दरभाउ–पत्र (कोटेशन) आह्वान

PeaceWin Nepal

Details / requirements:

दरभाउ–पत्र (कोटेशन) आह्वान गरिएको

प्रथम पटक प्रकाशन मितिः २०८२।१०।१९

पीसविन नेपाल विगत तीन दशकदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विकास साझेदार र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेको छ । आर्थिक वर्ष २०२६ को लागि आवश्यक पर्ने जिन्सी (स्टेशनरी, अन्य) र सेवा (होटल, गाडी, ढुवानी ) कम्प्युटर प्रिन्टिग सेवा, कार्टिज रिफिल, खरिदका लागि बाजुरा, अछाम, डोटी, बझाङ, वैतडी, कैलाली र कञ्चनपुरमा कानुन बमोजिम दर्ता प्राप्त इच्छुक आपुर्तिकर्ताहरुबाट २०८२/१०/२९ गते बेलुकी ५ बजेभित्र आवश्यक कागजातहरुका प्रतिलिपि (फर्म दर्ता र नवीकरणको प्रमाण–पत्र, मूल्य अभिबृद्धि/स्थाई लेखा नम्बर, २०८१/०८२ को कर चुक्ता र प्रमुख संचालकको नागरिकता) सहित शिलबन्दी वा PDF फर्मेटमा पासवर्ड राखि दरभाउ पेश गर्न आह्वान गरिन्छ । दरभाउ पेश गर्दा निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा समावेश हुनुपर्नेछ । 

  • फर्म दर्ता तथा नवीकरण प्रमाण–पत्र ।
  • मुल्य अभिबृद्धि कर वा स्थायी लेखा नम्बर (PAN) प्रमाण–पत्र ।
  • आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाण–पत्र ।
  • संचालकको नागरिकताको प्रमाण–पत्र ।
  • आवश्यक अन्य कागजातहरु यदि छन भने ।

दरभाउ पत्र पेश गर्ने अन्तिम दिन पीसविन नेपालको कार्यालय विदा परेको खण्डमा अर्को दिन कार्यालय खुलेको दिन कार्यालय समय भित्र तल उल्लेखित ठेगानाहरुमा दरभाउ पत्र पेश गर्न सकिनेछ । तपशिलको लिंक वा पीसविनका जिल्ला अन्तर्गतका कार्यालय वा www.peacewin.org.np बाट दरभाउ फाराम प्राप्त गर्न सकिने छ ।  

खरिद समिति

पीसवि नेपाल

तपशिल 

Links:

  1. Annual quotation format_2026- Stationery
  2. Annual quotation format_2026- Hotel
  3. Annual quotation format_2026-Vehicle
  4. Annual quotation format_2026- Printing

कोटेशन पेश गर्ने ठेगाना

पीसविन केन्द्रीय कार्यालय, मार्तडी बाजुरा –०९७–५४१११३

पीसविन प्रदेश कार्यक्रम कार्यालय, धनगढी कैलाली –९८४८७२८७११

पीसविन अछाम जिल्ला शाखा कार्यालय, मंगलसेन, अछाम –९८४८५४१६७२ 

पीसविन बझाङ्ग जिल्ला शाखा कार्यालय, चैनपुर, बझाङ्ग –९८४९८७०१०४

पीसविन बैतडी जिल्ला शाखा कार्यालय, गोठालापानी/पाटन, बैतडी –९८४८७८३२५३

पीसविन डोटी जिल्ला शाखा कार्यालय, सिलगढी –९८४८६५५०९७

कञ्चनपुरका लागि –९८४८७२८७११

नोटः ईमेल मार्फत पठाउने ठेगाना: peacewin.calls@gmail.com

यदि सिलबन्दी नगरिएका वा PDF फर्मेट सहितपासवर्ड नराखिएका दरभाउ पत्र आएमा छनौट प्रक्रियामा समेत समावेश गरिने छैन । 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 02 Feb, 2026
Apply Before 12 Feb, 2026
City Far-Western Region