहयता)
  • कूक भई काम गरेको कम्तिमा एक/दुई वर्षको अनुभव
  • संस्थाको उद्धेश्य तथा संस्था अन्तरर्गतका कार्यको बारेमा सामान्य जानकारी गराउन सक्नु
  • आदर, सम्मान र सहयोगको भावना
  • ईमान्दार, प्रविद्ध र लगनशील

इच्छुक उमेदवारहरुले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र (यदि भएमा) सम्पर्क नम्वर सहित मिति २०७६/१०/१२ (26th January 2020) भित्रमा इमेल ठेगाना info@sahasnepal.org.np  मा दरखास्त पठाउन सकिने छ । 

(महिला, दलित तथा पिछडिएका वर्गहरुलाई प्राथमिकता दिईने छ । छोटो सुचिमा छनौटमा परेका निवेदकहरुलाई मात्र अन्तरवार्ता प्रकृयामा सहभागी गराइने छ । छनौट गर्ने सम्पूर्ण अधिकार सम्बन्धित सँस्थामा निहित रहने छ ।) 

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 2+ years
Education SLC / SEE
Posted Date 21 Jan, 2020
Apply Before 26 Jan, 2020
City Lalitpur