शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८२/०१/२२

ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा सञ्चालित पोषण आहार सहयोग कार्यक्रम (Nutritional Food Support Program) अन्तर्गत राँगा तथा खसी खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

2Q==

१. सम्बन्धीत विषयको ईजाजत प्राप्त पशुपालन तथा कृषि फार्मले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ अथवा यस संस्थाको खरिद ई-मेलमा (procurement@rdcnepal.org) निवेदन पठाई उल्लेखित कागजातको साथ बोलपत्र फारम माग गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/०२/०५ गते बेलुकी ४ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । 

३. फर्म वा कम्पनीले सम्पूर्ण बैद्यानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नुपर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८२/०२/०६ गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरूको भौतिक उपस्थितीमा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा खोलिने छ । 

५. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।

६. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

७. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

८. कार्यक्रम सञ्चालन हुने स्थानमा पशु स्वास्थ्य प्राविधिकबाट खसी तथा राँगाको स्वास्थ्य अवस्थाको जाँच गरिनेछ ।

९. दरभाउ सम्बन्धि थप जानकारी प्रदान गर्नका लागि आपूर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पूर्व बैठक (Pre-Bid Meeting) मिती २०८२/०२/०१ गते दिउँसो २ बजे संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा सञ्चालन गरिनेछ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ । मिती २०८२/०१/३१ गते सम्म दर्ता भएका फार्महरूलाई मात्र यस पुर्व बैठकमा समावेश र जानकारी गराईने छ ।

१०. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

शाखा कार्यालय गौर ५, रौतहट, मधेश प्रदेश

फोन.नं.  ०५५–५२०२४०

इमेल: procurement@rdcnepal.org

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 May, 2025
Apply Before 19 May, 2025
City Madhesh Province, Rautahat