शैक्षिक संवादका लागि प्रस्ताव माग सम्बन्धी सूचना
Details / requirements:
शैक्षिक संवादका लागि प्रस्ताव माग सम्बन्धी सूचना
प्रकाशित मिति: ११ मे २०२५
Village Development and Save the Environment Forum (VDSEF) Kalikot ले Save the Children सँगको सहकार्यमा कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिकामा SAHAYATRA-III अन्तर्गत शिक्षा सम्बन्धी संवादका लागि उपयुक्त तथा इच्छुक पत्रकार, संस्था वा विशेषज्ञबाट सेवा प्राप्त गर्नका लागि प्रस्ताव माग गर्दछ।
यस परामर्श सेवाको उद्देश्य चयन गरिएका विद्यालयहरूको सुशासन, विद्यालयमा प्रदान गरिने सेवा, भौतिक पूर्वाधार, योजना कार्यान्वयन, सामाजिक लेखा परीक्षण तथा गुनासो सुन्ने प्रणालीको अवस्थाको मूल्यांकन गरी पालिका तहमा संवाद कार्यक्रम सञ्चालन गर्नु हो।
मुख्य कार्यहरुः
- ५ वटा विद्यालयको भ्रमण गरी विद्यालयको वर्तमान अवस्थाको मूल्यांकन गर्ने।
- विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, बाल क्लब सदस्य, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारसँग अन्तक्रिया गर्ने।
- प्रमुख सरोकारवालासँग पालिका तहमा शैक्षिक संवाद कार्यक्रम सञ्चालन गर्ने।
- शिक्षा सम्बन्धी केस स्टोरी, उद्धरण, भिडियो सामग्री सङ्कलन गर्ने।
- प्रमुख निष्कर्ष र सिफारिस सहितको प्रतिवेदन तयार गरी VDSEF लाई बुझाउने।
- संवाद पश्चात ३ दिनभित्र शिक्षा सम्बन्धी लेख राष्ट्रिय समाचार पोर्टलमा प्रकाशित गर्ने।
योग्यता र आवश्यक क्षमताः
- शैक्षिक संवाद र शिक्षा सम्बन्धी पत्रकारिता तथा लेख लेख्ने अनुभव।
- शिक्षा नीति, प्रक्रिया र नेपालको शिक्षा प्रणालीको राम्रो बुझाइ।
- डाटा सङ्कलन, विश्लेषण, तथा प्रतिवेदन लेखनमा दक्षता।
- VDSEF को बाल संरक्षण नीति पालन गर्ने।
प्रस्ताव बुझाउने अन्तिम म्याद:
१७ मे २०२५, दिउँसो ५:०० बजेभित्र
प्रस्ताव बुझाउने ठेगाना:
VDSEF Kalikot, खाँडाचक्र नगरपालिका, मान्मा, कालिकोट
Email: procurement.vdsefkalikot@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।
Link: https://drive.google.com/file/d/17vVz_z0N7FiRWb98GuKM-sApcmfXeKeP/view?usp=sharing
पेश गर्नु पर्ने कागाजातहरु
- फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
- फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी
- पानरभ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आ।ब। २०८०।०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
- शैक्षिक संवाद र शिक्षा सम्बन्धी पत्रकारिता तथा लेख लेख्ने अनुभवको प्रमाण पत्र ।
- संलग्न टिमको बायो डाटाहरु
Overview
Category | Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 12 May, 2025 |
Apply Before | 17 May, 2025 |
City | Kalikot |