विद्यालय कक्षाकोठा को लागि फर्निचर निर्माण तथा ढुवानी सम्बन्धी टेन्डर (बोलपत्र) आह्वान

Peace Nepal

Details / requirements:

विद्यालय कक्षाकोठा को लागि फर्निचर निर्माण तथा ढुवानी सम्बन्धी टेन्डर (बोलपत्र) आह्वान

प्रथम पटक प्रकाशित मितिः २०८३ वैशाख ६ गते

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा कपिलवस्तु जिल्लाका ३ वटा पालिकाहरू (बोलपत्र फारममा उल्लेखित) मा रहेका  ३३ वटा सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०८२ बाट संचालनमा ल्याएको साक्षरता कार्यक्रम अनर्तगतका विद्यालय कक्षाकोठाका लागि फर्निचरहरू निर्माण गरी ढुवानी गर्नुपर्ने भएकोले इच्छुक भ्याटमा दर्ता भएका र कम्तिमा ३ वर्ष कार्य अनुभव भएका कानुनी मान्यता प्राप्त फर्निचर उत्पादक कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

बोलपत्र फारम प्राप्त गर्ने मिति र स्थानः इच्छुक कम्पनीले आफ्नो कार्यालयको लेटर प्याडमा निवेदन दिई मिति २०८३।०१।०६ देखि २०८३।०१।२१ गते विहान ११ बजे सम्म यस संस्थाबाट वा ईमेल मार्फत पत्राचार गरि बोलपत्र फारम प्राप्त गर्न सकीनेछ । 

बोलपत्र बुझाउने मिति र स्थानः मिति २०८३।०१।०६ देखि अन्तिम मिति २०८३।०१।२१ गते दिनको १२:०० बजेभित्र–(शनिबार र सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोही समय सम्म) आवश्यक सबै कागजपत्र समावेश गरी यस कार्यालयबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक प्रस्तावको फारम भरेर बेगला बेगलै शिलबन्दी गरी तलको ठेगानामा बुझाउनु पर्नेछ । प्राविधिक प्रस्तावमा योग्य भएका कम्पनीहरूको मात्रै आर्थिक प्रस्ताव सोहि दिनमा खोलिने छ ।

बोलपत्र खोल्ने मिति र समयः पेश भएका बोलपत्रहरू मिति २०८३।०१।२१ गते दिनको १:०० बजे कम्पनीका प्रतिनिधिहरूको रोहबरमा यस संस्थाको कार्यालयमा खोलिने छ । उक्त समयमा बोलपत्र पेश गर्ने कम्पनीका आधिकारीक प्रतिनिधिहरू उपस्थिती नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । कुनै कारणवस बोलपत्र खोल्ने दिनमा सार्बजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सोहि समएमा नै बोलपत्र खोलिने छ ।

म्याद नाघी आएका बोलपत्रहरू माथि कुनै कारवाही हुने छैन । कुनैपनि कारण जनाइ वा नजनाइ पूर्ण वा आंशिक रूपमा प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

पिस नेपाल (PEACE NEPAL)

कपिलवस्तु-३, तौलिहवा

फोन नं.: ०७६-५६१३३१, Email: peacenepal.rtr@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 Apr, 2026
Apply Before 04 May, 2026
City Kapilvastu