शिलबन्दी प्रस्तावना (Sealed Proposal) आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

शिलबन्दी प्रस्तावना (Sealed Proposal) आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८३/०६/३० गते

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा (RRPK) रौतहट जिल्लामा वर्ल्ड  भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित Sikai+ परियोजना अन्तर्गत उज्यालो नेपाल (अपाङ्गता भएका व्यक्तिहरूको संस्था), चन्द्रनगर गाउँपालिका, सर्लाहीको संस्थागत नीति, योजना, कानुनहरूको समीक्षा तथा नयाँ नीति, योजना निर्माण गर्नुपर्ने भएकाले उक्त कार्य गर्नका लागि इच्छुक व्यक्ति, इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमका शर्तहरूको अधीनमा रही रीत पूर्वकको सिलबन्दी कोटेसन प्रथम पटक मितिले १५ दिनभित्र प्रस्तावना पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ  ।

१. प्रस्तावना फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वा ३० अक्टोबर २०२६ सम्म कार्यालय समयभित्र यस संस्थाको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित सिलबन्दी गरी दर्ता गराई सक्नुपर्ने वा यस संस्थाको इमेल procurement.sikai@rrpk.org.np मार्फत पठाउँदा Folder मा Lock गरेर आवेदन दिन सकिनेछ । सो दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजेभित्र दर्ता गराई सक्नुपर्नेछ । सो समयावधि पश्चात् प्राप्त सिलबन्दी प्रस्तावना स्वतः बदर ठहरिनेछ ।

२. प्राप्त भएका प्रस्तावहरू खरिद समितिको उपस्थितिमा तथा इच्छुक व्यक्ति, इजाजत प्राप्त फर्म/कम्पनी र अन्य प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । तर इच्छुक व्यक्ति, इजाजत प्राप्त फर्म/कम्पनीका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

३. सिलबन्दी प्रस्तावनाका साथ देहाय बमोजिमका कागजातहरू पेश गर्नु पर्नेछ ।

(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्र ।

(ख) व्यक्तिको हकमा नागरिकता, सम्बन्धित विषयको अनुभव प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न गर्नुपर्ने ।

(ग) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(घ) आ. व. २०८२/८३ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(ङ) प्रस्तावना, सप्लायर्स दर्ता फाराम, बालसुरक्षा नीति तथा अन्य कागजातहरू (प्रस्तावनासँगै फरम्याट उपलब्ध गराइनेछ) ।

४. प्रस्तावना फाराम बुझाउँदा सिल गरी खामको बाहिर संस्थाले प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम तथा मिति स्पष्टसँग उल्लेख गर्नु पर्नेछ ।

५. यस सिलबन्दी प्रस्तावना सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

Links:

  1. Final ToR Reviewing the Existing Policies Ujyalo Nepal
  2. Annex-2- Financial Proposal 
  3. Consultancy Registration Form for Individuals Consultants 
  4. Suppliers code of conduct

विस्तृत जानकारी तथा प्रस्तावनाका लागि सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

चन्द्रनिगाहपुर , रौतहट

फोन: ०५५–५९०४४

इमेल: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Oct, 2026
Apply Before 30 Oct, 2026
City Rautahat