यात्रा परियोजनाको स्थानीय साझेदार संस्थाको लागि दर्खास्त आह्वान

Blind Youth Association Nepal

Blind Youth Association Nepal (BYAN) is a non-political, non-religious, not-for-profit Non-Governmental Organization (NGO) established by blind and partially sighted (BPS) youth in Nepal. It was founded in 2011, registered with the District Administration Office in Kathmandu in 2012, and affiliated with the Social Welfare Council of Nepal. It is the only organization established by BPS youth in Nepal. Currently, BYAN has more than 500 members, organized into 10 district chapters located in Jhapa, Morang, Bara, Kathmandu, Chitwan, Kaski, Rupandehi, Banke, Surkhet, and Kailali districts. Memberships and chapter expansion are ongoing. As a rights-based organization, BYAN intends to play a proactive role in formulating, amending, and implementing legal provisions related to youths with disabilities. It also focuses on organizing and capacity-building of youths with disabilities across the country. BYAN has strong networking and cooperation with different government and non-government stakeholders working in various domains of disability. Additionally, BYAN is a member of the National Federation of the Disabled-Nepal (NFDN), which serves as the umbrella organization for organizations of persons with disabilities (OPDs) in the country.

Details / requirements:

यात्रा परियोजनाको स्थानीय साझेदार संस्थाको लागि दर्खास्त आह्वान 

Call for Expression of Interest for Local Implementing Partners of YATRA Project 

आवेदन सम्बन्धी विवरण

संस्थानेत्रहीन  युवा संघ नेपाल (BYAN)
साझेदार संस्थाCBM Global Disability Inclusion
परियोजनाको नाम"YATRA" परियोजना
आवेदन म्यादवि.सं. २०८३ असार ८ गते (24th June. 2026)
आवेदन पेश गर्ने ठाउँGoogle form
वैकल्पिक व्यवस्थाprocurement@byanepal.org

संस्थाको परिचय:

नेत्रहिन युवा सङ्घ नेपाल दृष्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूद्वारा स्थापित र सञ्चालित संस्था हो। वि.सं. २०६८ मा स्थापना भएको यस संस्थाले देशभर दश शाखामार्फत अपाङ्गता भएका बालबालिका तथा युवाहरुको अधिकार सुनिश्चिततता, सशक्तिकरण र समावेशिकरणको लागी सचेतना, क्षमता विकास, पैरवी र समावेशी विकासको माध्यमद्वारा कार्य गर्दै आइरहेको छ। यस संस्थाले खासगरी समावेशी शिक्षा, स्वास्थ्य समता, राजनितिक सहभागीता, समावेशी जलवायु न्याय, रोजगारी प्रवर्धन तथा नितिगत् पैरवीको क्षेत्रमा कार्य गर्दै आइरहेको छ। 

पृष्ठभूमि

नेत्रहिन युवा सङ्घ नेपालले CBM Global को साझेदारीमा “YATRA (Youth-Led Actions for Transformation through Rights-Based Advocacy and Disability Movement)” परियोजना अप्रिल २०२६ देखि मार्च २०२९ सम्म सञ्चालन गरिरहेको छ। यस परियोजना बागमती र मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र चितवन जिल्लामा कार्यान्वयन भइरहेको छ यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरू, विशेषगरी युवा तथा कम प्रतिनिधित्व भएका समूहहरूलाई आफ्ना अधिकार प्रयोग गर्न, नेतृत्व विकास गर्न तथा समावेशी शासन प्रणालीमा अर्थपूर्ण सहभागिता जनाउन सक्षम बनाउनु हो। यस परियोजनाले क्षमता अभिवृद्धि, युवा आन्दोलन निर्माण, प्रमाण तथा तथ्यांक विकास र नीति पैरवीलाई प्रमुख रणनीतिक मार्गका रूपमा अवलम्बन गरेको छ।

