Security Guard

Bethany Vision Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

पदः Security Guard  –२ जना

प्रथम प्रकाशित मिति: २०७८/१२/२५

परियोजनाको सारांश

बेथानी भिजन नेपाल (बेभिन) एउटा गैरसरकारी संस्था हो, जस्ले स्थानिय समुदायमा आधारित पहल र स्वयं सेवकहरुको योगदानद्वारा, परिवारहरुलाई जोगाउने र बालबालिकाको संरक्षण गर्ने ध्येय लिएको छ । बेभिनले प्रत्येक बालबालिकालाई प्रेमिलो,वास्ता गर्ने र स्थिर परिवारमा,परिकल्पना गर्छ । 

हाम्रो मिशन, परिवारिक पृष्टभमीमा – बालबालिकाहरुलाई उत्पिडन र परित्यागबाट रोक्नु, उद्धार गर्नु र हेरचार गर्नु हो । प्रत्येक बालबालिका ‘हाम्रो आफनै जस्तो अनमोल‘ र ‘हरेक बालबालिका परिवारको योग्य छ’ भन्ने बेभिन को हृदयको मान्यता हो ।  

नेपालमा, बेचबिखन र सम्भाव्य शोषणकारी परिश्थितीबाट प्रभावित भएकाहरुका लागि सुरक्षित आश्रय दिने र धेरै स्रोतहरु उपलव्ध गराउने सेवाहरु भएको भएतापनि, मुक्ति आफ्टर केयर परियोजना त्यस्ता प्रभावितहरुको विशिष्ट आवश्यकक्ता पुरा गर्न अवस्थित छ । उद्धार गर्ने निकाय र नेपाल सरकारको साझेदारीमा, यो परियोजनाले व्यक्तिमा आधारित पुनस्र्थापना जस्तै आधात मनोबिमर्श, सुधारात्मक शिक्षा, कामको तालिम, कानुनी सहायता र चिकित्सा समावेश भएको समग्र हेरचाहको योजना उपलव्ध गर्छ ।  हामी जटिल कानुनी मामिलाहरु, सुरक्षा सम्बन्धि  सचिन्ता र गहिरो आधात भएका व्यक्तिहरुलाई लिने गछौं, जस्ले अन्य उचित ठाँउ पाउदैनन् ।

कामको उद्वेश्य 

सेक्युरिटी गार्डले, प्रभावित नानीहरु र मुक्ति गृहलाई कुनै पनि प्रकारको मानविय या प्राकृतिक क्षति हुनबाट सुरक्षा दिन्छ  । उनिहरुले, नानीहरुको विशिष्ट आवश्यक्ता अनुसार, गृह भित्रको हेरचाह सम्बन्धि कौशलताको लागि सल्लाहाकार, सामाजिक कार्यकर्ता, बकिल, शिक्षक र व्यवस्थापक संग समन्वय गर्दै मिलेर काम गर्छन् । यो पद बहाली विशेषतः मुक्ति गृह ललितपुरमा अवस्थित हुनेछ ।

जिम्मेवारीहरु 

  • कुनै प्रकारको धुसपैठ पत्ता लगाउन CCTV मनिटर साथै मुक्ति गृह र परियोजना शाखाहरुमा निगरानी राख्ने; प्रत्येक ढोका झ्याल, चार पाङ्ग्रे र दुइ पाङग्रे गाडी, कुनाहरु र गेटहरु सुरक्षित भएको सुनिश्चित गर्ने; सबै अलार्महरुको जवाफ दिने र आएको अस्त व्यस्तताहरुको अनुसन्धान गर्ने । 
  • परिसर भित्र प्रवेश गर्न अनुमती दिने र कुनै पनि आगन्तुक, विक्रेताहरु, कर्मचारी र प्रभावित नानीहरु भित्र पस्दा ठिक रेकर्ड राख्ने; साथै हेरचाहका लागि गृहमा बस्नेहरुको सुरक्षा सुनिश्चित गर्ने । नियम उl गर्ने व्यक्तिलाई चेतावनि दिने साथै आवश्यक्ता परेको खण्डमा बलको समेत प्रयोग गरि समाती परिसरबाट निकाल्ने । 
  • मुक्ति गृहमा प्रवेश गर्ने प्रत्येकले बाल संरक्षण निती बुझेको कुरा सुनिश्चित गर्ने, र गृहमा प्रवेश गर्दा पहिचान ठिकसंग खलाउने साथै आगन्तुक सम्बन्धि नियम पालना गर्न लगाउने । सो सम्बन्धि कागजातहरुको अभिलेख राख्ने ।  
  • कुनै किसिमको अनियमितता, जस्तै उपकरण वा सम्पत्तिको क्षती, अनाधिकारिक व्यक्तिको प्रवेश, व्यक्ति हराएको, संकटकालिन अवस्था साथै गृह वा परियोजना शाखामा अस्वाभाविक घटना घटेको अवस्थामा, स्थानिय प्रहरीसंग सहयोग माग्ने ।  
  • प्रभावित नानीहरु र कर्मचारीहरु संग नेपालको कुनै पनि ठाँउमा यात्रा गर्ने र सुरक्षाको जाँच, घर भ्रमण र प्रभावितहरु ल्याउने क्रममा सुरक्षा सुनिश्चित गर्ने ।
  • प्रभावित नानिहरु बाहिर निस्कदा जस्तै सरकारी कार्यालय, अदालतको हाजिरी र अन्य संघसंस्थाको भ्रमणको दौरान संगै जाने र नानीहरु साथै कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्ने ।
  • मनो–सामाजिक केन्द्रमा/बाट सुरक्षित र व्यवस्थित परिवहनको लागि सहजिकरण गर्ने ।
  • प्रभावितहरुको सुरक्षाको चासोको सम्बन्धमा स्टार लाईट फाउन्डेसनको सहयोग लिने साथै कानुनी मामलाहरुमा गरेको सहयोग र अनुशन्धान, अपराधी र बेचबिखनकारीहरु सम्बन्धि रेकर्ड राख्ने । 
  • हाम्रो हेरचाहमा रहेका प्रभावित नानीहरुको बिचमा, उचित अन्तरकृया गर्दै बिना शर्तको माया र आदर देखाउदै प्रेरणाको स्रोत बन्ने ।
  • गृह भित्र गरिने प्रत्येक अन्तरकृयामा, आधातको जानकारी युक्त हेरचाहको सिद्धान्तबारे सिक्ने तथा कार्यन्वयन गर्ने ।
  • सप्ताहिक केयर योजना बैठक र तालिम सेसनहरुमा भाग लिने । 
  • संकटको अवस्थाहरुमा, प्रभावित नानिहरुसंग संकटकालिन हस्तक्षेप तथा संकट घटाउने सम्बन्धि तालिमको उपयोग गर्ने ।  
  • विशेषाधिकार प्राप्त र संम्वेदनशिल सूचनाहरु सम्बन्धी गोपनियता कायम राख्ने । 
  • निरन्तर भैरहने तालिमहरुमा सहभागी भै, सुरक्षा सम्बन्धि प्रोटोकोलहरुको उत्तम अभ्यास गर्दै व्यवसायिक स्तर सुनिश्चित गर्ने । 

