स्थानीय परियोजना फिल्ड संयोजक (Project Field Coordinator)

Health Environment and Climate Action Foundation (HECAF 360)

Details / requirements:

हेल्थ इन्भाईरन्मेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०)

सूचना प्रकाशन मितिः जेठ २५, २०८३

आवश्यकता

हेकाफ ३६० द्वारा “Promoting the circular economy and moving towards the zero waste principle in Dudhauli municipality” सञ्चालन हुने भएकोले उक्त परियोजनाको लागि निम्न बमोजिमका योग्यता तथा अनुभव प्राप्त  परियोजना संयोजक (Project Field Coordinator) करार सेवामा आवश्यक भएकाले इच्छुक स्थानीय नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।

१. पद विवरण

  • पद: स्थानीय परियोजना फिल्ड संयोजक (Project Field Coordinator)
  • संख्या: १ (एक)
  • कार्यस्थल: दुधौली नगरपालिका, सिन्धुली
  • सेवा अवधि: परियोजनाको अवधि भर

(उक्त पदको सेवासुविधाहरु यस संस्थाको नियमानुसार हुनेछ । )

२. मुख्य जिम्मेवारीहरू

  • दुधौली नगरपालिका, वडा कार्यालयहरू, स्थानीय समुदाय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सरोकारवाला व्यक्ति तथा संस्थाहरूसँग नियमित समन्वय गर्ने ।
  • परियोजना व्यवस्थापनको मार्गदर्शन अनुसार नगरपलिका, लगायत परियोजनाका सबै स्थानीय गतिविधिहरू परियोजनाको कार्ययोजना अनुसार स्थानीय स्तरमा कार्यान्वयन गर्ने कार्ययोजना निर्माण, समन्वय तथा सहकार्यको प्रबन्ध मिलाई कार्यान्वयन गर्ने ।
  • शून्य फोहोर व्यवस्थापन, वर्गीकरण ,जनचेतना तथा आवश्यक क्षमता विकास गरी सहजीकरण गर्ने ।
  • तालिम, कार्यशाला, बैठक तथा समुदायस्तरीय कार्यक्रमहरूको व्यवस्थापन तथा अभिलेखीकरण गर्ने ।
  • परियोजनाका दैनिक, मासिक तथा कार्यक्रमगत प्रगति प्रतिवेदन समय मै तयार गरी परियोजना व्यवस्थापकलाई पेश गर्ने ।
  • नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीको तथ्याङ्क संकलन , अवस्था विश्लेषण र प्रकृयागत अनुगमन गर्ने ।
  • परियोजनासँग सम्बन्धित अन्य आवश्यक कार्यहरू सम्पादन गर्ने ।

३. आवश्यक योग्यता तथा अनुभव

  • वातावरण विज्ञान वा जनस्वास्थ्य वा विकास अध्ययन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण ।
  • फोहोर व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक विकास अथवा स्थानीय तहमा सञ्चालित  परियोजनामा कम्तीमा २ वर्षको कार्य अनुभव भएको ।
  • नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन लेखन तथा प्रस्तुतीकरण सीप भएको ।
  • कम्प्युटर (MS Office Package) सञ्चालनमा दक्ष ।
  • दुधौली नगरपालिका तथा स्थानीय वातावरण तथा फोहोर व्यवस्थापन सम्बन्धि ज्ञान भएको उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ । 
  • स्थानीय सरकार तथा समुदायसँग समन्वय र समुदाय परिचालन गरी काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ ।

४. आवश्यक सीपहरू

  • नेतृत्व तथा समन्वय क्षमता
  • समुदाय परिचालन तथा सहजीकरण सीप
  • समस्या समाधान तथा निर्णय क्षमता
  • समय व्यवस्थापन तथा टोलीमा काम गर्ने क्षमता

५. आवेदनका लागि पेश गर्नुपर्ने आवश्यक कागजात

  • आवेदन पत्र
  • अद्यावधिक व्यक्तिगत विवरण (CV)
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि
  • अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि
  • नागरिकता वा राष्टिय परिचय पत्रको प्रतिलिपि

६. आवेदन पेश गर्ने अन्तिम मिति

योग्य उम्मेदवारहरूले उल्लेखित कागजात सहित आफ्नो आवेदन असार ५, २०८३ कार्यालय समय भित्र ईमेल मार्फत बुझाउन सक्नुहुनेछ ।

७. सम्पर्क ठेगाना

Health Environment and Climate Action Foundation (HECAF360)

ईमेल: management @hecaf360.org

फोन: +९७७–९७६८४४३९५७

ठेगाना: लाजिम्पाट, काठमाडौं, नेपाल ।

Overview

Category Public Health, Development Project, Environment and Natural Resource, Development studies, Management
Openings 1
Position Type Full Time
Experience 2+ years
Education B.P.H. (Bachelors in Public Health), B.Sc. (Environment), Bachelor’s Degree in Development Studies
Posted Date 10 Jun, 2026
Apply Before 19 Jun, 2026
City Sindhuli