YATRA परियोजनाको एक महत्वपूर्ण क्षेत्र “अपाङ्गता भएका व्यक्तिहरूको सार्थक सहभागिता” को सिद्धान्तअनुसार अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू (OPDs) लाई सबल बनाउनु हो। यस उद्देश्यका लागि परियोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र चितवन जिल्लामा कार्यरत करिब २० वटा OPD हरूसँग साझेदारी गर्दै लघु अनुदान तथा क्षमता सुदृढीकरण सहयोग प्रदान गर्नेछ। तीमध्ये १० वटा OPD हरू छनोट गरी संस्थाको क्षमता विकाश र स्थानीय स्तरमा पैरवी गर्नको लागी लघु-अनुदान प्रदान गरिने  छ। उक्त दश ओटा साझेदारहरूमध्ये  ६ वटा OPD हरू स्थानीय तहसँग प्रत्यक्ष रूपमा  अपाङ्गता समावेशी शासन तथा  पैरवी कार्यको लागी छनोट गरिने छ भने  बाँकि ४ वटा OPD हरू न्यून प्रतिनिधीत्व भएका समुह तथा  सिमान्तकृत समुदायका  अपाङ्गता भएका व्यक्तिहरूको क्षमता  विकासका लागी क्षमता विकास साझेदारको रूपमा छनोट गरिने छ। क्षमता विकास साझेदारहरू अन्तर्गत् कम प्रतिनिधित्व भएका समूहहरू, विशेषगरी श्रवन-दृष्टिविहिन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू, अपाङ्गता भएका महिला, दलित तथा अन्य सिमान्तकृत समुदाय लक्षित संस्थाहरूलाई प्राथमिकता दिइनेछ। लघु-अनुदानमा छनोट हुन नसकेका  अन्य १० ओटा OPD हरूलाई पनि मूल्याङ्कनका आधारमा मार्गदर्शन (Mentorship) तथा संस्थागत विकास सहयोग प्रदान गरिनेछ।

लघु-अनुदानका लागी छनोट भएका संस्थाहरूले परियोजना अवधिभर क्षमता सुदृढीकरण, सह-डिजाइन तथा प्राविधिक सहयोगसहित करिब दुई वर्षको अवधिको लागी करिब रु. ८,००,००० ( रु. आठ लाख ) राबरको अनुदान प्राप्त गर्नेछन् छन |  यस्तै, ति संस्थाले  परियोजनाका हरेक कृयाकलापहरूमा साझेदार संस्थाको रूपमा काम गर्ने छ। यस प्रक्रियामार्फत अपाङ्गता भएका व्यक्तीहरू द्वारा सञ्चालित संस्थाहरू OPD हरूको संस्थागत क्षमता अभिवृद्धि, स्थानीय तहमा प्रभावकारी पैरवी, युवा नेतृत्व विकास तथा दिगो अपाङ्गता आन्दोलन निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

उद्देश्य:

यो कार्यशर्तको उद्देश्य नेत्रहीन युवा संघ नेपाल (BYAN) ले 'YATRA' परियोजनाका तोकिएका पालिकाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs) लाई स्थानीय स्तरमा कार्यान्वयन साझेदारको रूपमा चयन गर्ने प्रक्रिया निर्देशित गर्नु हो । छनौट भएका OPD हरूलाई उनीहरूको संस्थागत प्रणाली सुदृढ गर्न र सम्बन्धित नगरपालिकाहरूमा वकालत पहलहरूको नेतृत्व गर्नका लागि आर्थिक अनुदान र क्षमता विकास सहयोग प्रदान गरिनेछ ।

संस्था/समूह छनौटका न्यूनतम आधारहरू:

