शिलबन्दी दरभाउपत्र मागको सूचना
Details / requirements:
सुन्दर नेपाल संस्था
पोषण परियोजना
वीरेन्द्रनगर ०८, सुर्खेत
शिलबन्दी दरभाउपत्र मागको सूचना
प्रथम पटक प्रकाशित मिति (२०८३/०५/११)
दोस्रो पटक प्रकाशित मिति (२०८३/०५/२४)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना सुर्खेत जिल्लाको ५ वटा पालिका (वीरेन्द्रनगर, वराहताल,लेकवेशी, गुर्भाकोट र भेरीगंगा)मा संचालन भएको छ । तपशिल अनुसारका सामाग्रीहरू आपुर्तिगर्न इच्छुक आपूर्तिकर्ता मुल्य अभिबृद्घि कर (भ्याट)मा दर्ता भएका उत्पादक, अधिकृत बिक्रेता तथा वितरकहरूबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्तिकर्ताले गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरू आंशिक रुपमा पनि खरिद गर्न सकिने छ ।
शर्तहरू:
१. शिलबन्दी दरभाउपत्रको फारम सुन्दर नेपाल संस्थाको कार्यालयबाट वा संस्थाको वेवसाइट www.sundernepal.org.np बाट पनि डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।
२. शिलबन्दी दरभाउपत्र फारमका साथ उधोग रफर्म दर्ताको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र चालु आ.व.को कर चुक्ता वा म्याद थप पेश गरी शिलबन्दी दरभाउपत्र खाम बाहिर दरभाउपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिबार्य हुनुपर्नेछ ।
३. शिलबन्दी दरभाउपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्दी गरिएको हुनुपर्नेछ, अन्यथा उक्त दरभाउपत्र दर्ता गर्न संस्था बाध्ये हुने छैन ।
४. शिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १ बजे सुन्दर नेपाल संस्थाको खरीद समिती र दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थितिमा यस सुन्दर नेपाल संस्था को कार्यालयमा दरभाउपत्र खोलिनेछ । यदि दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थिति हुन नसकेको खण्डमा पनि दरभाउपत्र खोलिनेछ । तर सो दिन सार्बजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन दरभाउपत्र खोलिने छ ।
५. शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा आंशिक स्वीकृत गर्ने वा नगर्ने अधिकार सुन्दर नेपाल संस्थामा निहित हुनेछ ।
६.यस बाहेक थपजानकारी आबश्यक परेमा तल उल्लेखित कार्यालय समयमा सम्पर्क राख्न सकिनेछ ।
७.सामाग्रीहरूको मापदण्ड तथा गुणस्तर चेकजांच गरेपछि मात्र भुक्तानी प्रक्रियामा बढाइने छ ।
आवश्यक सामाग्रीहरू अनुमानित परिमाणमा:
- गिरिराज कुखुराको चल्ला १६०० वटा
- G2 दाना ५००० किलो
- Feeder प्लास्टिकको ३ किलोको २०० वटा
- Drinker प्लास्टिकको ३ लिटरको २०० वटा
माग परिमाणमा १० प्रतिशत सम्म घट बढ हुनसक्ने छ ।
फाराम बुझाउने अन्तिम मिति २०८३।०५।३० गते ५ बजेसम्म हुनेछ ।
Link: दरभाउ पत्रको विवरण
शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना/स्थान:
सुन्दर नेपाल संस्थाको कार्यालय, आवास क्षेत्र सुर्खेत, फोन नं ०८३५२०९२६, ०८३५२३५३०
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 09 Sep, 2026 |
| Apply Before | 15 Sep, 2026 |
| City | Surkhet |