समावेशी प्रमुख (Inclusion Lead)
Details / requirements:
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल
(PFPID Nepal)
समावेशी प्रमुख (Inclusion Lead)
यो पदमा बौद्धिक अपाङ्गता भएका व्यक्तिले मात्र निवेदन दिन सक्नुहुन्छ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ (PFPID Nepal) के हो?
- बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID Nepal) एउटा गैर सरकारी संस्था हो।
- हामी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारको लागि काम गर्छौं।
कामको जानकारी
| ठाउँ | महासंघको कार्यालय सानोगौचरण काठमाडौं, |
| कामको समय | पुर्णकालिन (Full time) |
| कति समयका लागि? | २०२६ डिसेम्बर सम्म (राम्रो काम गरे थप हुन्छ) |
| निवेदन मिति | मिति: २०८३ साउन १९ सम्म (२०८३ साउन ५ देखि साउन १९ सम्म) |
| काम सुरू हुने मिति | मिति: २०८३ भदौ १ |
छनौट भइसकेपछि समावेशी प्रमुखले के के काम गर्नुपर्छ ?
- बौद्धिक अपाङ्गताका अभिभावक महासंघ (PFPID Nepal) को तर्फबाट विभिन्न सरकारी कार्यालय, संस्थाहरू, लगायतका स्थानहरूमा प्रतिनिधित्व गर्ने।
- बैठक तथा विभिन्न कार्यक्रमहरूमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको पक्षमा आवाज उठाउने।
- सबैले बुझ्न सक्ने सरल तथा सचित्र भाषामा सामग्री तयार गर्न सहयोग गर्ने।
- अन्य बौद्धिक अपाङ्गता भएका साथीहरूलाई आफ्ना विचार व्यक्त गर्न र अधिकारका लागि बोल्न प्रेरित तथा हौसला प्रदान गर्ने।
- महासंघका कार्यक्रम र तालिमहरू सबैले बुझ्न सक्ने छन् कि छैनन् भन्ने सुनिश्चित गर्न जाँच गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरूका अधिकारबारे सरल तथा सचित्र भाषामा जानकारी दिने।
- सदस्यहरू, परिवार तथा समुदायलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने।
- अधिकारसँग सम्बन्धित समस्याहरूको बारेमा रिपोर्ट गर्ने तथा समाधानका सुझावहरू दिने।
- आफ्ना विचार, अनुभवहरू स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गर्ने।
- आफ्ना अधिकारबारे तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने।
- समुदायमा पुगेर मानिसहरूसँग सम्पर्क र सहकार्य बढाउने।
कसले निवेदन दिन सक्छन्?
अनिवार्य यी कुराहरू हुनुपर्छ:
- तपाईं बौद्धिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ।
- तपाईंले आफ्नो र अरूको अधिकारको लागि बोल्न सक्नुहुन्छ।
- तपाईंले आफ्नो विचार राम्रोसँग भन्न सक्नुहुन्छ।
- तपाईंले अरूको कुरा सुन्न र बुझ्न सक्नुहुन्छ।
- तपाईंलाई नेपाल र संसारमा अपाङ्गताको अधिकारको सामान्य ज्ञान छ।
- तपाईं समुहसँग मिलेर काम गर्न मन पराउनुहुन्छ।
- तपाईं नयाँ कुरा सिक्न तयार हुनुहुन्छ।
- तपाईं नेपाली राम्रोसँग बोल्न सक्नुहुन्छ।
- आधारभूत शिक्षा (कक्षा ५ वा सोही अनुभव) भएमा राम्रो।
थप भए अझ राम्रो (अनिवार्य छैन):
- अघि वकालत, समूह वा सामुदायिक काम गरेको अनुभव।
- थोरै कम्प्युटर र इमेल चलाउन आउँछ।
- अपाङ्गता कानुन र नीतिको जानकारी।
- बैठक वा सार्वजनिक ठाउँमा बोल्नु भएको अनुभव।
- अंग्रेजी आउँछ (चाहिँदैन, तर फाइदाजनक)।
निवेदन कसरी दिने?
यसमा भएको निवेदन फाराम डाउनलोड गरेर इमेल गर्न सक्नु हुन्छ वा फाराम भरी कार्यालयमा आएर बुझाउन पनि सक्नु हुन्छ - तपाईले तलको २ मध्ये १ तरिकाले दिन सक्नु हुन्छ ।
1. छोटो CV (आफ्ना अनुभव र सीप लेख्नुहोस्)
- सरल भाषामा लेख्नुस् धेरै लामो हुनु पर्दैन।
2. १ पाना चिठी !
- यो काम किन चाहिन्छ?
- तपाईंको अनुभवले कसरी मद्दत गर्छ?
- आफ्नो वा अरूको लागि कहिले बोल्नु भएको थियो?
LINKS:
इमेल गर्नुहोस्:
संस्थाको कार्यालय:
PFPID Nepal, सानो गौचरण, काठमाडौं, बागमती प्रदेश, नेपाल
सहयोग चाहिन्छ?
निवेदन दिन हामी सहयोग गर्छौं !
- निवेदन लेख्न सहयोग चाहिएमा कार्यालयमा आएर सहयोग लिन सक्नुहुन्छ ।
- निवेदन दिएपछि अन्तरवार्ता हुन्छ, अन्तर्वार्तामा साथी/सहयोगी ल्याउन पाइन्छ।
- फोन गर्नुहोस्: ०१-४५१६४७३
"Nothing About Us Without UNDERSTANDING Us!"
हामी तपाईंको निवेदनको प्रतीक्षामा छौं !
Overview
| Category | Development Project |
| Openings | 1 |
| Position Type | Full Time |
| Posted Date | 21 Jul, 2026 |
| Apply Before | 04 Aug, 2026 |
| City | Kathmandu |