स्थानीय साझेदार संस्था छनोटका लागी न्यूनतम निम्न आधारहरू तय गरिएका छन्:-

  • संस्था स्थापना भई कम्तिमा २ वर्षदेखि निरन्तर रूपमा सकृय रहेको,
  • सम्बन्धित जिल्ला या पालिकामा दर्ता या सूचिकृत भई सम्बन्धित पालिका या नजिकको पालिकामा कम्तिमा दुई वर्षदेखि निरन्तर रूपमा कार्य गरिरहेको (कुनै संस्थाको शाखाको हकमा सुचिकृत भई काम गरेको या सम्बन्धित पालिकासँग काम गरेको प्रमानहरू पेश गर्न सक्ने),
  • अपाङ्गताभित्र पनि युवा, महिला या सिमान्तकृत समुदाय र न्यून प्रतिनिधित्व भएका व्यक्तिहरूको संस्था (न्यून प्रतिनिधित्व समुहको हकमा, अभिभावकहरूद्वारा सञ्चालित स्व-वकालतकर्र्ताहरूको अर्थपुर्ण सहभागीता र प्रतिनिधित्व भएको संस्थालाई समेत मान्यता दिइने)
  • अपाङ्गता भएका व्यक्तीहरूको हक, हित र अधिकार प्राप्तीका लागी निरन्तर रूपमा सकृय रहेको,
  • संस्था दर्ता तथा नविकरण अत्यावधीक गरिएको (शाखाहरूको हकमा, सम्बन्धित शाखाहरू निरन्तर रुपमा कार्यगरिरहेको प्रमाणहरू संस्थाले पेश गरेर सिफारिस गर्न सक्ने),
  • स्थानीय/प्रदेश या सङ्घीय सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन गरेको या अन्य गैरसरकारी संस्थामार्फत लघु-अनुदान प्राप्त गरी परियोजना सञ्चालन गरेको अनुभव भएको,
  • संस्था सञ्चालनको लागी आवश्यक न्यूनतम  निति तथा नियमावलीहरू तयार गरी अनुमोधन गरेको,
  • कुनै पनि भ्रष्ठाचार, अनियमितता या गैरकानुनी कृयाकलापहरूमा सहभागी नभएको या नमुछिएको,
  • संस्थाको नाममा छुट्टै बैङ्क खाता रहेको,

(छनोट सम्बन्धी अन्य व्यवस्थाहरू संस्थाले बनाएको मापदन्डअनुसार हुने छ)

नेत्रहीन  युवा संघ नेपाल (BYAN) सधैं समानताको सम्मान र प्रवर्द्धन गर्दछ, साथै संघ अपाङ्गता, लिङ्ग, आर्थिक अवस्था, रङ, धर्म, जातजाति, भूगोल वा अन्य कुनै पनि आधारमा कुनै पनि प्रकारको भेदभाव, दुर्व्यवहार र हिंसाको विरुद्धमा छ । त्यसैले सम्पूर्ण संस्थाहरूले BYAN को बाल संरक्षण तथा सुरक्षा नीति र यौन हिंसा, शोषण र दुर्व्यवहार विरुद्धको संरक्षण नीतिमा उल्लेख गरिएका सबै प्रावधानहरू पालना गर्नुपर्नेछ ।

लघु-अनुदान प्राप्त गर्ने संस्थाका प्रमुख जिम्मेवारीहरू तपोशिलबमोजिम रहेका छन्:-

  • सम्बन्धित पालिकामा पैरवी, सचेतना र अन्य तोकिएका गतिविधिहरू सञ्चालन गर्ने,
  • अपाङ्गता भएका युवाहरू तथा न्यून प्रतिनिधित्व भएका समुहहरूको सशक्तिकरण गर्दै युवा नेत्रित्व विकास प्रवर्धन गर्ने
  • स्थानिय स्तरमा अपाङ्गता आन्दोलनलाई सूदृढ र सङ्गठित गर्ने, 
  • प्रमाण सङ्कलन, प्रमाणिकरण र वितरणमा साझेदारी र सहयोग गर्ने, 
  • स्थानिय र प्रदेश सरकार लक्षित कार्यक्रमहरूमा सकृय सहभागी हुने र आवश्यक विज्ञता उपलब्ध गराउने, 
  • क्षमता विकास अन्तर्गत् छनोट गरिएका संस्थाहरूले सम्बन्धित न्यून प्रतिनिधित्व या जटिल खालका अपाङ्गता भएका समुहहरूको क्षमता विकास गरी स्व-वकालतकर्ताको रूपमा विकास गराउनुपर्ने), 
  • परियोजनाका निर्दिष्ट उद्देश्यहरू हासिल गर्नको लागी तोकिएबमोजिमका जिम्मेवारिहरू पूरा गर्ने। 

परियोजना सञ्चालन हुने जिल्ला र स्थानीय पालिकाहरू:-

  • बारा- जितपुर सिमरा उपमहानगरपालिका
  • रौतहट- चन्द्रपुर नगरपालिका
  • सर्लाहि- हरिवन नगरपालिका
  • महोत्तरी- बर्दिबास नगरपालिका
  • धनुषा- मिथिला नगरपालिका 
  • चितवन- रत्ननगर नगरपालिका 