पदिय योग्यता 

  • दश कक्षा पास गरेको वा सम्बन्धित कामको अनुभव
  • नेपाली भाषामा लिखित र मौखिक राम्रो ज्ञान भएको । अग्रजी, हिन्दी जानेको, तथा तामाङ्ग भाषा बोल्न सक्नेलाई विशेष ग्राह्यता दिइने । 
  • विभिन्न समस्याहरु जस्तै अवहेलना, दुरव्यवहार, धरेलु हिंसा, मानसिक अस्वस्थ्यता, मानव बेचबिखन र अभिभावकको लागुपदार्थ दुरुपयोगबाट प्रभावितहरुसंग काम गरेको अनुभवलाई ग्राहयता दिइने । 
  • कम्प्यूटरको सिप भएकालाई ग्राहयता दिइने ।
  • आधातको जानकारी युक्त हेरचाहका सिद्धान्तहरु जस्तै सुरक्षा, विश्वास योग्यता र पारदर्शिता, सहकर्मी समर्थन, सहयोग, सशक्तिकरण, आवाज र छनौट,  सांस्कृतिक र लैङ्गिक समस्याहरु सम्बन्धि सचेतना सहितको हेरचाह र अन्तरकृया गर्ने ।

महत्वपूर्ण गुणहरु

  • शारिरिकरुपमा स्वस्थ्य, बलियो र मुक्ति गृहमा हेरचाहको लागि सुम्पिइएकाहरुको सुरक्षा सुनिश्चित गर्न र जोखिम उठाउन सक्ने । 
  • विश्लेषणात्मरुपमा सोच्न र समस्याहरु सुल्झाउन सक्ने संकटको समयमा नआत्तिकन काम गर्न सक्ने ।
  • दृढ्ता, रचनात्मक र लचिलोपन ।
  • व्यवहारमा व्यवसायिकता लिखित र मौखिक संचार गर्ने ।
  • समय व्यवस्थापन र स्वयं अनुशासनः कार्य प्राथमिकिकरण गर्दै बिना सुपरिवेक्षण नै पनि कार्य सम्पादन गर्न सक्ने ।
  • टोलीसंग प्रभावकारी रुपमा समन्वय गर्ने ।
  • भावनात्मकरुपमा परिपक्व धैर्य, प्रेम, स्विकार, उत्साह र वास्तविक समानुभुति देखाउने ।
  • आदर र गैर धम्की युक्त शब्दहरुको प्रयोग गर्ने, कुनै प्रकारको अपमान र प्रतिशोधको भावनाबाट अलग्ग रहने ।
  • पुनर्मिलाप र पुनस्र्थापन गर्न इच्छुक ।
  • कुनैपनि किसिमको व्यक्तिगत पक्षपात वा पुर्वाग्रह प्रति सचेत रहने र त्यसलाई सम्बोधन गर्ने ।
  • आधातका लक्षणहरु र त्यसबाट आउने आधातहरुबारे जानकार र सो बारे सिक्न इच्छुक ।
  • मानविय मूल्य, मर्यादा र समानतामा विश्वास राख्ने । 

अन्य योगदानहरु 

  • बेथानी भिजन नेपालको दर्शन र मिशनमा सहयोग पु¥याउने ।
  • आवश्यक्ता अनुसार बेथानी भिजन नेपाललाई आधिकारिक रुपमा प्रतिनिधि गर्ने ।
  • अनुरोध गरे अनुसार सबै कर्मचारी बैठक र तालिममा भाग लिने ।

तलबमान र सविधा:

संस्थाको नियमानुसार ।

इच्छुक उम्मेदारले आफ्नो निबेदन तथा  Reference व्यक्ति सहित हालको CV, निम्न इमेल वा ठेगानामा मिति २०७९/०१/०२ बेलुका ५:०० बजे पठाउन सकिनेछ ।

मानव संसाधन 

बेथानी भिजन नेपाल

काठमाण्डौ–०८, गौरिघाट

फोन नं. ९८५१३६५६००

vacancy.bevin@gmail.com

Overview

Category Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Apr, 2022
Apply Before 15 Apr, 2022
City Kathmandu