व्यवसाय विकास अधिकृत (Business Development Officer)
Details / requirements:
कर्मचारी आवश्यकतासम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मिति: २०८२/०६/०२
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत पाल्पा जिल्लामा कृषिउपजको मूल्य श्रृंखला कार्यक्रम सञ्चालनका लागि तल उल्लेखित कर्मचारीहरूको आवश्यकता भएकोले, रित पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ।
१. आवश्यकतासम्बन्धी विवरणः
क) पद: व्यवसाय विकास अधिकृत (Business Development Officer)
पद संख्या: १ जना
न्यूनतम योग्यता र कार्यानुभवः
- कृषि वा अर्थशास्त्र विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र कृषिउपजको मूल्य श्रृंखलामा काम गरेको अनुभव भएको।
- प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धी अनुभव भएको।
- परियोजना कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको अनुभव, ज्ञान र सीप भएको।
- साना किसान सशक्तीकरण तथा उद्यमशीलता कार्यक्रम सम्बन्धी ज्ञान, सीप र अनुभव भएको।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजीकरण सम्बन्धी ज्ञान, सीप भएको।
- कृषि तथा पशुवस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको।
- व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको।
- स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने।
- कम्प्युटर (Microsoft Word, Excel, PowerPoint, Internet) सम्बन्धी दक्षता भएको।
- दुई पाङ्ग्रे सवारी साधनसहित चालक अनुमति पत्र भएको, र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना कार्यक्षेत्रमा दिन सक्ने।
मुख्य जिम्मेवारीहरूः
- परियोजना अन्तर्गतका क्रियाकलापहरूको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने।
- सहकारी तथा प्रशोधन केन्द्रको व्यवसाय अवसर, सम्भावना तथा चुनौतीहरू पहिचान गरी व्यवसाय विस्तार गर्न सहजीकरण गर्ने।
- तरकारी तथा अदुवा प्रशोधन केन्द्र स्तरोन्नति तथा व्यवसाय विकासका लागि बाह्य स्रोतको खोजी गरी परिचालन गर्ने।
- उत्पादनका लागि अन्य सहयोगी निकायहरूसँग समन्वय गरी लक्षित क्षेत्रमा लगानीको सुनिश्चितता गर्ने।
- परियोजना क्षेत्रका कृषकहरूको उत्पादनको म्यापिङ्ग गर्ने, तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मूल्याङ्कन गरी प्रशोधन केन्द्र तथा स्थानीय तथा बाह्य बजारसँग व्यवसायिक सम्बन्ध स्थापना गर्ने।
- सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, संचालन तथा आवश्यक सुधारका लागि सहजीकरण गर्ने।
- समूह/सहकारी स्तरमा बैठक, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने।
- परियोजनाका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै परियोजना क्षेत्रका कृषकहरूलाई प्राविधिक सेवा प्रदान गर्ने।
- परियोजना क्षेत्रको तथ्याङ्क संकलन तथा अध्यावधिक गरी संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने।
- मासिक तथा आवधिक प्रतिवेदन तयार गरी संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने।
- सहकारी तथा प्रशोधन केन्द्रको व्यवसाय विस्तारका लागि मूल्य श्रृंखलाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरी व्यवसायिक सम्बन्ध स्थापना गर्ने।
- सहकारी तथा प्रशोधन केन्द्रद्वारा उत्पादित वस्तुहरूको ब्रान्डिङ्ग तथा बजारिकरणमा सहजीकरण गर्ने।
- प्रशोधन केन्द्रको व्यवसायिक योजना, दीर्घकालीन तथा रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्न सहजीकरण गर्ने।
- प्रशोधन केन्द्रलाई दीगो र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि मौसमी पात्रो तयार गरी गुणस्तरीय कृषि वस्तु उत्पादनको सुनिश्चितता गर्ने।
- परियोजना सञ्चालन तथा कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग सम्पर्क तथा समन्वय गर्ने।
- परियोजनाका असल अभ्यास, सफलताको कथा, सिकाइ तथा चुनौतीहरूको अभिलेखीकरण तथा दस्तावेजीकरण गर्ने।
२. सेवा सुविधा : संस्थाको नियमानुसार प्रदान गरिनेछ।
३. दरखास्त दिने अन्तिम मिति :२०८२/०६/०८ गते कार्यालय समयभित्र।
४. परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र आवश्यकतानुसार प्रयोगात्मक।
५. आवश्यक कागजातहरू
- व्यक्तिगत आवेदन (अपेक्षित तलब सहित)
- व्यक्तिगत विवरण (बायोडाटा)
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- सम्बन्धित विषयको कार्यानुभव प्रमाणित प्रतिलिपि
- पासपोर्ट साइजको फोटो
- अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपि
दरखास्त बुझाउने ठेगाना: ईमेल: redapalpa@gmail.com, तानसेन नगरपालिका–०४, विशाल
नोट: प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा प्रयोगात्मक परीक्षामा समावेश गराइनेछ। रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन।
ग्रामीण आर्थिक विकास संघ (रेडा), तानसेन, पाल्पा
ईमेल: redapalpa@gmail.com
Phone No.: 9857060474, 075521610
Overview
Category | Development Project, Agriculture Economist |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | Bachelor’s degree in Agriculture, Master’s Degree in economics, Master’s Degree in Agriculture, Bachelor’s Degree in Economics |
Posted Date | 18 Sep, 2025 |
Apply Before | 23 Sep, 2025 |
City | Tansen, palpa |