क्षमता विकास अन्तर्गत् छनोट गरिने स्थानहरू (बिशेष ग्राह्यता दिइएको)

  • बौद्धिक अपाङ्गता- बारा
  • श्रवन-दृष्टिविहिन- काठमाडौँ 
  • अन्य अपाङ्गता समूहहरूको हकमा, काठमाडौँ उपत्यका र परियोजना सञ्चालित जिल्लाहरूमार्फत आवेदन पेश गर्न सकिने छ।

शाझेदार छनोट प्रकृया 

साझेदार संस्थाहरू दुई चरणमा छनोट गरिने छ-

  • पहिलो चरण- खुल्ला दर्खास्त आह्वानबाट प्राप्त आवेदनहरूमध्येबाट प्रारम्भीक २० ओटा संस्थाहरूको सूचि तयार गरिने
  • दोस्रो चरण- प्रारम्भिक चरणबाट छनोट गरिएका संस्थाहरुको प्रत्यक्ष अनुगमन/अन्तरवार्ताबाट तोकिएको मापदन्डको आधारमा लघु-अनुदान प्राप्त गर्ने संस्थाहरू छनोट गरिने

समय-तालिका

गतिविधिसमय-तालिका
पहिलो चरण : आवेदन आह्वानवि.सं. २०८३ असार ९ गते सम्म
जाँच र छोटो सूची तयार गर्नेवि.सं. २०८३ असार  १४ सम्म  सम्म
दोस्रो चरण : विस्तृत संस्थागत मूल्याङ्कनवि.सं. २०८३ असार २५ बाट सुरु
अन्तिम सूचि तयार र अनुमोधनवि.सं. २०८३ श्रावन पहिलो साता सम्म
साझेदार संस्था छनोटको अन्तिम प्रकाशनवि.सं. २०८३ श्रावन दोस्रो साता
परियोजना विकासवि.सं. २०८३ भाद्र मसान्तसम्म
परियोजना कार्यान्वयनवि.सं. २०८३ असोजदेखि  देखि वि.सँ २०८५ असोजसम्म (परियोजनाअनुसार निर्भर रहने)
अन्तिम मूल्याङ्कनवि.सं. २०८५ मङ्सिरसम्म

आवेदन पेश गर्ने तरिका

यात्रा परियोजनामा स्थानीय साझेदारको रूपमा कार्य गर्न चाहने अपाङ्गता भएका व्यक्तीहरू द्वारा सञ्चालित संस्थाहरू (OPDs) ले निम्नानुसार आवेदन पेश गर्न सक्ने छ-

  • दिइएको गुगल फारममा आफ्ना विवरणहरू प्रविष्ट गरेर
  • उपलब्ध फारम डाउनलोड गरी आवश्यक विवरणहरू भरी इमेलमार्फत procurement@byanepal.org अथवा संस्थाका  कार्यालयहरू- सुकेधारा, काठमाडौं सिमरा- बारा र बर्दिबास- महोत्तरिमा पेश गरेर
  • आवेदनमा माग गरिएका विवरणहरू समेटेर बढिमा  सात मिनेटको भिडिओ बनाएर procurement@byanepal.org मा पेश गर्न सकिने। 

आवेदनसम्बन्धी कुनै पनि जिज्ञासा भएमा kmo@byanepal.org अथवा बिजय कुमार महतो-९८४५६६७८२७ लाई सम्पर्क गर्न सक्नु हुने छ।

फारम भर्ने लिङ्क-

फारम भरिसक्नुपर्ने अन्तिम समय- वि.सं. २०८३ असार ८ गते (24th June 2026)

नेत्रहिन युवा सङ्घ नेपाल, अपाङ्गता भएका व्यक्तीहरूद्वारा सञ्चालित संस्थाहरू खासगरी युवा, महिला, जटिल अपाङ्गता र न्यून प्रतिनिधित्व भएका अपाङ्गता भएका व्यक्तीहरूलाई यस प्रकृयामा सहभागी हुन हार्दिक अनुरोध गर्दछ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 11 Jun, 2026
Apply Before 24 Jun, 2026
City Kathmandu