शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२।११।०६
शिलबन्दी दरभाउपत्र आव्हानको सूचना नं. HPIN/SIDS/FY-26/SB-01
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको सहजीकरणमा संचालित मिल्की–वे: दुग्ध क्षेत्र रुपान्तरण परियोजना नेपालको कार्यक्रम अन्तर्गत चाफ कटर (chaff cutter) खरिद गर्नुपर्ने भएकाले योग्य फर्म वा संस्थालाई यो शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।
शिलबन्दी दरभाउपत्रहरूको विवरण
| दरभाउ पत्र नं | वस्तु /सामग्रिको नाम | परिमाण | जमानत रकम (रु) | शिलबन्दी दरभाउपत्र फारम दस्तुर | शिलबन्दी दरभाउपत्र मान्य हुने अवधि | शिलबन्दी दरभाउ पत्र खरिद गर्ने अन्तिम मिति र समय | दर्ता गर्ने अन्तिम मिति र समय | शिलबन्दी दरभाउ पत्र खोल्ने मिति र समय |
| HPIN/SIDS/FY-26/SBD-0 | चाफ कटर(आपूर्ति, ढुवानी र अन्य दायित्व सहित) | ५० वटा | ४३,७५०। | १,००० | शिलबन्दि दरभाउ पत्रको मान्य अवधि ४५ दिन हुने छ । | २०८२।११।१२गते कार्यालय समय भित्र | २०८२।११।१३ गते दिनको १२.०० बजे सम्म | २०८२।११।१३ गते दिनको २:०० बजे |
१. इच्छुक र योग्य दरभाउपत्रदाताहरूले शिलबन्दी दरभाउपत्र पत्र पेश गर्न सक्नेछन् ।
२. योग्य दरभाउपत्रदाताले मिति २०८२।११।०६ गते सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८२।११।१२ गतेको दिन कार्यालय समय भित्रमा रु.१,००० रुपैँया (फिर्ता नहुने) दस्तुर तिरी फर्म दर्ता प्रमाणपत्रको प्रतिलीपि सहित लिखित निवेदन सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा पेश गरी शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ । वा इमेल माफर्त लिखित निवेदन, फर्म दर्ता प्रमाणपत्र र सिदार्थ बैंक लिमिटेड, सिन्धुली शाखामा रहेको यस संस्थाको नाममा रहेको चल्ति खाता नं ५५५०१६५८७०२ मा दस्तुर बापतको रकम जम्मा गरेको भौचरको स्क्यान कपी पेश गरेर शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात प्राप्त गर्न सकिनेछ ।
३. शिलबन्दी दरभाउपत्र सम्बन्धि पूर्व बैठक (Pre-Bid Meeting) २०८२।११।११ गतेका दिन दिउँसो १२ बजे बसिनेछ।
४. शिलबन्दी दरभाउपत्रको सूचना प्रकाशन भएको मितिबाट ८ औ दिन अर्थात २०८२।११।१३ गते दिनको १२:०० बजे भित्र सिड्स, सिन्धुलीमा पेश गर्नुपर्नेछ । उल्लेखित समयभन्दा ढिलो गरी प्राप्त भएका दरभाउपत्र अस्वीकृत गरिनेछ ।
५. प्राप्त भएका शिलबन्दी दरभाउपत्रहरू २०८२।११।१३ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ताका प्रतिनिधिहरूको रोहबरमा सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा खोलिनेछ ।
६. दरभाउपत्र मान्य अवधि दरभाउपत्र खोलिएको दिन देखि गणना हुने गरी कम्तिमा ४५ दिन हुनुपर्नेछ ।
7. दरभाउपत्रको साथ माथिको तालिका उल्लेख भए अनुसारको जमानत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र बोलपत्र जमानत मान्य अवधि दरभाउँपत्र खोलेको मितिले कम्तिमा ७५ दिनको हुनुर्नेछ । दरभाउपत्रदाताले जमानत बापत नगदै राख्न चाहेमा सिदार्थ बैंक लिमिटेड, सिन्धुली शाखामा रहेको यस संस्थाको नाममा रहेको चल्ति खाता नं ५५५०१६५८७०२ मा त्यस्तो रकम जम्मा गर्न सकिनेछ र रकम जम्मा गरेको सक्कल भौचर शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
८. शिलबन्दी दरभाउपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न भएमा त्यसपछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।
9. यस संस्थाले कुनै पनि शिलबन्दी दरभाउपत्रदाताको बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न, र बोलपत्र प्रक्रिया रद्ध गर्न सक्नेछ ।
थप जानकारीको लागि
सिडस नेपाल, सिन्धुलीको मुख्य कार्यालय
कमलामाई न.पा ६ सिन्धुली
फोन नं. ०४७—५२००३६ / ९८६५००५६१६
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 18 Feb, 2026 |
| Apply Before | 25 Feb, 2026 |
| City | Sindhuli |