शिलबन्दी दरभाउ आह्वानका लागि सूचना

Relief Nepal

Details / requirements:

शिलबन्दी दरभाउ आह्वानका लागि सूचना 

पहिलो पटक प्रकाशित गरिएको मिति २०८३/०५/२३

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपाल सिन्धुली र World Vision International Nepal को साझेदारीमा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नं २ मा अबस्थित दुइ वटा बिद्यालयहरुमा बिद्यालय घेरा बेरा गर्नका लागि निर्माणको सम्पूर्ण सेवा लिन परेकोले रिलिफ नेपालले योग्य सम्भावित आपूर्तिकर्ता छनौटका  लागि सम्बन्धित इच्छुक  इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनि एवं संस्थाहरुवाट यस कार्यालयमा आवेदन सहित उल्लेखित कागजात मिति २०८३ साल भाद्र २५ गते  तदनुसार १० सेप्टेम्बर २०२६ भित्र कार्यालयमा दिउसो ३:०० बजे  सम्म दरभाउ  पेश गर्न आव्हान गर्दछौ । रिलिफ नेपालले दरभाउमा पेश भएको दररेट अनुसार छनौट हुन सफल आपूर्तिकर्ता  संग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक बर्ष सम्म मान्य हुने  गरि दररेट पेश गर्नुपर्नेछ । कोटेशनमा  उल्लेख भएको परिणाम सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी सेवा लिन  सकिन्छ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 

२. PAN र VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. आर्थिक वर्ष २०८२/८३  वा २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ

४. आवश्यक कोटेशनको फारम कार्यालयमा स्वयं उपस्थिति भई लिन सकिनेछ  वा तलको लिंक मार्फत प्राप्त गर्न सकिनेछ

५. आपूर्तिकर्ताले भरेको दरभाउ पत्र समय सिमा भित्र कार्यालयमा स्वयं उपस्थिति भई बुझाउनु पर्नेछ

६. सम्बन्धित जिल्लाका आपूर्तिकर्तालाई  प्राथमिकतामा राखिनेछ

७. आपूर्तिकर्ताले अनिबार्य रुपमा सुची दर्ता भर्नुको  साथै सप्ल्यार्स आचार संहिंतामा सहि छाप गरेको हुनुपर्ने छ

८. समय अवधि भन्दा पछी प्राप्त दरभाउ आवेदन मान्य हुने छैन

९. रिलिफ नेपालले कुने पनि सिलबन्दी दरभाउ स्वीकार अस्विकार गर्ने  सम्पूर्ण अधिकार राख्दछ

नोट: आवश्यक पर्ने  दरभाउ फारम तथा अचार संहिता र आपूर्ति सुची दर्ता  तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

LINK: RFQ Documents

कार्यालयको सम्पर्क ठेगाना:

रिलिफ नेपाल

कमलामाई -०६ , सिन्धुली

फोन नं. ०४७५२०९१५,९८०४७४०३७२ 

इमेल: scm@reliefnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 08 Sep, 2026
Apply Before 10 Sep, 2026
City Sindhuli