स्वास्थ्य उपकरण खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
स्वास्थ्य उपकरण खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Job posted on 25 Jun, 2026
Apply before 9 July 2026
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा स्नोल्याण्ड एकिकृत विकास केन्द्रद्वारा नवनिर्मित प्रशुती गृह को लागि स्वास्थ्य उपकरण सहयोग गनुपर्ने भएकोले यस परियोजनाको TOR मा उल्लेख भएअनुसार इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/सहजकर्ताबाट शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
दरभाउ पत्र पेश गर्ने प्रक्रियाः
इच्छुक कम्पनी/फर्म/सप्लायर्सले शिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात २०८३ साल असार २५ गते तद्नुसार ९ जुलाई, २०२६ ५:०० बजेभित्र शिलबन्दी बोलपत्र स्नोल्याण्ड एकिकृत विकास केन्द्र, कार्यालय सिमिकोट हुम्ला वा गुड नेवर्स इन्टरनेशनल नेपाल, जिल्ला कार्यालय वा इमेल info@sidcnp.org मा पेश गर्न सकिनेछ । इलेक्ट्रोनिक (इमेल) मार्फत प्रस्ताव पेश गर्ने अवस्थामा, वित्तिय प्रस्ताव (Financial Proposal) पासवर्ड सुरक्षित गरी PDF ढाँचामा पेश गर्नुपर्नेछ । उक्त पासवर्ड शिलबन्दी दरभाउपत्र खोल्ने दिन संस्थाको खरिद समिति बाट अनुरोध प्राप्त भएपछि मात्र इमेलमार्फत पठाउनुपर्नेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification TOR सम्बन्धित संस्थाको/कार्यालयको ईमेल info@sidcnp.org बाट प्राप्त गर्न सकिनेछ ।
नोटः कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 25 Jun, 2026 |
| Apply Before | 09 Jul, 2026 |
| City | Humla |