सेवा करारमा पदपूर्ती गर्ने सम्वन्धी सूचना

ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड

Details / requirements:

मितिः २०८१/०१/०४

सेवा करारमा पदपूर्ती गर्ने सम्वन्धी सूचना

(तेस्रो पटक प्रकाशित मितिः २०८१/०१/०४)

ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको लागि देहायको सङ्ख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा दरखास्त फारामका साथै तोकिएको दस्तुर बुझाएको सक्कल रसिद र आवश्यक कागजात सहित दरखास्त दिनुहुन सम्वन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त आवेदन फाराम ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता  व्यवस्थापन बोर्डको कार्यालय, साँधभञ्ज्याङ, धादिङबाट प्राप्त गर्न सकिनेछ । आवश्यक प्रकृया र कागजात पूरा गरी इमेल jwalamukhi.rwashmb@gmail.com बाट दरखास्त पेश गर्न सकिनेछ ।

क्र.सविज्ञापन नम्बरकसिमपद/तहसमुहमाग पद संख्याआवश्यक न्युनतम शैक्षिक योग्यता
०१/०८०-८१खुल्लासव इन्जिनियर (पाँचौ)सिभिल१ जनासिभिल इन्जिनियरिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको। सम्वन्धित विषयमा कम्तिमा २ वर्षको अनुभव भएको।

१. दरखास्त दिने अन्तिम मितिः २०८१/०१/१० गते कार्यालय समय भित्र (सो दिन सार्वजनिक विदा परेको भए सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन) ।

२. उमेरः १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको महिला तथा अपाङगताको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

३. दरखास्त दिने तरिकाः 

क) ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यालय, साँधभञ्ज्याङ, धादिङमा उपस्थित भई दरखास्त फारम बुझाउन सकिने छ ।

ख) ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको email address jwalamukhi.rwashmb@gmail.com  मा रीतपुर्वक भरिएको दरखास्त फारम, आवेदन दस्तुर जम्मा गरिएको बैंक भौचरको स्क्यान प्रति, व्यक्तिगत विवरण (Bio-Data), नेपाली नागकिता, शैक्षिक तथा अनुभव प्रमाण पत्रका स्क्यान प्रति र पासपोर्ट साईजको फोटो पठाउन सकिने छ । आवेदन फारम को लिङ्कः Application-Form.docx

४. छनौट विधिः  प्रारम्भिक योग्यताको सूचीबाट छनौट भएका उम्मेदवार मध्ये लिखित, प्रयोगात्मक र अन्र्तवार्ता  (सम्वन्धित पाठ्यक्रममा उल्लेख भए बमोजिम) हुनेछ ।

५. आवेदनको साथ संलग्न गर्नुपर्ने कागजातहरु: 

क) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि 

ख) न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ,न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक योग्यता भए सो को प्रमाणपत्र प्रतिलिपि 

ग) व्यक्तिगत वायोडाटा ।

घ) कार्यअनुभवको प्रमाणपत्र कागजातहरु, तालिम प्राप्तको प्रमाणपत्र 

अपेक्षित पेशागत सीप, अनुभव र दक्षता

  • खानेपानी आयोजनाहरुको सर्वेक्षण,डिजाइन ,लागत अनुमान तथा विल अफ क्वान्टिटी स्वतन्त्र रुपले तयार पार्न सक्ने ।
  • खानेपानी सम्वन्धी आवश्यक सफ्टवयरहरु तथा एपिल्केसनहरु (Auto CAD, Epanet, sw-Map, NWASH, Mwater) मा राम्रो दक्षता भएको ।
  • कम्युटर सम्वन्धी राम्रो ज्ञान भइ वर्ड, एक्सल, इमेल, इन्टरनेट, पावर प्वाइन्टमा निपूर्ण तथा अंग्रेजी र नेपाली दुवैमा राम्रो संग टाइप गर्न जान्ने ।
  • खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) व्यवस्थापन र सुशासन सम्वन्धी ज्ञान भएको ।

घ) आवेदन दस्तुरः रु.७००/- आवेदन दस्तुर ज्वालामूखी गाउँपालिकामा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक शाखा कार्यालय साँधभञ्ज्याङमा ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको राजश्व खाता नं १६६०१०५०२५४२७४ मा रकम जम्मा गरेको भौचर सक्कल प्रति ।

ङ ) पासपोर्ट साइजको फोटो ३ प्रति 

६. आवेदन वुझाउने स्थानः ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यालय साँधभञ्ज्याङ,धादिङ 

७. परिक्षा केन्द्रः ज्वालामूखी गाउँपालिकाको कार्यालय साँधभञ्ज्याङ, धादिङ 

८. सम्पर्क मितिः २०८१/०१/११

९. परिक्षा मितिः सम्पर्क मितिको दिन तोकिनेछ ।

१०. सेवा सुविधाः ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको नियमानुसार हुनेछ ।

११. करार अवधिः बोर्डको नियमानुसार

१२. रित नपुगेका निवेदन माथि कुनै कारबाही गरिनेछैन ।

नोटः  १) छनौट सम्वन्धी सम्पूर्ण अधिकार छनौट समितिमा निहित रहनेछ । आवेदनको ढाँचा र अन्य जानकारीको लागि  सम्पर्क नंम्वर, ९८४१०६४४६१ मा सम्पर्क गर्न सकिनेछ ।    

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 16 Apr, 2024
Apply Before 22 Apr, 2024
City Dhading