व्यावसायिक सीप तालिम तथा कार्यस्थलमा आधारित सिकाइका लागि बोलपत्र आह्वान
Details / requirements:
सूचना
व्यावसायिक सीप तालिम तथा कार्यस्थलमा आधारित सिकाइका लागि
बोलपत्र आह्वान
कार्तिक ९, २०८३
समग्र जन–उत्थान केन्द्र (SAMAGRA), लहान–८, सिरहाको सूचना।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा समग्र जन-उत्थान केन्द्रद्वार सञ्चालित उज्ज्वल भविष्य परियोजना अन्तर्गत सिरहा जिल्लाको अर्नमा तथा औरही गाउँपालिकाका युवाहरू, विशेषगरी युवा महिलाहरुलाई व्यावसायिक सीप विकास तथा रोजगारी/स्वरोजगारीका अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले व्यावसायिक सीप तालिम तथा कार्यस्थलमा आधारित सिकाइ (Work-Based/Industry-Based Learning) सञ्चालन गर्न इच्छुक योग्य तालिम प्रदायक संस्था, सेवा प्रदायक तथा उद्योगहरूबाट प्रस्ताव आह्वान गरिन्छ ।
तालिमका क्षेत्रहरू: (प्रति तालिम कम्तीमा १० जना सहभागी हुनुपर्नेछ। स्थानीय तहमा प्रशिक्षक परिचालन गरी तालिम सञ्चालन गर्नुपर्ने अवस्थामा यो व्यवस्था लागू हुनेछ। यदि सहभागीको संख्या १० जनाभन्दा कम भएमा प्रशिक्षार्थीहरूलाई तालिम संस्थामा पठाई तालिम प्रदान गरिनेछ।)
- सवारी साधन मर्मत (दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा EV)
- प्लम्बिङ, हाउस वायरिङ, आल्मुनियम फेब्रिकेसन तथा मिस्त्री
- सिलाइकटाइ तथा फेसन डिजाइन
- कुक तथा वेटर
- हलुका तथा भारी सवारी चालक,
- यार्न अपरेटर
- सहायक ब्युटिसियन
आवश्यक योग्यता तथा कागजातहरू:
- सम्बन्धित निकायमा दर्ता तथा आवश्यक मान्यता/आबद्धता प्राप्त संस्था।
- सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको तालिम सञ्चालन अनुभव तथा योग्य र प्रमाणित प्रशिक्षक।
- संस्थाको दर्ता प्रमाणपत्र, PAN/VAT, कर चुक्ता प्रमाणपत्र, पछिल्लो लेखापरीक्षण प्रतिवेदन तथा आवश्यक स्वघोषणा र अन्य कागजातहरू।
- प्रत्येक तालिमको प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। प्रत्येक ट्रेडको लागत विवरण पनि छुट्टाछुट्टै उल्लेख गर्नुपर्नेछ।
- तालिम प्रदायक/आवेदकहरूले एउटा वा एकभन्दा बढी विषयमा तालिम सञ्चालन गर्नका लागि आवेदन दिन सक्नेछन् ।
- तालिम सम्बन्धित आधिकारिक मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेछ। तालिममा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास, आवश्यकताअनुसार कार्यस्थलमा सिकाइ, मूल्याङ्कन तथा तालिमपश्चात् रोजगारी/स्वरोजगारीमा सहजीकरण समावेश हुनेछ। तालिम अवधि सामान्यतया बढीमा तीन महिना हुनेछ। सिरहा जिल्लाका स्थानीय सेवा प्रदायक तथा महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थालाई प्राथमिकता दिइनेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति: कार्तिक ३० , २०८३ बेलुका ५ बजे सम्म
प्रस्ताव पेश गर्ने स्थान:
समग्र जन–उत्थान केन्द्र (SAMAGRA) को कार्यालय
लहान नगरपालिका–८, लहान, सिरहा। ( यातायात कार्यकय देखि ५० मीटर दक्षिण )
सम्पर्क नं.: ०३३–५६३०१२
(भौतिक रुपमा उपस्थिति भई अथवा कुरिअर मार्फत आएको प्रस्तावना मात्र स्वीकार गरिनेछ )
विस्तृत जानकारी तथा प्रस्तावको ढाँचाका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोस् वा सम्बन्धित ToR प्राप्त गर्नुहोस्। ToR _VOCATIONAL TRAININING.docx
समग्र जन–उत्थान केन्द्र (SAMAGRA)
लहान, सिरहा
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 26 Oct, 2026 |
| Apply Before | 16 Nov, 2026 |
| City | Siraha |