व्यवसायविकास अधिकृत (Business Development Officer)

Sahakarya Nepal,Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः– (२०७७/०९/२९गते)

सहकार्य नेपाल, सिन्धुली सामाजिक सेवा, विकास, परिवर्तन, न्याय र समानतामा आधारित समतामूलक समाज निर्माणगर्ने उद्देश्य राखी स्थापना भएको गैरसरकारी संस्था हो । २०६१ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत रुपमा स्थापना भएको गैरनाफामुलक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि सिन्धुली जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व, जीविकोपार्जनका साथै सामाजिक जवाफ देहीताका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदार निकायहरुसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा FCAको आर्थिक सहयोगमा यस संस्थाद्वारा सिन्धुली जिल्लामा सञ्चालन भईरहेको विपन्न समुदायका लागी आर्थिक तथा सामाजिक विकास परियोजना का लागि तपशिलमा उल्लेखित दक्ष कर्मचारीहरुको आवश्यक परेको हुँदा निम्नानुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन । 

पदः व्यवसायविकास अधिकृत (Business Development Officer) - १ (एक) जना

न्युनतम योग्यताः 

  • मान्यता प्राप्त शैक्षिक संस्था वाट कम्तिमा कृषि विषयमा स्नातक (BSc.Ag) वा सो सरह उत्तीर्ण गरेको
  • कृषि क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।
  • समन्वय, सहजीकरण, सञ्चार र प्रतिवेदन लेखन सम्वन्धी व्यवहारिक ज्ञान र कम्प्युटर सीप भएको । 

जिम्मेवारीः

  • परियोजना क्षेत्रमा कृषकहरुको रुची तथा सम्भाव्यता अनुसारको कृषिजन्य उत्पादनका लागि सूचनाहरु सङ्कलन गरि आवश्यकताको पहिचानकाआधारमा कृषितालिमहरु सञ्चालनगर्ने, बजारीकरणमा सहयोग गर्ने ।
  • कृषकहरुबाट लगाइएका कृषिउत्पादनको नियमित अनुगमन गरी आवश्यक पर्ने प्राविधिक सहयोगगर्ने/गराउने । 
  • कृषक र व्यवसायीबिच समन्वय गराउने ।
  • कृषिउत्पादन सम्बन्धी योजना निर्माणगरि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने र नियमित अनुगमनगरि योजना कार्यान्वयन गर्ने ।
  • समुदायमा कार्यरत सामाजिक परिचालकहरुको नियमित अनुगमनगर्ने, आवश्यक पृष्ठपोषण प्रदानगर्ने । 
  • परम्परागत रुपमा संचालित कृषि व्यवसायको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने ।
  • बजार मागअनुसारको कृषिउपजहरु उत्पादन गर्न कृषकहरुलाइ प्रेरित गर्ने ।

पारिश्रमिकः परियोजनाको नियमानुसार उपलब्ध हुने ।

पेशगर्नु पर्ने आवश्यककागजातहरुः आवेदनका साथ व्यक्तिगत विवरण (वायो–डाटा), शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, नागरिकताप्रमाण–पत्रको प्रतिलिपी, व्यक्तिगत स्थायी लेखानम्बरको प्रतिलिपी, कार्य अनुभवप्रमाण–पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।आवेदन संस्थाको इमेल ठेगानाबाट पनि पठाउन सकिने छ ।

परिक्षाको किसिमः लिखित, समुह छलफल/प्रस्तुतीकरण र अन्तरवार्ता (आवश्यकताअनुसार)

आवेदनदिने अन्तिममितिः २०७७ माघ ६ गते मंगलबार अपरान्ह ५ः०० बजे भित्र ।

प्राथमिकताः महिला, दलित, जनजाती तथा सिमान्तकृत समुदाय

आवेदनदिने ठेगानाः

सहकार्य नेपाल, सिन्धुली

क. न.पा.– ६, राममाडी, सिन्धुली

फोनः ०४७–५२०८६३

इमेलः sahakarya2061@gmail.com

website: sahakaryasindhuli.org.np

Overview

Category Business Development
Openings 1
Position Type Full Time
Experience 1+ years
Education Graduate (Bachelors)
Posted Date 13 Jan, 2021
Apply Before 19 Jan, 2021
City Sindhuli