शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/१/२८
राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा केएर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको पोषण परियोजना अन्तर्गत तपसिल बमोजिमका कार्यहरू गर्नुपर्ने भएकाले इच्छुक निर्माणकर्ता तथा आपूर्तिकर्ताहरूबाट यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र, दिनको ५:०० बजेसम्म, आफ्नो संस्थाको लेटरप्याडमा दरभाउ तथा शर्तहरू स्पष्ट रूपमा उल्लेख गरी शिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ। इच्छुक निर्माण वा आपूर्तिकर्ताहरूले कोटेशन संस्थाको कार्यालयमा स्वयं उपस्थित भई वा इमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत पेश गर्न सक्नेछन्।
प्राप्त भएका शिलबन्दी कोटेशनहरू मिति २०८३/०२/०३ गते दिउँसो १:०० बजे संस्थाको कार्यालयमा खोलिनेछ। साथै, शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति शनिबार परेको र सो दिन कार्यालय बन्द रहने भएकोले उक्त दिन इमेलमार्फत मात्र कोटेशन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
| क़.स | कार्यको विवरण | विवरण/स्पेसिफिकेशन | परिमाण | कैफियत |
| 1 | सप्तरी जिल्ला,बालन बिहुल ,गा.पा वडा-१, मल्हनीया हटियामा तिलेसन भवन निर्माण ( Marketshed Construction Work), | As per Attached in link | 1 | Bill of Quantity (BOQ).docx |
| 2 | काठको पोषण कर्नर (मोडेल फोटो लिंकमा संलगन गरिएको छ) | Wooden Nutrition Corner H: 4Feet, Width: 3 Feet, High-quality plywood/wooden board, Strong wooden frame with smooth finishing | 35 | Nutrition corner_Design.jpeg |
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू
- फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि
- कर चुक्ता प्रमाणपत्र (आ.व. २०८२-८३)
- सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको प्रतिलिपी
- यौन शोषण, दुर्ब्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 2 |
| Position Type | Contract |
| Posted Date | 11 May, 2026 |
| Apply Before | 17 May, 2026 |
| City | Kathmandu |