Vacancy Announcement

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

आवश्यकता

प्रथम पटक प्रकाशन मितिः २०७६/०८/१८

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.– नेपाल), मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको एक गैरसरकारी संस्था हो । सी.बि.एम.– नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुर्खेत र दैलेख जिल्लामा पौष १६, २०७६ देखि सञ्चालन हुने समावेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको लागि तल उल्लेख गरे अनुसारको पदको पदपुर्तिका लागि योग्यता पुगेका निवेदकहरुबाट निवेदन आह्वान गर्दछौं ।

पदः मानसिक स्वास्थ्य सुपरिवेक्षक (एक जना)
कामको मूख्य जिम्मेवारीः

  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रम वार्षिक, त्रैमासिक योजना निर्माण तथा कार्यसम्पादन प्रतिवेदन तयार गर्ने ।
  • मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ताहरुलाई कार्य संचालनमा आवश्यक प्राविधिक क्षमता वृद्धि गर्ने 
  • स्थानीय स्वास्थ्य संस्थामा गुणस्तरीय मानसिक स्वास्थ्य कार्यक्रम दिगो रुपमा संचालनका लागि स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसगँ नियमित समन्वयमा काम गर्ने । 
  • स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने मानसिक स्वास्थ्य सम्वन्धी तालिममा सहायक प्रशिक्षकको रुपमा सहयोग गर्ने र अन्य ब्यवस्थापकीय काम गर्ने, तालिम पश्चात स्वास्थ्य संस्थामा गएर र Distance  coaching मार्फत स्वास्थ्यकर्मीहरुलाई नियमित क्लिनिकल सुपरभिजन गर्ने । 
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुमा जनचेतना अभिबृद्धि गरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारका सदस्य प्रतिको लाञ्छना र भेदभाव कम गर्न सहयोग गर्ने ।
  • मानसिक स्वास्थ्य स्वावलम्बन समुहको गठन प्रक्रिया र त्यस्ता समूहको सशक्तिकरणमा मानसिक स्वास्थ्य सामाजिक कार्यकर्तालाई आवश्यक सहयोग गर्ने ।
  • कार्यक्रमको उपलब्धीलाई तथ्यांकिकरण गर्नका लागि स्थानीय स्वास्थ्य संस्थालाई आवस्यक सहयोग तथा सहकार्य गर्ने ।
  • कार्यक्रमको प्रभावशाली कार्यान्वयनको लागि प्रदेश सरकार, स्वास्थ्य कार्यालय तथा स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग नियमित समन्वय र सहकार्य गर्ने ।
  • कार्यक्रम संचालनको समुदाय स्तरमा अनुगमन गर्ने ।
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रम त्रैमासिक तथा वार्षिक समिक्षा गर्ने र सोही बमोजिन योजना तर्जमा गर्ने ।

यस पदमा काम गर्ने कर्मचारीले सुर्खेत जिल्लामा अवस्थित सी.एम.सी. नेपालको प्रदेश कार्यालयमा रहेर सुर्खेत र दैलेख जिल्लाका ५ नगरपालिकाका तोकिएको स्वास्थ्य निकायहरु र समुदायहरुमा काम गर्नुपर्ने हुन्छ ।
योग्यता:

  • सामान्य चिकित्सा विषयमा प्रविणता प्रमाणपत्र तह सहित जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा स्वास्थ्यकर्मीहरु, मनोसामाजिक कार्यकर्ता र मनोपरामर्शकर्तासँग काम गरेको कम्तीमा ३ वर्ष अनुभव भएको ।
  • तालिम सहजीकरण, प्रतिवेदन लेखन, अभिलेखीकरण, परियोजना ब्यवस्थापन र टिम ब्यवस्थापन सम्वन्धि सीप भएको ।
  • कम्प्युटर सम्वन्धी जस्तै: Microsoft Word, PowerPoint and Excel को सीप भएको ।
  • संचार, संयोजन, सुपरीक्षवेक्षण र पैरवी सम्वन्धि ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफै वा अन्य व्यक्ति/संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

पदः मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता (५ जना, प्रत्येक गाउँ वा नगरपालिकामा १/१ जना)
कामको मूख्य जिम्मेवारीः

