सूचीकृत दर्ता सम्बन्धी सूचना
Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.
Details / requirements:
सूचीकृत दर्ता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२।०७।२०
गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २००२ देखि विपन्न वर्गहरू, खासगरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण/जलवायु परिवर्तन अनूकूलन र पैरवी जस्ता क्षेत्रहरूमा सीमान्तकृत, संकटाभिमुख र विपन्न बालबालिका, परिवार र समुदायलाई लक्षित गरी नेपालको २० वटा जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । हाल यस संस्थाको लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक पर्ने देहाय बमोजिमका सेवाहरू तथा सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले फर्म दर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता तथा कर चुक्ता (२०८१/०८२ वा म्याद थप) प्रमाणपत्रको प्रतिलिपि र व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नवीकरण प्रतिलिपि सहित संस्थाले उपलब्ध गराएको सूची दर्ता फारम भरी मौजुदा सूचीमा दर्ता हुन आह्वान गरिन्छ ।
आवश्यक आपूर्ति सेवाहरू तथा सामग्रीहरू:
| क्र.स. | सेवा तथा सामग्रीको नाम | क्र.सं. | सेवा तथा सामग्रीको नाम |
| १ | सूचना प्रविधि सम्बन्धी सामग्रीहरू: कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डड्राईभ, प्रोजेक्टर आदि | १३ | पारवहन सेवा तथा भाडाका सवारी साधनः हवाई टिकट, कार, जीप, बस, ट्रक आदि |
| २ | कार्यालय मसलन्द र स्टेशनरी सम्बन्धी विविध सामग्रीहरू | १४ | मर्मतसंभार सेवाः सूचना प्रविधि तथा विद्युतीय उपकरण |
| ३ | टिसर्ट, ब्याग, क्याप, कप, ज्याकेट आदि | १५ | सवारी साधन पार्टपुर्जा र मर्मतसंभार सेवा |
| ४ | खाद्यान्न, सरसफाई तथा अन्य उपयोगी सामग्रीहरू | १६ | बीमाः जीवन, साधारण, मेडिकल, दूर्घटना आदि |
| ५ | विद्युतीय उपकरणहरू | १७ | बार्षिक स्वास्थ्य परिक्षण |
| ६ | प्रेस तथा छपाइ डिजाइन, छपाई कार्य | १८ | इभेन्ट म्यानेजमेन्ट |
| ७ | फर्निचर तथा सजावट सम्बन्धी सामग्रीहरू | १९ | पिउने पानी आपूर्ति |
| ८ | विज्ञापन छपाई सम्बन्धी सेवाः खबरपत्रिका तथा विद्युतीय | २० | ईन्टरनेट सेवा |
| ९ | फोटोकपी तथा फ्लेक्स प्रिन्ट | २१ | फोटोग्राफी, श्रव्यदृष्य, वृत्तचित्र र मिडिया क्याम्पेन |
| १० | होटल सेवाः आवासीय तथा गैह्रआवासीय कार्यक्रम | २२ | लेखापरीक्षण सम्बन्धी सेवा |
| ११ | कार्गो तथा कुरियर सेवा | २३ | Database Software and Application Designing, Graphic & Web Designing |
| १२ | परामर्शः कानुनी, भाषा अनुबादक, नोटरी | २४ | Outsourcing Service: Security, Driving, Cleaning etc. |
इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले “सूचीकृत दर्ता” लेखी यो सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८२/०८/१० (नोभेम्बर २६, २०२५) गते ५:०० बजेभित्र माथि उल्लेखित कागजातहरू सहित गुड नेवर्स इन्टरनेशनल नेपाल, कर्मचारी संचयकोष भवन, लगनखेल, ललितपुर, नेपाल वा सूची दर्ता फारममा उल्लेखित जिल्ला कार्यालयहरूमा वा इमेल eoi@gninepal.org मा सम्पूर्ण आवश्यक कागजातहरू स्क्यान गरी पेश गर्न सकिनेछ । सूची दर्ता फारम संस्थाको वेभसाइटः https://gninepal.org/calls तथा इमेलः eoi@gninepal.org बाट प्राप्त गर्न सकिनेछ ।
नोटः
सूचीकृत भएका फर्म/सप्लायर्स/कम्पनी/सेवा प्रदायकहरूलाई सँस्थाको औपचारिक/अनौपचारिक/खुल्ला/शिलबन्दी बोलपत्र आह्वानमा पहिलो प्राथमिकता दिइनेछ र संस्थाको आवश्यकता अनुसार सम्बन्धित फर्म/सप्लायर्स/कम्पनी/सेवा प्रदायकहरूलाई सम्पर्क गरिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Nov, 2025 |
| Apply Before | 26 Nov, 2025 |
| City | Lalitpur |