शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१२)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानान्कारकट्टी, लक्ष्मीपुर पतारी गाउँपालिका तथा धनगढीमाई नगरपालिका, साथै सप्तरी जिल्लाको रुपनी तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाहरूसँगको सहकार्यमा जलवायु मैत्री गाउँ मधेश प्रदेश नेपाल परियोजना सञ्चालन गरिरहेको छ।

उल्लिखित परियोजनाअन्तर्गत तपसिलबमोजिमका आवश्यक सामग्री खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि कर (मू.अ.क.) दर्ता भएका, वा मू.अ.क. दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका, उल्लिखित सामग्री आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा फर्महरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८३ साल कार्तिक १८ गते दिउँसो ४:०० बजेभित्र तपसिलका शर्तहरूको अधीनमा रही कार्यालय समयभित्र कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत आपूर्तिकर्ताको लेटर प्याडमा सामग्रीको स्पेसिफिकेसन सहितको दरभाउ तथा शर्तनामा सहितको गोप्य शिलबन्दी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आपूर्ति गरिने सामग्रीको विवरण:

Link

शर्तहरू

१. उल्लिखित सामग्री माथि उल्लेख गरिएका पालिकाहरूको तोकिएको स्थानसम्म ढुवानी गर्ने, तोकिएको समूहमा गई निर्माण/जडान गर्ने र बिक्रीपछिको सेवासमेत उल्लेख गरी दरभाउ पेश गर्नुपर्नेछ।

२. छनोट भएका आपूर्तिकर्तासँग गरिएको सम्झौता तथा खरिद आदेशबमोजिम सामग्री खरिद गरिनेछ। आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएका सामग्रीको विवरण आफूसँग रेकर्ड राख्नेछ र सामग्री प्राप्तकर्ताको भर्पाइसमेत संलग्न गर्नुपर्नेछ । उक्त रेकर्डको आधारमा आवश्यक कागजातसहित आपूर्तिकर्ताले बिल भर्पाइ महासंघको कार्यालयमा पेश गरी भुक्तानी माग गर्नेछ, र महासंघले आवश्यक प्रक्रिया पु¥याई बैंक खाता मार्पmत रकम भुक्तानी गर्दै जानेछ ।

३. आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुशार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिनेछ ।

४. स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका प्रतिस्पर्धी आपूर्तिकर्ताहरूलाई छनोट प्रक्रियामा प्राथमिकता दिइनेछ ।

५. बोलपत्र पेश गर्दा फर्म दर्त प्रमाणपत्रक प्रतिलिपि १ थान, फर्म मू.अ.क. (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान, बैंक खाता नं., सम्पर्क नं. र ईमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लिखित सामग्रीमध्ये सम्बन्धित आपूर्तिकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको मात्र दरभाउ उल्लेख गर्नुपर्नेछ ।

६. बोलपत्र फारममा उल्लिखित प्रत्येक सामग्रीको दर रेट (कर समेत) अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन ।

७. बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

८. कोटेशन फाराम शुल्क रु १,०००।– (अक्षरेपी एक हजार रुपैयाँ मात्र) प्रति फाराम (फिर्ता नहुने गरी) तिरेको रसिद/भौचर एक प्रति अनिवार्य रूपमा कोटेशनसाथ संलग्न गर्नुपर्नेछ ।

बैंकको नामकृषि विकास बैंक, बानेश्वर शाखा
खाताको नामNational Farmers Group Federation Nepal
खाता नम्बर0210201600857019

९. म्याद नाघी वा रीत नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन।

१०. अन्य शर्तनामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति तथा नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित रहेको छ।

Link:

BOQ - Supply of Cooking Stoves and Utensils

बोलपत्र खोल्ने मिति, पेश गर्ने ठेगाना र सम्पर्क

पेश गरिएका बोलपत्रहरू २०८३ साल कार्तिक १९ गते दिउँसो २:३० बजे संस्थाका प्रतिनिधि तथा बोलपत्रदाता स्वयं वा उनीहरूका प्रतिनिधिको उपस्थितिमा वा अनुउपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा उनको प्रतिनिधि अनुपस्थित भए पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । सो दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ । थप जानकारी आवश्यक परेमा तलको फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोल्ने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल मधेश प्रदेश कार्यालय

लहान नगरपालिका वडा नं. १, सिरहा (लहान NCELL CENTER को छेउमा, तरकारी बजारभन्दा ५० मिटरभित्र)

फोन नं.: ०३३–५६४०७३

ईमेलः nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 Oct, 2026
Apply Before 04 Nov, 2026
City Siraha