  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुमा जनचेतना अभिबृद्धि गर्ने ।
  • मानसिक स्वास्थ्य स्वावलम्बन समुहको गठन गर्ने र त्यस्ता समूहको सशक्तिकरण गर्ने ।
  • घरभेटघाटको माध्यमबाट प्रभावित ब्यक्तिहरुको लागि मनोसामाजिक सहयोग, मनोपरामर्श सेवा प्रदान गर्ने ।
  • अधिकारमुखी सामाजिक परिचालन पद्घतिद्घारा समुदायलाई परिचालन गर्ने ।
  • स्थानीय तहमा सञ्चालित कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग समन्वय गर्ने आदि ।

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका र बराहताल गाउँपालिका र दैलेख जिल्लाको दुल्लु नगरपालिका र नारायण नगरपालिका मध्ये कुनै एक गाउँ तथा नगरपालिकामा रहेर काम गर्नुपर्ने हुन्छ । तसर्थ निवेदनमा आफूले काम गर्न चाहेको गाँउ वा नगरपालिका उल्लेख गरिदिनुहुन अनुरोध छ ।
योग्यता :

  • प्रविणता प्रमाणपत्र तह वा सो सरह तह उत्तीर्ण गरी तालिम दिने प्रतिष्ठित संस्थाबाट सामाजिक परिचालन सम्बन्धि तालिम लिएको हुनुपर्ने वा +2  पास गरी C.M.A. उत्तीर्ण गरेको हुनुपर्ने ।
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष कार्य अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।
  • अधिकारमुखी सामाजिक परिचालन पद्घतिमा रही मानसिक स्वास्थ्य स्वावलम्वन समूह वा अन्य समुदायस्तरका संस्थाहरुसँग काम गरेको अनुभव भएको ।
  • प्रतिवेदन लेखन, तथ्यांक/जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • संचार, संयोजन र पैरवी सम्वन्धि आवश्यक सीपका साथै कम्प्युटर, इन्टरनेट सम्वन्धि ज्ञान/सीप भएको ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

पदः अफिस सहायक (१ जना)
कामको मूख्य जिम्मेवारीः

  • अफिस कोठाहरु लगायत बाथरुम र अफिस परिसर नियमित सरसफाई गर्ने ।
  • अफिसका कर्मचारीहरुलाई पानी र चिया लगायत आवश्यक स्टेशनरी, सप्लाईजका सामग्रीहरु ब्यवस्था गर्ने ।
  • अफिस तथा बाहिर बैठक, तालिम, गोष्ठि लगायत अन्य कार्यक्रम हुदा आवश्यक पर्ने स्टेशनरी, पानी, खाजा तथा अन्य सामग्रीको ब्यवस्थापन गर्ने ।
  • अफिसका फर्निचर, लगायत अन्य सामग्री वा सम्पत्तिको आवश्यकता अनुसार मर्मत गर्ने गराउने ।

यस पदमा काम गर्ने कर्मचारीले सुर्खेत जिल्लामा अवस्थित सी.एम.सी. - नेपालको प्रदेश कार्यालयमा रहेर काम गर्नुपर्ने हुन्छ र आवश्यकता अनुसार सुर्खेत र दैलेख जिल्लाका कार्यक्षेत्रमा पनि जानुपर्ने हुन्छ ।

योग्यता:

  • एस.एल.सी/एस.ई.ई पास गरी ब्यवस्थापन विषयमा ंद्द उत्तीर्ण गरेको ।
  • अफिस सहायक पदमा रहेर ३ वर्ष काम गरेको अनुभव भएको ।
  • कम्प्युटर, इन्टरनेट र सञ्चार सम्वन्धि ज्ञान/सीप भएको ।
  • अफिसको सुरक्षा, सामानको सुरक्षा लगायतको विषयमा राम्रो ज्ञान भएको ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

सुविधाहरु: सी.एम.सी.- नेपालको नीति नियमानुसार
करारनामा एक वर्षको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।

माथि उल्लेख गरेअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित दरखास्त तल दिइएको ठेगानामा २०७६ पुष ३ गते भित्र पठाइदिन हुन आह्वान गर्दछौं ।
स्थानीय बासिन्दा, महिला तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ ।

पदपुर्ति प्रक्रिया सम्वन्धि सम्पूर्ण अधिकार सी.एम.सी. नेपालमा निहित रहनेछ ।

कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल
पोष्ट बक्स नं: ५२९५, काठमाडौं, नेपाल
ईमेलः vacancy.cmcnepal@gmail.com, वेभपेजः www.cmcnepal.org.np

Overview

Category Counseling / PsychoSocial
Openings 0
Experience Please check details below.
Posted Date 11 Dec, 2019
Apply Before 22 Dec, 2019
City Other - Specify