शिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
दलित जनजाति उत्थान केन्द्र, बारा
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति २०८३/०१/१६
इस्लामिक रिलिफ वर्ल्डवाईडको ;सहयोगमा तथा दिलत जनजाति उत्थान केन्द्र बारा द्वारा यस बारा जिल्लाको कलैया उपमहानगरपालिकामा संचिलत पोषण आहार सहयोग कार्यक्रम (Nutritional Food Support Program) अन्तर्गत रांगा तथा खसी खरिद गर्नु पर्ने भएकोले इच्छुक आपुर्ती कर्ता वा विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी बोलपत्र आह्वान गिरन्छ ।
| क्र.सं. | बोलपत्र नं. | विवरण | जनावरको संख्या | थप विवरण |
| १ | DEUC/FY2026-04 | राँगा | ४४ वटा | जिउदो रागा १६० – २०० किलो |
| २ | DEUC/FY2026-04 | खसी | ९८ वटा | जिउदो खसी कम्तिमा ३०-४० किलो |
१. सम्बन्धित बिषयमा इजाजत प्राप्त पशुपालन तथा कृषि फार्मले व्यवसाय दर्ताको प्रमाण पत्र नविकरण सहीत, पान/मु. अ. कर दर्ता प्रमाण पत्र र आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी अनिवार्य रूपमा पेशगरी यस संस्थाको कार्यालय कलैया उपमहानगर पालिका वडा नं. ६ मदर्सा टोल, बारामा सम्पर्क गरी सम्बन्धि फाराम प्राप्त गर्न सकिनेछ अथवा डाउनलोड अथवा यस संस्थाको खरिद इमेलमा निवेदन पठाइ उल्लेखित कागजात सहित फाराम माग गर्न सकिन्छ ।
२. यो सूचना प्रकिशत भएको मितिले १० दिन भित्र रितपुर्वक बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धित आपुर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाइ लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको कार्यालयमा उपस्थित भइ हार्डकपी मिति २०८३/०१/२५ गते बेलुकी ५ बजे सम्म बुझाउन सकिनेछ । अनलाइन निवेदनको कुनै व्यवस्था छैन ।
३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू बहाल रहेको प्रस्तावना सँगै पेश गर्नुपर्नेछ। यदि कुनै पनि कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
४. बोलपत्र फाराम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा भोली पल्ट शिलबन्दी बोलपत्र फाराम बुझने र बुझाउने काम हुनेछ । शिलबन्दी बोलपत्र खेल्ने मिति २०८३/०१/ २७ गते बिहान ११ बजे देखि सबै आपुर्तिकर्ताहरूको भौतिक उपस्थितीमा संस्थाको कार्यालयमा खोलिने छ ।
५. बोलपत्र सँग सम्बन्धित थप कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यलयबाट पनि उक्त जानकारी प्राप्त गर्न सकिनेछ ।
६. बोलपत्र, पुर्ण वा आंशिक रूपमा कुनै कारण जनाइ वा नजनाइ स्वीकृत गर्ने वा नगर्ने वा सुचना नै गर्ने सम्पुर्ण अधिकार यस दलित जनजाती उत्थान केन्द्रको खरिद समितिमा निहित रहनेछ ।
७. रितपुर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाइ स्वतः रद्द भएको मानिनेछ ।
८. कार्यक्रम संचालन हुने स्थानमा पशु स्वास्थ्य प्राविधिकबाट खसी तथा राँगा को स्वास्थ्य अवस्था जाँच गरिनेछ ।
९. दरभाउ सम्बन्धि थप जानकारी प्रदान गर्नका लागि आपूर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पूर्व बैठक (Pre-Bid Meeting) मिति २०८३/०१/२० गते दिउसो २ बजे संस्थाको कार्यालयमा संचालन गरिनेछ । यो बैठक भौतिक र भर्चुअल रूपमा गन सकिन्छ ।
Links:
Technical_Proposal_Qurbani 2026-DEUC
दलित जनजाति उत्थान केन्द्र,बारा
कलैया उपमहानगर पालिका वडा नं. ६ बारा
फोन नं. ०५३५५१९०९
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 29 Apr, 2026 |
| Apply Before | 08 May, 2026 |
| City | Kalaiya |