स्थानिय साझेदार संस्था छ्नौट का लागी आशयपत्र आह्वान (Expression of Interest)

Good Neighbors International Nepal

Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.

Details / requirements:

स्थानिय साझेदार संस्था छ्नौट का लागी आशयपत्र आह्वान

(Expression of Interest)

गुड नेवर्स इन्टरनेशनल नेपालले सन २००२ देखि नेपालमा बालबालिकाको शिक्षा तथा संरक्षणमा केन्द्रित रही जनस्वास्थ्य, जिविकोपार्जन र विपद् न्यूनिकरण जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा, यस संस्थाबाट सन २०२७ देखि २०३१ सम्मका लागि धनुषा, महोत्तरी, काठमाडौं, ललितपुर, नुवाकोट, म्याग्दी, पर्वत, कास्की, गोरखा, बर्दिया, हुम्ला, मुगु, दार्चुला, डोटी, बाजुरा, अछाम र कैलाली जिल्लामा सामुदायिक विकास परियोजना सञ्चालन गर्न समाज कल्याण परिषदमा आवद्ध भई सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्ष अनुभव भएका गैह्रसरकारी संस्थाहरूलाई  आशयपत्र पेश गर्न आह्वान गरिन्छ । सम्बन्धित जिल्लामा दर्ता भएका गैह्रसरकारी संस्थालाई प्राथमिकता दिइनेछ ।

आशयपत्र सम्बन्धि विस्तृत सन्दर्भका शर्तहरू (Terms of Reference) तथा आवेदन फाराम गुड नेवर्स इन्टरनेशनल नेपालको वेवसाइट https://gninepal.org/calls मा प्राप्त गर्न सक्नु हुन्छ ।

आशयपत्र मंसिर १, २०८३ (November 17, 2026) कार्यालय समय ५ बजे भित्रमा eoi@gninepal.org इमेल ठेगानामा पठाउनु पर्नेछ । यस आशयपत्र सँग सम्बन्धि थप जानकारी आवश्यक परेमा यसै इमेल मार्फत सम्पर्क गर्न सकिनेछ ।

तोकिएको समयभित्र आइनपुग्ने प्रस्तावनाहरू लाई छनोट प्रकियामा संलग्न गरिने छैन ।

नोटः आशयपत्र बुझाएका सबै संस्थाहरूसंग कुनै पनि रूपमा सम्झौता गर्न गुड नेबर्स इन्टरनेशनल नेपाल बाध्य हुने छैन । सम्पूर्ण छनोट प्रक्रिया गुड नेबर्स इन्टरनेशनल नेपाल द्वारा तोकिएको मापदण्ड अनुसार हुनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 28 Oct, 2026
Apply Before 17 Nov, 2026
City Lalitpur