शिलबन्दी कोटेशन आह्वानको सचना ।

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सचना

दाश्रो पटक प्रकाशित मिति २०८१/०३/२५

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल रौतहट, बागमति सेवा समाज नेपाल हरिवन सर्लाही द्वारा सञ्चालित बाल संरक्षण र सामुदायिक संलग्नता तथा एकीकृत पोषण र उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्तर्गत तपशिल अनुसारको विभिन्न सामाग्रि आवश्यक परेको हुँदा ईच्छुक आपुर्तीकर्ता/विक्रेता  बाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन नं.

विवरण

स्पेसिफिकेसन

कोटेशन पेश गर्ने तरिका

RDC-RFQ-2024-032

अपाङ्गता भएकाहरुका लागि सहायक उपकरणहरु

कोटेशन फारममा उल्लेख भए अनुसार

सक्कल शिलबन्दी संस्थामा स्वयंम उपस्थित भई दाखिला गर्ने

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले अनिवार्य रुपमा निम्न कागजात सहित कोटेशन माग गर्न सकिनेछ साथै, सूचना प्रकाशन भएको मितिले ३ दिन भित्र शिलबन्दी कोटशन पेश गर्नुपर्नेछ ।

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।

ख. स्थाई लेखा नम्बर र मूल्य अभिबृद्धि कर (PAN/VAT) को प्रमाण पत्र

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०७९/०८०)

घ. सम्बन्धीत सामाग्रि कारोवारको अनुभवको पत्र ।

शर्तहरु

१. कोटेशन सम्बन्धि फारम यसै संस्थाको इमेल (procurement@rdcnepal.org) मार्फत आवश्यक कागजात सहित इमेल गरि वा संस्थाको तल उल्लेखित ठेगानामा प्रत्यक्ष सम्पर्क गरेर प्राप्त गर्न सकिनेछ ।

२. माथि उल्लेख गरिएको कागजातहरु पेश नगरिएको, विवरण स्पष्ट नभएको, केरमेटमा सही नभएको कोटेशनलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

३. ग्रामीण विकास केन्द्र नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक वर्षसम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशनमा उल्लेख भएको परिमाण भन्दा सम्झौता पश्चात बढि परिमाण खरिद गर्न सकिनेछ ।

४. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्कनं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।

५. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी सही छाप गरि शिलबन्दी सहित संस्थाको चन्द्रपुर स्थित कार्यालयमा मिति २०८१/०३/२७ गते बिहिबार बेलुकी ५:०० बजेभित्र बुझाउनु पर्नेछ ।

६. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।

७. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समय नै अन्तिम मिति कायम हुनेछ ।

८. थप जानकारिका लागि प्रशासन शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ वा संस्थाको procurement@rdcnepal.org ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट,

फोन.नं.०५५–५४०२०३, मोबाइल नं.९८०५३४९२५६,

Email: procurement@rdcnepal.org

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Jul, 2024
Apply Before 11 Jul, 2024
City Rautahat