शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

AYu1TUkh3svUAAAAAElFTkSuQmCC

ग्रामीण विकास केन्द्र नेपाल

 रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८०/१२/१०

ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल द्वारा यस रौतहट जिल्लामा संचालित लैङ्किक हिंसा न्युनीकरण परियोजना अन्तर्गत लैङ्गिक हिंसाबाट प्रभावित वा उच्च जोखिममा रहेका गरिब तथा विपन्न घरधुरीलाई आय आर्जनको लागि सहयोग कार्यक्रममा विभिन्न सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ । यो परियोजना रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रहरु जस्तै महिला हिंसा रोकथाम, महिला सशक्तिकरण, घरेलु हिंसा न्युनिकरण, जिविकोपार्जन, सरसफाई र संरक्षण लगायतका कामहरुमा स्थानिय सरकार र समुदायलाई सहयोग पुऱ्याउने उद्देश्यले संचालित रहेको छ ।

क्र.सं.

बोलपत्र नं.

विवरण

थप जानकारी

RDCN-TN-04-080/81

आय आर्जनको लागि सामाग्रीहरु

तल दिईएको ईमेल वा फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहट वा शाखा कार्यालय गौर–२ भन्सार रोड, रौतहटमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ । बोलपत्र सम्बन्धी फारम तल उल्लेखित इमेल वा स्वयं उपस्थित भई माग गर्न पर्नेछ ।

२. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा, हार्डकपी मिति २०८०/१२/३० गते बेलुकी ५ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन ।

३. शिलबन्दी बोलपत्र फारामका साथ बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम Bid security (refundable) को रुपमा यस कार्यालयको नाममा जम्मा गर्नुपर्ने छ । Bid Security सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

४. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागी आपुर्तिकर्ता तथा विक्रेताको उपस्थितिमा पूर्व बैठक (Pre-Bid meeting) संचालन गरिनेछ । सो सम्बन्धी जानकारी कार्यालय मार्फत् गराईनेछ ।

५. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८१/१/२ गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरुको भौतिक वा भर्चुअल उपस्थितीमा खोलिनेछ ।

६. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

७. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

८. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वत: रद्द भएको मानिनेछ ।

९. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

चन्द्रपुर ४, रौतहट वा शाखा कार्यालय गौर २ भन्सार रोड रौतहट, मधेश प्रदेश

फोन.नं.  ०५५–५२०२४०/०५५–५४०२०३

इमेल: rdcprocurement91@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 23 Mar, 2024
Apply Before 12 Apr, 2024
City Rautahat