स्वयंसेवक शिक्षक (Volunteer Teacher)

Community Development & Advocacy Forum Nepal

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८३।०३।१५ गते

स्वयंसेवक शिक्षक (Volunteer Teacher) आवश्यकता सम्बन्धी सूचना

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) ले Save the Children को साझेदारीमा INSPIRE Project सञ्चालन गरिरहेको छ। परियोजनाको उद्देश्य समुदायका विपन्न, सीमान्तकृत तथा सिकाईमा पछि परेका बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा पहुँच तथा सिकाइ उपलब्धिमा सुधार ल्याउनु हो ।  परियोजना अन्तर्गत महोत्तरी जिल्लाको औरही नगरपालिका तथा लोहरपट्टी नगरपालिका अन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ३, ४ र ५ का सिकाईमा पछि परेका विद्यार्थीहरूका लागि Recovery and Accelerated Learning (ReAL) योजना अनुसार उपचारात्मक तथा सिकाइ पूर्ति (Remedial Support) कक्षा सञ्चालन गर्न स्थानीय स्वयंसेवक शिक्षक (Volunteer Teacher) आवश्यक भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ।

१. पद विवरण

पदस्वयंसेवक शिक्षक (Volunteer Teacher)
आवश्यक संख्या५० ( आवश्यकता अनुसार थपघट हुन सक्नेछ )
कार्यक्षेत्र

औरही नगरपालिका तथा लोहरपट्टी नगरपालिका अन्तर्गतका ३३ सामुदायिक विद्यालयहरू

कार्य अवधि३ महिना मात्र
सेवा सुविधापरियोजनाको बजेट अनुसार

२. मुख्य जिम्मेवारी

  • उपचारात्मक तथा सिकाई पूर्ति कक्षा सञ्चालन गर्ने र दैनिक पाठ योजना तयार गर्ने शिक्षण सिकाई संचालन गरि अभिलेख राख्ने । 
  • विद्यार्थीको सिकाई स्तर अनुसार समूह बनाई शिक्षण सिकाइ सामग्री (Teaching Learning Materials) सामाग्रीहरु तयार गरि दैनिक २ घण्टाको दरले हप्तामा ६ दिन कक्षा संचालन गर्ने । मासिक प्रगति प्रतिवेदन तथा अन्तिम कार्य प्रतिवेदन पेश गर्ने।
  • कक्षा ३ मा नेपाली र गणित तथा कक्षा ४–५ मा नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा सहजीकरण गर्ने।
  • विद्यार्थीको प्रारम्भिक, नियमित तथा अन्तिम सिकाई मूल्याङ्कन गर्ने र सिकाई प्रगति अभिलेख तथा दैनिक हाजिरी व्यवस्थापन गर्ने ।
  • विद्यालय, प्रधानाध्यापक, शिक्षक तथा CDAFN टोलीसँग नियमित समन्वय गर्ने।
  • Child Safeguarding Policy तथा संस्थागत आचारसंहिताको पूर्ण पालना गर्ने।

३. न्यूनतम योग्यता

आवेदकले देहायका योग्यता पूरा गरेको हुनुपर्नेछः

  • कम्तीमा प्रमाणपत्र तह (+२) उत्तीर्ण (शिक्षा संकाय वा सम्बन्धित विषयलाई प्राथमिकता)।
  • स्नातक अध्ययनरत वा स्नातक उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता।
  • बालबालिकासँग काम गर्ने रुचि तथा क्षमता भएको ।
  • नेपाली भाषामा राम्रो लेखन तथा सञ्चार सीप भएको ।
  • सामुदायिक विद्यालय वा शैक्षिक कार्यक्रममा शिक्षण वा स्वयंसेवा अनुभव भएकालाई प्राथमिकता ।
  • स्थानीय भाषा (मैथिली) बोल्न सक्ने उम्मेदवारलाई प्राथमिकता।

४. आवश्यक सीप

  • बालमैत्री तथा समावेशी शिक्षण विधिको ज्ञान।
  • सिकाइमा पछि परेका बालबालिकासँग धैर्यपूर्वक काम गर्न सक्ने क्षमता।
  • राम्रो समन्वय तथा सञ्चार सीप।
  • आधारभूत प्रतिवेदन लेखन तथा अभिलेख व्यवस्थापन सीप।
  • समयपालन तथा जिम्मेवारीपूर्वक कार्य गर्ने क्षमता।

५. आवश्यक कागजात

आवेदनसँग निम्न कागजात संलग्न गर्नुपर्नेछः

  • आवेदन पत्र
  • व्यक्तिगत विवरण (CV/Bio-data)
  • नागरिकताको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि
  • अनुभव प्रमाणपत्र (भएमा)

विशेष ग्रायता 

  • स्थानीय बासिन्दा तथा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका योग्य उम्मेदवारलाई आवेदन दिन विशेष प्रोत्साहन गरिन्छ।
  • कुनै पनि किसिमको प्रभाव वा सिफारिसले छनोट प्रक्रियालाई प्रभाव पार्ने छैन।
  • संस्थाले कुनै पनि आवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार सुरक्षित राखेको छ।

६. आवेदन दिने अन्तिम मिति: २०८३।०३।२२ (कार्यालय समयभित्र)

७. आवेदन बुझाउने स्थान: सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN), औरही फिल्ड कार्यालय, ‌औरही )

औरही नगरपालिकाको कार्यालयको शिक्षा शाखा वा परियोजना अधिकृत अनुराधा गुरौँ (९८२०९३९३९०) र ललिता चौधरी  (९८०९१४००१३)

लोहरपट्टी नगरपालिकाको कार्यालयको शिक्षा शाखा वा मनोज कुमार साह फोन नं (९८४४११९३८०) र अजय कुमार राम (९८४२८९२२७०)

८. छनोट प्रक्रिया

  • प्रारम्भिक सूची (Shortlisting)
  • लिखित परीक्षा (आवश्यक भएमा)
  • अन्तर्वार्ता

Overview

Category Development Project, Teachers
Openings Few
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Intermediate (10+2)
Posted Date 29 Jun, 2026
Apply Before 06 Jul, 2026
City Mahottari