शिलबन्दी कोटेशन आह्वान गरिएको सम्बन्धमा सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान गरिएको सम्बन्धमा {REQUEST FOR QUOTATION} (RFQ)

कोटेशन आह्वान गरिएको मिती: २०८१/०१/२८ गते 

सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुली एक गैह्र सरकारी संस्थाको रुपमा विभिन्न क्षेत्रमा सेवा दिदै तथा जनजीवन सँग सम्बन्धीत कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराउँदै यस संस्था अन्तर्गत संचालित परियोजना/कार्यक्रम अन्तर्गतका कार्यक्षेत्रहरुको स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि तथा स्वास्थ्य संस्थाहरुले दिने सेवा तथा सुविधामा थप सहजता ल्याउनको लागि तपशिलको सामान तथा सेवा खरिद गर्नु पर्ने भएको हुँदा देहायमा उल्लेखित सेवा तथा शर्तहरुलाई मध्यनजर गर्दै तल उल्लेखित ठेगानामा कोटेशनको लागि आवश्यक सम्पूर्ण कागजात संलग्न गरि आजको मितीले ७ दिन भित्र कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ । 

तपशिल: आवश्यक सामाग्री तथा सेवाहरुको सूचीको लिंक यसै पत्र साथ संलग्न गरिएको छ । 

सेवा तथा शर्तहरु:

१. कोटेशन पेश गर्ने अवधी २०८१ वैशाख २८ देखि २०८१ जेष्ठ ०३ गते ( १० मे २०२४ देखि १६ मे २०२४ ) सम्म हुनेछ । यदि कोटेशन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट दिन को १२:०० भित्रमा कोटेशन बुझाउन सकिनेछ । साथै कोटेशनको साथमा उल्लेखित सामाग्रीहरुको Catalogue पनि अनिवार्य उपलब्ध गराउनु पर्नेछ । 

२. समय अवधी भित्र पेश नभएको कोटेशन मान्य हुने छैन । 

३. कोटेशनमा उल्लेख भएको मूल्यमा VAT/TAX समावेश भएको हुनु पर्नेछ । अरु कुनै त्ब्ह् भएको कैफियतमा उल्लेख गर्नुहोला । 

४. विल तथा सेवा प्राप्त गरेका ३० दिन भित्रमा A/C Payee चेक मार्फत सप्लायर्सको फर्मको नाममा भुक्तानी गरिनेछ । यदि तपाई केही भुक्तानी शर्तहरु भएमा उल्लेख गर्नुहोला । 

५. कोटेशन शिलबन्दी खाममा हुनु पर्ने र खामको बाहिर नाम, ठेगाना तथा सम्पर्क नम्बर स्पष्ट देखिने अक्षरमा लेखिएको हुनु पर्नेछ । साथै कोटेशन पेश गर्दा सप्लायर्सले स्पष्ट देखिने गरि नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नु पर्नेछ । 

६. कुनै कारणवश स्वीकार गरेको समयमा सामाग्री वा सेवाहरु उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रुपमा लाग्नेछ । 

७. कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थामा निहित हुनेछ । 

८. कोटेशन बुझाउँदा कम्पनी भएमा PAN/VAT Registration Certificate, करचुक्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रतिलिपी पनि बुझाउनु पर्नेछ । 

९. कोटेशनमा उल्लेख गरिएको मूल्य एक बर्ष सम्मको लागि मान्य हुनेछ साथै सो को आधारमा छनौट हुने आपूर्तीकर्ता सँग १ बर्ष सम्मको लागि सम्झौता गरिनेछ । 

शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको कोटेशन स्वत:रद्ध हुनेछ ।

थप जानकारीको लागि सम्पर्क ठेगाना:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

कमलामाई नगरपालिका–६, धुराबजार, सिन्धुली

सम्पर्क फोन नं. ०४७–५२०००३६/९८५२०७३२४१

सामाग्री विवरण तथा आवस्यक कागजातहरु:

https://drive.google.com/drive/folders/1FhVDznEgvuEQ5GuRKvJMpPhkgaBiT4fI?usp=sharing

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 May, 2024
Apply Before 16 May, 2024
City Sindhuli